Sunday, March 31, 2013

Fixing Certificate Errors On Symbian Mobile Phones

If you use an Symbian S60 3rd edition based mobile phone (Nokia N-Series phones like N73, N95, N80, N91, N80 and E-Series phones use Symbian S60v3 as OS) you must have encountered the very common certificate errors like 'Certificate Expired' or 'Certificate Error. Contact Application Supplier' while installing themes or softwares onyour phone.


The errors are caused because of the security measures introduced into the new version of Symbian Series 60 mobile operating system disallowing installation of old applications and invalid certificates, however bypassing this security feature and fixing these certificate errors to install themes and softwares is very easy, simply follow the instructions below:
  1. Open you mobile main Menu.
  2. Navigate to Settings -> General -> Date and time
  3. Now change the year back one year.

    Fix Certificate Error
  1. Now install the application.
  2. Don't forget to change date back to original.
If the above does not solve the problem goto Application Manager > Options > Settings and set "Online Certificate check" = Off and Software Installation = All.
UPDATE: If you own an older phone you might receive the following error:
"Installation security error. Unable to install"
To solve this error and install application/Theme navigate to Tools -> Options -> Setting -> Software Installation and change setting to On.

Thursday, March 7, 2013

बाहुनसँग हामी जनजातिको धेरै हिसाब छ : गोरेबहादुर खपाङ्गी मगर



बाहुनलाई अन्तर्वार्ता नै नदिने
बाहुन भएको भए म कुरै गर्ने थिइनँ, चौहान भनेको क्षेत्री हो, क्षेत्री अलिक बिसेक हुन्छ । खासमा बाहुनसँग हामी जनजातिको धेरै हिसाब छ । त्यसैले जुत्ता खोलेर, खुट्टा टेबुलमा राखेर भन्ने गर्छु, कोही छ यहाँ बाहुन भने मेरा खुट्टा ढोग । बाहुनले मेरो खुट्टा किन नढोग्ने ? जबकि ऋग्वेदमै भनेको छ
जन्मना जायते शूद्र
कर्मणा द्विज उच्यते
जन्मेकै भरमा कोही ठूलो हुने होइन, कर्मका आधारमा ठूलो हुने हो । अब भन्नोस्, जन्मजात कोही ठूलो हुने होइन, पढेर-जानेर ठूलो हुने हो । मैले युनिभर्सिटी पढेको छु, दर्शन जानेको छु, अंग्रेजी बोल्छु । मैथली बोल्छु । हिन्दी बोल्छु । राजनीति गर्छु । अब म ठूलो हुन के बाँकी छ रु अहिले पनि पाँच दिनमा एउटा किताब पढ्छु । मसँग त्यो खुबी छ । त्यसैले बाहुनले पनि मलाई ढोग्नुपर्छ । अहिलेसम्म हाम्रा हजुरबाको काँधमा बाहुनले खुट्टा राखे हाम्रा बाका काँधमा पनि खुट्टा राखे । अब मेरो काँधमा पनि राख्ने ? म दिन्नँ । मसँग त्यो खुबी छ, राख्न सक्छौ भने कोसिस गरेर हेर । होइन भने अब म टेबुलमा खुट्टा राख्छु, ढोग्ने पालो तिम्रो हो । तिम्रा बा, हजुरबाले हामीलाई लगाएको ऋण तिर्नुपर्दैन ? तिर्नुपर्छ । त्यसैले मलाई ढोग ।
लन्डन पुग्ने मगर सिंहदरबार देख्दैन
मगरलाई जाग, उठ र अघि बढ भनेर म गाउँगाउँ गएँ । सुतेको मगर उठ्यो, अनि फेरि सुत्यो । मैले फेरि उठाएर अलि परको मान्छे देखाएँ । ल भन त्यो को हो ? मगरले भन्छ, त्यो त बाहुन हो । अनि मैले भनेँ, त्यो बाहुन हिँडेर कहाँ पुगिसक्यो, तँ भने सुतिरहेकै छस्, अनि कहाँबाट हुन्छ तेरो उन्नति ।
मगरमा राजनीतिक परिपक्वता छैन । एउटा गुल्मीको मगर, अर्को सिन्धुलीको मगर उठेर सीधै लन्डन जाने सपना देख्छ । लन्डनमा घर बनाएर बस्छ । तर, आफ्नै देशको सिंहदरबार पुग्ने सपना कहिल्यै देख्दैन । समस्या यहीँ छ । जनजातिमा साँच्चै संज्ञानताको अभाव छ । होइन भने एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादल भन्दा तल रहेका सिपी गजुरेललाई नयाँ पार्टीमा बादल भन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।
कम्युनिस्टमा बाहुनवाद
म भूमिगत नेकपा (माले) को मान्छे । मदन भण्डारी, जीवराज आश्रति, सिपी मैनाली, माधव नेपाल सबैसँग राजनीति गरेको मान्छे । तर, तिमीहरू जातिवादी भयौ भनेर मैले पार्टी छाडेँ । जातिवादी भनेको बाहुनवादी हो । त्यो पुष्टि अरू धेरै कुराले भएको छ । तर, सबै भन्दा नमीठो उदाहरण माधव नेपालकै छ । बहुदल आएपछि माधव नेपालकी भान्जीलाई राधाकृष्ण मैनालीको ड्राइभरले उडायो । त्यो ड्राइभर गुरुङ थरको थियो । माधव नेपालले सामदाम, दण्डभेद गरेर भान्जीलाई गुरुङ केटोबाट खोसे । बाहुनवादी अहंका लागि त्यतिवेला राज्यको शक्ति पनि प्रयोग भयो । कम्युनिस्ट पार्टीको नेताले गर्ने यही हो भनेर अरूले आश्चर्य मान्छन् । तर, म यस्ता नेताको काम नै यही हो भन्छु ।
