झापाका विश्वप्रकाश खतिवडाले त्यसलाई सबैसामु प्रमाणित गरिदिएका छन् । त्रिपुरेश्वरस्थित वल्र्ड टे्रड सेन्टरमा आयोजित एक कार्यक्रममा खतिवडा आँखामा पट्टी बाँधेर बसिरहेका थिए । उनका पछि २ सय २५ वस्तुका नाम र त्यसको क्रमसंख्या उल्लेख थियो । झन्डै १५ मिनेट लगाएर खतिवडाले ती सबै वस्तुको नाम र क्रमसंख्या एकसरो सुनेपछि क्रमैसँग तिनका नाम भनिदिएका थिए । यसअघि दुई सय वस्तुका नाम स्मरण गरेर भारतीय नागरिक जयसिंह रविरालाको नाममा रहेको विश्व कीर्तिमानलाई खतिवडाले तोडेको दाबी गरिएको छ । 'मैले रेकर्डस् ब्रेक गरेको छु । आशा छ, गिनिज बुक्सले यसलाई मान्यता दिनेछ,' २ सय २५ वस्तुका नाम खरर्र सुनाइसकेपछि खतिवडाले भने ।
खतिवडाले आफूपछाडि राखिएका वस्तुका नाम खुट्टा, कान, खसी, कीरा, गाई, कुखुरा, खाट, ढोका लगायतका नाम भन्दै गर्दा छेवैमा बसेका पूर्व मुख्य सचिव डा. विमल कोइराला, सिँचाइ सचिव बिन्दा हाडालगायतको निर्णायक टोलीले त्यसको प्रमाणीकरण गरिरहेका थिए । उक्त टोलीले खतिवडाले २ सय २५ मध्ये २ सय १५ वटाको नाम नबिराई भनेको दाबी गरेको छ ।
खतिवडाले पहिले सुल्टोबाट भनिसकेपछि लगत्तै उल्टोबाट पनि क्रम मिलाएर आफू पछाडि राखिएका वस्तुका नाम भनिदिएका थिए । झन्डै तीन घन्टा आँखामा पट्टी बाँधेर बसेका उनले केही प्राविधिक कारणले गर्दा सबै वस्तुको नाम भन्न नसकेकामा खिन्नता व्यक्त गरे । 'माइकबाट इको साउन्ड आएकाले केही नामहरू दिमागमा प्रोसेसिङ गर्न समस्या पर्यो । त्यस बाहेक बाहिरी हल्लाका कारण पनि मेरो भन्ने लयमा बाधा पुग्यो ।' गिनिजले आफूलाई विश्व कीर्तिमानीको मान्यता दिनेमा पूर्ण विश्वस्त खतिवडाले भविष्यमा आफ्नै रेकर्डलाई तोड्दै जाने पनि बताए । कीर्तिपुरमा बस्ने खतिवडा एमबीएसका विद्यार्थी हुन् ।
उनले सबै सामानको नाम र क्रमसंख्या फटाफट भनिसकेपछि दर्शकले पनि उनलाई कति नम्बरमा कुन सामान छ वा कुन सामान कति नम्बरमा छ भनेर सोधेका थिए । पहिले छुटाएका केही सामानको नाम र क्रम पनि उनले त्यसबेला आँखामा पट्टी लगाएरै सही बताइदिएका थिए । खतिवडाको स्मरण क्षमतालाई गिनिज बुक्सको विश्व कीर्तिमानीमा दर्ता गराउन भएको उक्त कार्यक्रमको भिडियो रेकर्ड गरिएको थियो ।
यतिका धेरै सामान कण्ठस्थ सुनाउन सक्नुमा ७/८ वर्षदेखिको मिहिनेत भएको खतिवडाले बताए । 'मैले सुनेको हरेक वस्तुको नाम र स्थानको चित्र दिमागमा उतार्ने गछुर्,' उनले भने । यसका लागि कम्प्युटरमा जस्तै दिमागमा प्रोसेसिङ गर्नुपर्ने भएकोले सानो प्राविधिक त्रुटिले पनि व्यवधान गर्दो रहेछ । बिहीबार उनले नाम भन्ने क्रममा 'खसी' शब्द दोहोरिएको औंल्याएका थिए । खतिवडाले यसअघि २०६३ मा झापामा पनि २ सय नामहरू खरर्र सुनाएका थिए । 'तर त्यसबेला प्रक्रियागत मापदण्ड नपुगेको भन्दै गिनिज बुक्सले दर्ता गरेन,' खतिवडाले यसपालि भने आफू सफल हुनेमा आशावादी बने ।
कार्यक्रममा उपस्थितले उनलाई विश्व कीर्तिमान राख्नेमा अगि्रम शुभकामना दिएका थिए ।

No comments:
Post a Comment