Sunday, November 4, 2012

मोवाइल फोनमा लुकेको खतरा !

मोवाइल फोनमा लुकेको खतरा !

मोवाइल फोन उत्पादक कम्पनीहरु आफ्नो उत्पादन सुरक्षित हुने दावी गर्दैगर्दा, फोनका प्रयोगकर्ता जोखिम मुक्त नभएको एक अध्ययनले देखाएको छ। बजारमा पाइने सवै ब्रान्डका साधारण देखि स्मार्टफोन सम्मका मोवाइल फोन मानिसकालागि हानिकारक रासायनिक तत्वहरु प्रयोग हुने गरेको पाइएको छ। आजको समयमा मोवाइल फोनबाट एसएफएस देखि लिएर ठूला-ठूला व्यापारीक कारोवार(m-commerce) सम्मका अत्यावश्यक कार
्यहरु हुने गर्दछ। तर अत्याधिक फोनको प्रयोगले मानिसहरुलाई घातक रोगको शिकार हुन सक्ने भन्ने बारेमा थोरै लाई मात्र ज्ञात भएको अध्ययनको प्रतिवेनमा उल्लेख छ।

हालै भएको अध्ययनका अनुसार मोवाइल फोनमा लेड, मर्करी र केडियम जस्ता घातक तत्वहरु मापडण्ड भन्दा धेरै मिलाउने गरिएको पाइएको छ।जसको असर यति भयावह जकि विक्रयका लागि फ्याकिएका डम्पिङ्ग क्षेत्रको माटोमा पनि एक शताब्दी सम्म कुनै पनि वनस्पति नफस्टाउने परिक्षणको अनुसन्धान प्रतिवेदनबाट पत्ता लागेको छ।

महगा तथा राम्रा फोन भनिएका मोवाइल फोनहरु पनि घातक रासायनिक तत्वले भरपुर छ। जसका कारण मानिसहरुमा जन्मजात विकार देखि युवा अवस्थामा गंविर समस्या सम्म हुन सक्ने अध्ययन टोलीका सदस्य जेफ गियरहर्टले बताए। यद्यपि नयाँ पिढीको भन्दा पुराना पिढीको फोन कम जोखिम भएको अध्ययनको प्रतिवेदनले देखाएको छ।तर पनि नयाँ पिढीको फोनमा लेड, ब्रोमाइन, क्लोराइन, मर्करी र केडियम जस्ता रासायनिक तत्वहरु राख्‍नु पर्ने आवश्यता भएत पनि यसको प्रयोग घटाउनु पर्ने प्रतिवेदनले सुझाव दिएको छ।

No comments:

Post a Comment