ठकुरी (राजा) प्रशंसाको भोको
म ज्ञानेन्द्रको मान्छे होइन । तर, ०५९ सालमा शेरबहादुर देउवा आफैले घोषणा गरेको चुनाव अहिले गर्न सक्दिनँ भनेपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरे । चुनाव गराउन नसक्नेलाई बर्खास्त गर्नु ठीक हो कि होइन भन्ने विषय अर्को हो । तर, राजाले अब चुनाव गराउन सक्ने सक्षम व्यक्तिहरू आऊ, निवेदन देऊ भनेपछि हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीको बैठक बस्यो । म महासचिव थिएँ, मन्त्री को हुने भनेर ठूलो विवाद भयो । विवादबीच हाम्रो पार्टीबाट मात्रै १२ जनाको नाम सिफारिस भयो । पछि राजाले मेरो नाम छाने । 
कम्तीमा १२ जनामध्ये त म फरक रहेछु नि । मन्त्री भएपछि फरक काम गर्नुपर्‍यो भनेर मैले संस्कृत विषय विद्यालयबाट हटाउने सोच बनाएँ । संस्कृत भाषा इतिहास हो, शास्त्र हो र अध्ययन-अनुसन्धानको विषय हो । तर, सानासाना बालबालिकालाई पढाउनै पर्ने विषय होइन भन्ने मेरो ठहर हो । जब बालबालिकालाई यो भकुन्डो हो भनेर सोझै बुझाउन सकिन्छ भने इदं कन्दुकम् भनेर बोझ किन पार्ने ? एउटा विद्यालयमा एउटा मात्र संस्कृत शिक्षक भए पनि ३० हजार विद्यालयमा ३० हजार शिक्षक हुने भए । त्यो ३० हजार पदमा कुनै राई, कुनै लिम्बू, कुनै मगर, कुनै गुरुङ त हुने होइन, एक्लौटी रूपमै बाहुनले खाने हो । त्यसैले पनि विरोध हो, मेरो । लोकेन्द्रबहादुर चन्दको पाला देवी ओझा शिक्षामन्त्री थिए, म महिला बालबालिका तथा समाज कल्याण मन्त्री । देवी ओझा त मेरा माले कालका साथी, त्यसैले भनेँ, ए देवी एउटा परिवर्तनको काम गर्नुपर्‍यो । संस्कृत शिक्षा हटाउनुपर्‍यो । देवी ओझा कन्भिन्स भए, प्रस्ताव तयार पारे र मन्त्रिपरिषद्बाट पारित भएर अनिवार्य संस्कृत शिक्षा हट्यो । 
मैले दसैंको टीका नलगाऊ भनेर जनजाति समुदायमा अभियान नै चलाएको हुँ । राजनीतिक भाषामा बहिस्कार भन्छन्, सामाजिक भाषामा परित्याग भनौँ । दसैँको टीका परित्याग गरौँ भनेर अभियान चलाउने गोरे बहादुर खपाङ्गीले मन्त्री भएपछि राजाको हातबाट टीका लगायो भनेर ठूलो विरोध भयो । वास्तवमा मैले टीका लगाएकै हो, राजा खुसी हुन्छन् कि भन्ने चाहनाले मैले टोपी माथि सारेर निधार थापेकै हुँ । मलाई मन्त्री भएपछि संस्कृत शिक्षा हटाउनेदेखि केही काम गरेर देखाउनु थियो । त्यतिवेला मन्त्रिपरिषद्को काम गर्न राजालाई खुसी पार्नै पर्ने बाध्यता थियो । राजा भनेको ठकुरी, ठकुरी त प्रशंसाको भोको । हाम्रो गाउँमा गरिब ठकुरीले हलै जोतेर खान्छ । दिनभरि जोतेर आएको ठकुरीलाई बाबुसाब, जोत्न अब कति बाँकी छ भनेर सोध्यो भने फुरुंग भएर भन्छ, अब तिन्टा गरा छन्, हजुर । दिनभरि जोतेर खानेले पनि बाबुसाहेब भनिमाग्छ । अब राजाले चाकरी किन नखोजोस् । मैले जनजातिकै काम गराउन राजाको हातको टीका थापेँ ।
गोरेबहादुरको प्रेत
जुन वेला मैले जातीय मुद्दा उठाएँ, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । अहिले अशोक राईले पार्टी खोल्छु भनेका छन् । यिनीहरूले एमालेमा ठेस खाए, त्यसैले उछिट्टएिका छन् । बाटोमा हिँड्दा ठेस लाग्दा मान्छे लडे त लडिहाल्यो । लडेन भने पनि हुत्तिएर अगाडि बढ्छ । पर पुगेर पर्खालको सहारामा उभिन खोज्छ । हो, अशोक राईहरू पनि आफ्नो बाटोमा उछिट्टएिका छन्, अब हुत्तिएर पर्खालको सहारा लिने कोसिसमा छन् । तर, यिनीहरूले गरिखान्नन् । यसका दुईवटा कारण छन् : 
एक: जब एमालेबाट जनजाति नेताहरूले विद्रोहको भाका बोले, बुद्धिजीवी र पत्रकारले खबरदारी गरे- गोरेबहादुरको चाल होला है । ल हेर्नुस्, गोरे बहादुर प्रेत त रछ नि । प्रेत नै सही, तर्साउँदो त रछ नि । गोरेबहादुरले यिनीहरूको मनमा त्यति ठूलो आतंक फैलाएको रहेछ । त्यो प्रेतले अशोक राईलाई पनि डर लागेको छ । हाउगुजी भएको छ, कतै हामी बर्बाद हुने हौँ कि भनेर यिनीहरूले खुट्टा कमाइरहेका छन् । खुट्टा कमाएर राजनीति हुन्छ ? हुँदैन । 
दुई: यिनीहरू राजनीतिमा होइन, डलरको खेतीमा छन् । जनजातिका ठूला-ठालु भन्ने सबैले डलर खाएका छन् । तिनलाई त बिख लाग्ने नै भयो । केहीले खाएका छैनन् भने पनि यो देशमा तिनलाई पनि बिख लाग्छ । पोहोर साल जनजाति महासंघले आन्दोलन गर्‍यो । १४ जेठमा संविधान 'ले' भनेर चक्काजामको घोषणा गर्‍यो । होइन यो (राजकुमार) लेखीले के गर्दै छ भनेर म सोच्दै थिएँ, डिएफआइडीले मिडियामा भनिदियो, खबरदार जनजाति महासंघ, संविधान चाहियो भनेर आन्दोलन गर्ने होइन, गर्छौ भने हामीले दिने १३ करोड चट् । यिनीहरू सब थरथर कामे । तुरुन्तै बैठक बसे । तिम्रो डलर चाहिँदैन, हामी संविधान ल्याएर छाड्छौँ भन्न सकेनन् । आन्दोलन स्थगित गरे, डलरका अगाडि घुँडा टेके । अब संविधान होइन, डलरका अगाडि घुँडा टेक्नेले राजनीति कसरी गरिखान्छ ।
म सबै जनजातिको बाजे
मगर समाजका लागि म ४० वर्ष हिँडेँ, मगरको उत्थान गर्ने नारा लिएर हिँडेँ । ४० वर्ष निरन्तर आफ्नो समाजका लागि हिँडेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्षको भयो होला । तर, उसले आफ्नो समाजका लागि के गर्‍यो ? म त ४० वर्ष लागेँ त्यसैले ८० वर्षको बूढाको पनि म बाजे हुँ । म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हिँडेको मान्छे हुँ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु - तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हिँड ।
म ०५६ सालमा पाल्पाबाट संसदीय चुनावमा उठेँ । मेरो निर्वाचन क्षेत्रबाट मगर मतदाता मात्रै ५९ हजार थिए । मगरले मात्रै दिए पनि अत्यधिक बहुमतले जित्ने निश्चित थियो । तर, म तेस्रो नम्बरमा पुगेँ । ल हेर्नुस् है ! मैले भनेको थिएँ, तपाईंको निर्वाचन क्षेत्रबाट एउटा मगर सिंहदरबार जानुपर्छ । तर, मगरहरूले सिंहदरबारको भेउ नै पाउँदैनन् ।
जापानी साथीले सुनाएको कथा
जनजातिबारे प्रस्ट पार्न नवलपरासीको एउटा मगर गाउँको कथा भन्छु । सुनाउने मान्छेचाहिँ नेपाली होइनन्, जापानी हुन् । माकितो मिनाकी भन्ने जापानको एकजना मान्छे, १५ वर्षसम्म नवलपरासीको माथि डाँडामा बस्यो । अर्खाला गाविसका एक परिवारको सदस्य बन्यो । बूढाबूढीलाई बाबुआमा मान्यो, उनीहरूका छोराछोरीलाई दाजुभाइ मान्यो । पछि ऊ जापान गएको वेलामा नेपालबाट मगर भाइले फोन गर्‍यो, लौ दाइ बर्बाद भो, यहाँ बा बिरामी हुनुभो, उपचार गर्ने खर्च छैन । जापानी छोरो राति नै जहाज चढ्यो, बिहान काठमाडौं आयो, बेलुका नवलपरासीको अर्खला पुगेर बाबुलाई भेट्यो । बाबुको अवस्था कमजोर थियो, दुई भाइ मिलेर कावासोती झारे । कावासोतीमा राम्रो उपचार हुने कुरा भएन, नाइटबस चढाएर काठमाडौं ल्याए । वीर अस्पतालमा भर्ना गरे । बिरामीको अवस्था ठीकै थियो, त्यसैले जापानी छोराले भाइलाई भन्यो, बा अहिले ठीकै छन्, हेरविचार गर्दै गर्नु, एक दुईजना साथीलाई भेट्नु छ, म डेढ घन्टामा आउँछु । तिमी हेर्दै गर । केही पर्‍यो भने खर्च गर्नु भनेर ६ हजार रूपैयाँ पनि छोडेर जापानी छोरा बाहिर निस्कियो । 
मगर छोरो बाउलाई कुर्दै थियो, एकछिनपछि उसलाई दिसा लाग्यो । बिचरा मुग्लिनको बासी भात खाएको हुँदो हो, पेट नदुख्ने कुरै भएन । ट्वाइलेट जानुपर्‍यो, पल्लो बेडको कुरुवालाई सोधेछ । अब उसले पनि भनिदिएछ, म पनि आज बिहान मात्र आएको, ट्वाइलेट कता छ, मलाई थाहा छैन । मगर छोराले अर्को मान्छेसँग सोध्यो, अर्कोलाई सोध्यो, ट्वाइलेट खोज्यो । तर, कतै भेटेन । ट्वाइलेट खोज्दा-खोज्दा उसलाई एक घन्टा लाग्यो । तर, भेटेन । निराश भएर फर्किएर आउँछ त डाक्टरहरू गाली गर्छन्, ल कहाँ गएको थियो, यहाँ कत्रो घटना भइसक्यो । छोराले छाम्छ त बाउको ज्यान चिसो भइसकेको छ । ज्यान गइसकेको छ । बाउको चिसो हात समातेर छोरो बसिरहेको थियो । एकछिनपछि जापानी छोरो आयो । के भयो भनेर सोध्दा मगर छोराले भन्यो, म ट्वाइलेट खोज्न गएको थिएँ, यता बाउ बितेछन् । अनि जापानीले सोध्यो, ट्वाइलेट त गइस् ? मगरले भन्यो, कहाँ भेटेर जानू, पेट दुखिरहेको छ । अब बाउको लास उता लडेको छ, तर ठूलो छोराको पहिलो काम सानो छोरालाई ट्वाइलेट लग्नुपर्ने भयो । लग्यो । अब मैले भन्न खोजेको के भने, फोहोर नै सही, वीर अस्पतालमा कम्तीमा २० र २५ वटा ट्वाइलेट छन् । तर, एक घन्टासम्म त्यहीँ भित्रको ट्वाइलेट नभेट्ने मगरले सिंहदरबारको कुर्सी कसरी भेट्छ ? त्यसैले अहिले नै राजनीतिमा मगर र अरू जनजातिको पनि उन्नति हुनेवाला छैन ।
बाबुरामको कुरा बाहुनले बुझे
बाहुन बाठो ! एउटा बाहुनले भन्छ, अरू बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने :
एक : यो देश कतै न कतै मर्जर गर्नु (मिसाउनु) पर्छ । मर्जर गर्ने भनेको के हो भनेपछि आर्थिक रूपमा भनेको हो, सब-मर्जर भनेको हो भनेर कुरो मिलाए । तर, उनले भनेकै हुन्, मर्जर उनको एजेन्डा हो । 
दुई : उनले भनिदिए - हामी त गोटी हौँ, खेलाउने अरू कोही छ । यसमा पनि उनले ढाँटेनन् । 
तीन : चर्कै रूपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— साँचो त यहाँ छैन ।
ल हेर्नुस् है ! बाहुनहरू सबैले कुरो बुझे, साँचो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरू कुरै बुझ्दैनन्, साँचो दिल्लीमा छ भने यहाँ बसेर सत्ता कहिले आउँछ ? उता, गएकाहरूलाई पनि दिल्लीवालाले भनिदिए, साँचो त यहीँ छ, तिमीले सुनेको सत्य हो, तर साँचो तिम्रो हातमा दिन्नौँ, जो अहिले सत्तामा छ, उसैसँग मिलेर खाऊ । पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरू पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थालेका छन् । यो सब बाबुरामले भने जस्तै जसको हातमा साँचो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् ।

उमेश चौहान
नयाँ पत्रिकाबाट

नेपालमा गरिबले पढन पाउदैनन् :डा.केशरजंग बराल मगर


पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. केशरजंग बराल मगर प्राज्ञिक व्यक्तित्व हुन् । उनले नेपालका ४ प्रधानमन्त्रीसाग काम गरेको अनुभव संगालेका छन् । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने भएकाले मुलुकका प्रमुख कार्यकारीसग काम गर्ने अवसर पाएका बरालले फरक फरक दलका ती प्रधानमन्त्रीहरुसग रोचक अनुभव संगालेका छन् । नेपालमा आधुनिक शिक्षा नीतिमा परिवर्तन ल्याउनुपर्ने सोच बोकेका केशरजंग बराल मगर पाल्पाका मगर हुन् । उनी विद्यावरिधि गर्ने मगर समुदायबाट दोस्रो र पाल्पाको पहिलो व्यक्ति हुन् । हाल त्रिभुवन विश्वविद्यालयमा फाइनन्स प्रोफेसरको रुपमा कार्यरत उनी शिक्षा मन्त्रालयअन्तर्गत खुला विश्वविद्यालयको सल्लाहकार छन् । फुलब्राइट कमिसन र अमेरिकन फाइनन्स एसोसियसनका सदस्य तथा एसियन डेपलपमेन्ट बैकको राजिस्टर कन्सल्टेन्टको जिम्मेवारी बोकेका उनी अगस्टको पहिलो सातादेखि डिसेम्बरसम्म सेन्टक्लाउस युनिभर्सिटी मिचिगनमा एसिस्टेन्ट प्रोफेसरको रुपमा पढाउन आएका हुन् । अमेरिकी विश्वविद्यालयमा पाच महिना लामो अध्यापन सकेर नेपाल र्फकनु अघि पूर्व उपकुलपति डा. बराल मगर साग एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी ।
 तपाईंले पाउनुभएको शैक्षिक सफलताबारेमा केही भनिदिनोस्न ?
हामी पढ्दा पाल्पामा पढ्नेहरुको संख्या असाध्यै कम थियो । जति स्कुलमा कम थियो कलेजमा पनि उत्तिकै कम थियो । त्यसमा पनि मगर समुदायबाट त्यतिखेर म र बद्रीबहादुर थापामात्र थियौं । त्यसपछि पाल्पाकै कृष्णबहादुर राना अध्ययन गर्थे । तर हाम्रो ब्याजमा हामी दुईमात्र थियौं । गाउामा त्यतिखेर बढीजसो लाहुरमा जानेहरुको लहर बढी थियो । पढ्नका लागि समाजले उत्साह पनि कम दिन्थ्यो । हामी अन्य समुदायका बालबालिकासंगै लगनशीलताका साथ पढ्यौं । विस्तारै कालान्तरमा हामीले चाहेको परिस्थिति पनि अघि बढ्दै जादा विदेशमा पुगेर पढ्ने अवसर पनि पाए।
 मुलुकको शिक्षा प्राणालीको विकासबारे तपाईं के भन्नुहुन्छ ?
मुलुकमा अहिलेसम्मको शिक्षामा प्रणालीको विकास हेर्ने हो भने पछिल्लो समयमा सीमित व्यक्तिहरुले विद्यालय व्यापार गर्ने थलो बनेको छ । समय सापेक्षित रुपमा न सम्बन्धित निकायको ध्यान जान सकेको छ न त सरकारले नै फराकिलो तवरले सोच्न सकेको छ ।
युरोप र अमेरिका भ्रमणपछि हाम्रो देश नेपालको शिक्षाको अवस्था कस्तो देख्नु भो ?
नेपालका राजनीतिक पार्टी र नेताहरुले विद्यालयमा र विद्यार्थीहरुमाथि लादेको गलत राजनीतिक संस्कारकै कारण शिक्षा क्षेत्रमा निकै असर पुगेको छ । जबसम्म यो हट्दैन तबसम्म देशमा अन्योल छाइरहन्छ । यो सस्कार हट्न अझै पनि निकै लामो समय लाग्छ । राजनीतिक नेताहरुमा देशलाई कसरी माथि उठाउने भन्ने स्पष्ट सोच र विवेक हुनुपर्छ । जबसम्म उनीहरुलाई स्पष्ट सोच हुदैन तबसम्म देश यस्तैगरी रुमलिरहन्छ ।
नेपालको स्कुलमा पढनेहरु नेविसंघ र अनेरास्वियुमा कुनै एक हुनुपर्नै रहेछ नि ?
म विश्वको विभिन्न मुलुकको शिक्षण संस्थामा पुगें तर नेपालमा जस्तो विद्यालय र कलेजमा विद्यार्थीहरुको राजनीति देखिन । अध्ययन गरिरहेका बालबालिकाहरु कोही पनि राजनीतिमा लाग्दैनन् । पार्टी र नेताहरुको यस्तो गलत संस्कारले जहिले पनि नेपालको विद्यालयमा राजनीति भइरहेको हो । यो शिक्षामाथिको गलत संस्कार हो । जसको कारणले हाम्रो देशमा राजनीतिक अन्योल छाएको हो । युरोप अमेरिका त परै जाओस् छिमेकी मुलुक भारतमा समेत विद्यालयमा पार्टी र नेताको यस्तो गलत संस्कार छैन ।
अमेरिकी र नेपालको शिक्षा प्राणालीबीच के फरक पाउनु भो ?
मैले केही समय यहाको विश्वविद्यालयमा पढाउने काम गर्दा निकै राम्रो अनुभव मिल्यो । त्यतिको अवधिमा मैले स्थानीय प्रोफेसहरुसाग पनि निकै छलफल गरें । यहा कोही पनि विद्यार्थी पैसा नभएर पढ्न नपाउने होइन रहेछ । पैसा नहुने गरिबको छोराले पढ्न नपाउने भन्ने हुादैन रहेछ । असी प्रतिशत फेडरल सरकारले लगानी गर्दोरहेछ बाकी स्थानीय सरकारले लगानी गर्दोरहेछ त्यो आफैंमा निकै सकारात्मक पक्ष लाग्यो । तर हामी कहा शिक्षाको नीति नै गलत छ । गरिबको बालबच्चाले भने जस्तो कहा यहाको जस्तो पढ्न पाउछ र ?
संविधान सभामा त्यतिको धेरै सभासदहरुले किन केही गर्न नसकेको होलान् ?
म राजनीतिमा खासै नजिक छैन तैपनि संविधान सभाको चर्चा गर्ने हो भने संविधान बनाउाछु भनेर सयौं भेला भए तर उनीहरु कसैले पनि जनताको भावनाको प्रतिनिधित्व गर्न सकेनन् । त्यसमा पनि जनजाति सभासदहरुको संख्यासमेत धेरै थियो । तर जति नै भए पनि के गर्ने तीन दलको प्रमुख नेताले जे गर्‍यो त्यसमै ल्याप्चे लाउनुबाहेक केही सिप लागेन ।
नेपालको राम्रो विद्यार्थीहरु विदेश जान्छन् उनीहरुलाई र्फकने वातावारण सरकारले दिन सक्छ ?
विदेशमा पढन जाने विद्यार्थीहरुका लागि भनेर दिदै आएको गुणस्तरको भन्ने शिक्षा नै गलत तरिकाले दिइरहेका छौ । हामीले हाम्रो देशकै आवश्यकताअनुसारको शिक्षा दिन सकिरहेको छैनौं । देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न नसकेकाले पनि हाम्रो लगानीमा उत्पादित राम्रो जनशक्तिहरुलाई सितैमा विदेश पठाइरहेका छौ । उदाहरणका लागि हरेक वर्ष विभिन्न मुलुकबाट २ हजार जति नेपाली डाक्टरहरु उत्पादन हुन्छ तर सरकारले मुलुकमा काम गर्ने वातावरण दिन सकेको छैन । नेपाली जनताको लगानीमा उत्पादित डाक्टर युरोप र अमेरिका पुगेर सेवा गरिरहेका छन् । देशले आफ्नो स्रोत र साधनको सक्दो सदुपयोग गर्न सकेको छैन ।
पोखरा विश्वविद्यालयमा उपकुलपति हुदा चारजना प्रधानमन्त्रीसग काम गर्दा कस्तो लाग्यो ?
चार प्रधानमन्त्री फेरिदा मैले उपकुलपति भएर काम गरें तर कुनै पनि प्रधानमन्त्रीको शिक्षाप्रतिको सोच भने स्पष्ट देखिन । चारैजना प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसाग मैले काम गर्ने मौका पाए । त्यतिखेर ती सबै प्रधानमन्त्रीले पहिलो प्रथामिकतामा आफ्नो नातागोता, त्यसपछि पार्टीको र अन्त्यमा जनताको छोराछोरीका लागि सोच्ने गरेको पाइयो । सबै प्रधानमन्त्रीसाग मेरो खासै राम्रो तालमेल भएन । उनीहरुको सोच देखेर धेरै दुःख लाग्यो । उनीहरुको स्वार्थी   विचारसग मेरो कहिल्यै पनि कुरा मिलेन।
(एभरेस्ट टाइम्स बाट)

गाँउमा फक्रिएका बाल बैज्ञानिक दिनेश बलामी मगरको कथा


 दगातुम्डाडाको वार्ड नं. ६ हाडिखोला बागलुङ्गका दिनेस वलामीले चौध बर्षका छदै २०६४ सालमा वाएरलेस माईक्रोफोन बाट बोल्दा एफ,एम मा सुनिने आवाज अहिले शामुदायिक रेडियो शारथीको रुपमा शुरु भएको छ । ईलेक्ट्रीशियनको काम गर्ने उनका बुबाले घरमा ल्याएको माईक्रोफोन बाट बोल्दा जिरो प्वईन्ट जिरो फाईब वाटको क्षमतामा वरिपरि सम्म रेडियोमा आवाज सुनिए पछि बलामीले कर्लेस फोन को हाईब्रिड आईसी जोडेर टाढा टाढा सम्म एफ, एम मा सुन्न सकिने बनाएका थिए । उनका अनुसार एउटा कर्लेसको हाईब्रिड आईसीमा आठ सय वाटको क्षमता हुने भएपछि चार वटा कर्लेसको आई सी जोडेर पचास वाट को रेडियो १०४ मेगाहर्जमा टिप्ने गरी घरबाटै चलाएका थिए ।

सुरुमा घरकैनाम राङ्गदीफाट एफ, एमको नाउमा अडियो क्यासेट तथा टेलिभिजनका सिरिएल हरु बजाईदिने गरेका थिए  । रजिस्तर, क्यापिसिटर,ट्रान्सजिस्तर जोडेर लङ्गरेन्ज फालेको हो । फिक्वईन्सी सेट गरी सफा टिप्ने बनाउन एक बर्ष समय लाग्यो । दिनेश भन्छन् “घरकै कोठामा चलाएका थियौ, बुबा बोल्ने मैले प्राबिधिक गर्ने गर्थे । ”चार पाच महिना घरबाटै चलाईएको राङ्गदीफाट एफ, एम लाई त्रिभुवन मा.वि. दगातुम्डाडा ७ खर्वाङ द्धार सञ्चालीत ग्रामिण सुचना केन्द्रले २०६७ माघ २६ गते वाट दुई महिना शामुदायिक रेडियो दगातुम्डाडा बनाएर प्रशारण गरेको थियो ।
सुचनाकेन्द्रका संचालक कमल पौडेलका अनुसार स्टुडियो, कम्प्युटर, मिक्चर,माईक्रोफोन  लगाएतका सामान किन्न सुचनाकेन्द्रले  झण्डै असी हजार खर्चिएको थियो । विहान ५ वजे देखी राती १० वजे सम्म करिव ३ महिना रेडियो सञ्चालन गरीएको थियो । रेडियो वाट स्थानीय समाचार, स्थानीय सरोकारका विषय वस्तुमा छलफल समेत गरीन्थ्यो ।बजार बाट बिज्ञापन समेत उठाईयो कमल भन्छन् “त्यतिबेला सम्म यो ठाउमा अन्य ठाउका रेडियो सुनिदैनथ्यो ”
त्यही बाट बाग्लुङ्गका प्रमुख  जिल्ला अधिकारी केशवराज घिमिरे, स्थानिय विकास अधिकारी विस्नु वहादुर थापा, जिल्ला शिक्षा अधिकारी मुक्तीसिंह ठकुरी लगाएत को अन्र्तवार्ता प्रसारण गरीएको सम्झन्छन त्रिभुबन माबिका शिक्षक कृण्ण पोख्रेल । उनले बनाएको रेडियोमा बोल्दा बोल्दै समाचार पढ्न र कार्यक्रम चलाउन सिके कृण्ण भन्छन् “त्यही अनुभब बाटै अहिले रेडियोको कार्यक्रम प्रमुख भएको छु । ”
अहिले दिनेशले शुरु गरेको एफ, एम लाई बैधानिकता दिई २०६७ आषाढ ३१ गते नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयवाट अनुमति लिई नयाँ ट्रान्समिटर सहित १०० वाट क्षमतामा माघ १ गते देखी सामुदायीक रेडियो सारथी प्रशारणमा आएको छ ।रेडियोका स्टेशन म्यानेजर बिष्नु भुसाल भन्छन् “दिनेश भाईकै कामलाई निरन्तरता दिन सामुदायीक रेडियो सारथीको शुरुवात भएको छ ।”
महेन्द्र आदर्श उच्च मा.वि. वामी टक्सार गुल्मीबाट गत साल एस,एल सी दिएका दिनेस अहिले सत्र बर्षका भए । वाग्लुृङ जिल्लाको सदरमुकाम देखी ६५ कि.मि. पश्चिम, जिल्लाकै होचो ठाँउ वाट २०६४ सालमा उनले चलाएको रेडियो सुनेका गाउलेहरु अहिले पनि दङ्ग छन् । दगातुङ्ग डाडाको उनले नामै राखे एक दमै राम्रो छ ।खर्बाङ्ग बाग्लङ्गकी कलावति गिरी भन्छिन् “उनले अरु काम पनि राम्रो संग गर्न सक्छन् ।  टिभीहरु ,रेडियो,टेलिफोनहरु पनि बनाउन सक्छन् ।धेरै राम्रो खुसि लाछ ।”
एस,एल सीमा दिनेस सफलहुन नसकेपछि उनका बुबा आमा चिन्तीत छन् । जाचको बेला नपढेरै रात भर काम गथ्र्यो उनका बुबा कृष्ण वहादुर वलामी भन्छन् “यता सफल भएपनि पढाईमा असफल भो एस,एल सी सम्म पास भए हुन्थ्यो भन्ने लागेको छ ।
गाउमै बसेर पनि चौध बर्षै  बालकले रेडियोको ट्रास मिटर बनाएर एफ,एम चलाएपछि दिनेश बलामीले जिल्लाविकास समिति, आदर्श सञ्चार सहकारी लिमिटेड, उधोग बाणिज्य संघ बाग्लङ्ग , काठमाडौं गोल्डेनगेट कलेज लगाएतका ठाउबाट पुरस्कार र सम्मान पाएका छन् । लघुजलबिधुत परियोजना गिरीङ्गदीको निरीक्षण गर्न र त्रिभुवन माबिको भबन  उद्घाटन गर्न गाउमा आएका अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम्मान गर्दा खुसिले आसु झारे, दिनेशका आमा माया बलामीले भने “अर्थ मन्त्रीले सम्मान गर्नु भनेको ठुलो कुरो हो मैले  त्यति बेला आसु रोक्नै सकिन ।” अहिले एस एल सी दिएको छ  । उनका बाबु  भन्छन् “पास भयो भने एलाई कोही सघ संस्था मार्फत राम्रो संग ईलेक्ट्रोनिक इन्जिनियरीङ्ग पढाउन पाए राम्रो हुन्थ्यो । ” कक्षा आठमा पढ्दै गर्दा दिनेश बलामीले बनाएको सानो क्षमताको  रेडियो अहिले सय वाट मा चलिरहेको छ । रेडियो जन्माउने दिनेश बलामी आर्थिक अबस्था कमजोर भएरै ईलेक्ट्रोनिक काम गर्ने बुबालाइ दिउसोमा सघाईरहेका छन् भने बेलुकी रेडियोमा प्राबिधिक काम गर्छन् । चलाख दिमाखका दिनेश भन्छन् “रुचि अनुसारको पढाई केटा केटी देखीनै शुरु गर्नु पर्छ ।

खर्बाङ्ग बाग्लुङ्ग बाट फर्किएपछि , देब पचभैया
 

गोर्खा मेजरका छोराको उद्यम कथा



नाम:- विक्रम पुन 
उमेर:- ३४

मेरो पुख्र्यौली घर म्याग्दी चिम खोला हो । बाजेको निधन भएको बेला पहिलो पटक म्याग्दी गएको थिएँ । मेरो जन्म सिँगापुरमा भएको हो । गोर्खा मेजर स्वर्गीय नगेन्द्रबहादुर पुन मेरो बुबा हुन । मेरो पढाई लेखाई पनि उतै भयो । सान प्रुान्सिस्को स्टेट युनीभसर्िटीबाट स्नातक गरेको छु । आज पनि दैनिक १५०० युवा लाखौं रुपियाँ खर्चेर रोजागारीको खोजीमा विदेश गईरहेका छन् । तर म सिँगापुरको माईकल म्यान कम्पनीमा मासिक रु। चार लाख तलब आउने सिनियर प्रोडक्सन म्यानेजरको पदबाट राजिनामा दिएर च्याउ खेती गर्न स्वेदेशमा आएको छु । अहिले काठमाडौं भाटभटेनीमा प्रुेस मशरुम प्रालि खोलेर सिताके कन्ये गोब्रे लगायतका च्याउ खेती गरेको छु ।

नेपालमा सिताके प्रतिकिलो रु २५०० मा विक्री भईरहेको छ । मासिक ३ देखि ४ सय केजी च्याउ उत्पादन गर्दै आएको छु । पाँच तारे होटल मेरो मुख्य लक्षित ग्राहक हुन । तर पनि लगानी उठीसकेपछि सबै ग्राहकसम्म पुर् याउने योजना छ । खेती गर्ने तरिका आधुनिक हुनाले पनि मेरोमा उत्पादित सिताके अलि महँगो पर्न गएको छ । रासायनिक पदार्थको प्रयोग गरेको छैन भने च्याउका हरेक टम्बु मसिनो जालीले छोपेर राख्ने गरेको छु । जाली लगाउँदा  हानिकारक किटाणु प्रवेश गर्न पाउँदैन । विउ पनि अमेरिकाको फँगी पर्फेट कम्पनीबाट उच्चकोटीको मगाएर लगाएको छु ।

नयाँ प्रविधिमार्फत चाहिए जति विउ पनि बेच्दै आएको छु । ५० केजी भन्दामाथि विउ चाहिनेले एक हप्ता अगाडि जानकारी दिनुपर्दछ । वाह्रै महिना प्रुेस च्याउ प्राप्त गर्न सकोस् भन्ने हेतुले काम थालेको हुँ । यसअघि काठमाडौं गल्फुटारमा बसेर ३६५ दिनकै तापक्रम मापन गरेको थिएँ । नेपालमा च्याउ खेती गर्ने योजना बनेपछि अमेरिकामै च्याउ खेतीसम्बन्धी एक वर्ष रिस्रच गरे । विदेशमा भन्दा हामी कहाँ च्याउ हुर्कन केही बढी समय लाग्ने गरेको अध्ययनले देखाएको छ ।

दैनिक १४ घण्टा काम गर्छु । लोडसेडिङ्गले गर्दा तापक्रम मिलाउन राती १ २ बजे उठ्नु पर्छ । यसअघि बावुलाटारमा तीन तले घर भाडामा लिएर च्याउ खेती गर्दा ६ महिनामा रु १० लाख घाटा भयो । यसले पनि मलाई धेरै सचेत बनाएको छ ।

एक करोड लगानी गरेको प्रुेस मशरुम प्रालिलाई धरानका एक व्यापारीले रु १० करोडमा किन्न खोजेका थिए । मासिक रु ५ लाख भन्दा कम आम्दानी हुने हो मेरो आम्दानी सिँगापुरमा भन्दा कम हुन्छ । यसले गर्दा पनि धेरै मेहेनट गरेको छु । प्रुेस च्याउ र वीउको माग बढेपछि काठमाडौंकै विभिन्न भाग र पोखरामा समेत फर्म विस्तार गर्ने योजना छ । यसका लागि उनले विभिन्न बैंकसँग लोनका लागि छलफल गरिरहेको छु । तर बैंकहरुले विना धितो ऋण नदिने कुरा गरेका छन् । मेरो जस्तो अध्याधुनिक प्रविधिबाट अर्गानिक च्याउ उत्पादन हुने फर्मलाई सरकारले पनि हेर्नु पर्ने हो । तर उनीहरुले वास्ता गरेका छैनन ।
विद्युत अभाव, पानीको अभाव र सरकारी अधिकारीहरुको असहयोगी व्यवहार सम्झिदा दिक्क लाग्छ । तर म नेपालमै बसेर छिट्टै भिआइपी गाडी चढ्छु । 

फुटवलका बादशाह पेले विरुद्ध गोल गर्ने मगरको छोरो


मेरो नाम श्याम थापा मगर हो । फुटवल जगतमा श्याम थापा भनेर चिनिन्छु । सन् १९४८ मे १० मा गुल्मीको भासे्रमा जन्मेको हुँ । बुबा स्वर्गीय विसनसिँ थापा मगर आमा हिरादेवि थापा मगर । बुकनीमा बाख्रा चराउँदै हिँडेको अहिले भर्खरै जस्तो लाग्छ । तर यसवीचमा भारतको सर्वाधिक महँगो फुटवलरदेखि नेपालको राष्ट्रिय टीमको प्रशिक्षकसम्म भईसकें ।

सन् १९७० देखि १९७४ सम्म भारतको राष्ट्रिय टिमका स्टाइकर रहेर खेलें । इस्ट बंगाल क्लब र मोहन बगान क्लबमा लामो समय अनुबन्धित भएँ ।  १३ वर्षमा गोर्खा स्कूलकोतर्फबाट सुव्रतो मुखर्जी कप खेल्न गएको थिएँ । म लाहुरे पृष्ठभूमिबाट आएको हुँ । पारिवारिक दवावमा १९६७ मा भर्ती पनि भएँ तर साढे दुई वर्षमै इस्ट बंगाल क्लबमा अनुबन्धित हुन सेनाको जागिर तिलााजली दिएँ । त्यतिबेला मलाइ भा.रु. १० हजार तिरेर मात्रै सेनाको जागिर छाड्न भनियो । जम्मा ९५ भारतीय रुपियाँ मासिक तलब भएको बेलामा त्यो रकम कति ठूलो थियो आफै अनुमान लगाउन सक्नुहुन्छ । यद्यपि मसँग रकम असुल्ने भन्दा पनि सेना नछाडोस् भनेर अड्को थापेको मात्रै थियो । तर मेरो पारिश्रमिकबाट कट्टा हुने गरी त्यो रकम तिर्न क्लब तयार भयो । सन् १९७० देखि करिब ६ वर्ष इस्ट बंगाल क्लबका लागि खेलें ।
 
महँगो खेलाडी 

त्यतिबेलासम्म म भारतको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीमा भईसकेको थिएँ । सिजनको ४५ हजार भारतीय रुपियाँ पाउनु चानचुने कुरा थिएन । त्यसपछि सन् १९७७ मा भारु ७० हजार पारिश्रमिक लिने गरी मोहन बगानमा अनुबन्धित भएँ । त्यो रकम अहिलको ७० लाख जति हो । समर्थकहरुको अत्याधिक भीड र क्लबहरुको तानातानवीच मोहन बगानसँग सम्झ्ौता गर्न देहरादुनमा प्रहरीको भ्यानमा गएँ । बढी पारिश्रमिक पाएर भन्दा पनि फुटबलका राजा पेलेसँग खेल्न पाउने लालसाले मलाई मोहन बगान क्लबमा पुर्याएको थियो । मगरको छोरोलाई पैसा मात्रै तानेको अवश्य थिएन ।

त्यतिबेला अमेरिकाको कसमस क्लबबाट खेल्न आएका पेलेको टीम र मोहन बगानवीच प्रतिपस्र्धा हुँदै थियो । २-१ ले पछाडि परेको मोहन बगानलाई मेरो गोलले बराबरीमा पुर्याएको थियो । पेलेको टीम विरुद्ध गोल गर्नु मेरो जीवनको सबैभन्दा बढी सम्झ्नि लायक क्षण बन्यो । खेल सकिएपछि कुन खेलाडी मन पर्यो भनेर सोध्दा पेलेले 'जसर्ी नम्बर २२ इज वेस्टु' भने पछि त मेरो खुशीको सिमै रहेन । जुनसुकै क्लबबाट खेल्दा मेरो २२ नम्बर जसर्ी हुन्थ्यो । 

सन् १९७० मा बैङ्कक्मा भएको एसियन गेममा भारतले कास्य पदक जितेको थियो । त्यसवापत अहिले पनि मासिक ६ हजार भारु पेन्सन प्राप्त गरिरहेको छु । नेपालका खेलाडीहरुले भने अहिलेसम्म पनि यस्तो सुविधाको कल्पनासम्म गर्न सक्दैनन् ।  रुपन्देही मंगालपुरमा पनि मेरो घर छ । तर अहिले कलकत्तामा भारत सरकारले उपलब्ध गराएको घरमा बस्छु ।

नेपाली हुनुको पीडा
नेपाली भएर भारतका लागि खेल्दा दुःखद क्षणको पनि सामना गरेको छु । शायद जीवनको सबैभन्दा विस्रन लायक घट्ना । सन् १९७६ र १९७७ को म हाइस्कोरर थिएँ । तर १९७८ को एसियन गेमका लागि मलाई सुनियोजित रुपमा छनौट गरिएन । त्यति बेला नेपाल भएकैले मलाई अन्याय गरियो । त्यसअघि भएका दुई वटा एसियन गेममा लगातार खेलेको अनुभव भएकाले म टीमको कप्तानको एकमात्र हकदार थिएँ । एसियन गेम खेलेको टीम कप्तानलाई स्वतः Arjuna Award दिनु पर्ने भएकाले मलाई खेलाडीको सूचिमै राखेनन् । त्यसपछि मलाई के भयो यहाँ शब्दमा बयान गर्न सक्दिन । 

मलाई राष्ट्रिय टीमबाट हटाएकोमा चौतर्फी विरोध भएपछि क्लोज क्याम्पमा आउन पत्र पठाएका थिए । त्यतिबेला टीममा नफर्कनुलाई गलत निर्णय भएको जस्तो लाग्छ । त्यति बेला कुनै पनि साथीले फर्कमा टीममा जानु भन्ने सल्लाह पनि दिएनन् । मेरो पनि युवा जोश । हल्का इगो प्रोबलम नहुने कुरै भएन । 

यस्तै गलत निर्णय सन् १९९० को विश्वकप हेर्ने बेलामा भयो । इटलीमा भएको विश्वकप हेर्न देहरादुनको जग्गा भारु २ लाखमा बेँचे । श्रीमतीले नबेच्नु भन्दा पनि मैले मानिन् । कलकत्ता पुग्दा त सरकारले निशुल्क विश्वकप हेर्ने लिस्टमा मेरो नाम छनौट गरेको रहेछ । त्यतिबेला भारु २ लाखमा बेचेको जग्गाको मूल्य अहिले दुई करोड पुगेको छ ।

खेलाडीबाट प्रशिक्षक
मोहन बगानबाट इस्ट बंगाल क्लबमा फर्किएको एक वर्षपछि सन् १९८४ मा सकि्रय खेलजीवनबाट सन्यास लिएँ । र इस्ट बंगालबाटै १९८५ देखि सहायक प्रशिक्षकको रुपमा नयाँ करिअर प्रारम्भ गरेँ । त्यसमा पनि म भाग्यमानी ठहरिएँ । ६ महिनामै सहायक-प्रशिक्षकबाट प्रशिक्षक भएँ । सन् १९८७ मा लण्डनबाट डिप्लोमा इन कोचिङ गरेपछि अल इन्डिया फुटबल फेडेरेसनमा पनि प्रशिक्षक भएँ । १९९० देखि २००२ सम्म विलियम मेगर कम्पनीको किशोर खेलाडी तयार गर्ने परियोजनामा प्राविधिक निर्देशकको जिम्मेवारी पुरा गरें । सन् २००४ मा नेपालमा प्रशिक्षक भएर आउनु भन्दा पहिलासम्म मेरो पुरानो क्लब मोहन बगानमा प्राविधिक निर्देशक भएको थिएँ ।
मातृभूमिलाई पसिना
अखिल नेपाल फुटवल संघ एन्फा अध्यक्ष गणेश थापाबाट युथ डेभलपमेन्ट प्रोग्राममा प्रशिक्षक अफर आएपछि भने मलाई ठूलो द्विविधामा परेको थियो । एकातिर पेलेसँग खेल्ने अवसर जुराएको मोहन बगानको जिम्मेवारी थियो भने अर्कोतर्फ आफ्नै देशका खेलाडीलाई सिकाउने । तर मलाई पुरानो क्लब र त्यहाँको सुख सुविधा भन्दा जन्मभुमीकै फुटवलले तान्यो । फुटबलर बन्ने सपना बोकेका ठिटाहरुसँग रम्न पाउने नेपालीत्वले आर्कषित गर्यो ।

नेपालको यु-१६ युथ-१९ हुँदै राष्ट्रिय टीमको प्रशिक्षक बनँे । अहिले राष्ट्रिय टीमबाट खेलिरहेका अधिकाँश खेलाडीहरु चार वर्ष नेपालमा रहँदा मैले प्रशिक्षित गराएका छन् । साफ च्याम्पियनसीपको इन्जुरी  समयमा बंगलादेश विरुद्ध गोल गरेर सनसनी मच्चाएका राष्ट्रिय टीमका कप्तान सागर थापा पनि मेरै उत्पादन हुन । सागर अनिल गुरुङ लगायतलाई मैले पस्रनल्ली टि्रट गरेको थिएँ । माओवादी द्वन्द चलिरहेको तथा एन्फा आफै भित्र विवादमा रहेको बेलामा प्रशिक्षक बनेको थिएँ । नेपालका लागि चाहे जति गर्न भने सकिन जस्तो लाग्छ ।

नेपालबाट खेल्ने मेरो टीम वि्रगेड ब्वाइज हो । मेरो पालामा यो क्लब निकै चर्चित थियो । भारतका धेरै खेलाडीलाई यहाँ ल्याएर खेलाएँ । यसको मुख्य उद्देश्य नेपालमा फुटवल क्रेज बढाउनु थियो । 

२००८ मा नेपालबाट फर्केर उनी मोहन बगानमै पुगे र त्यसपछि जमसेदपुरमा टाटा एकेडेमीको प्राविधिक निर्देशक बनँे । अहिले कलकत्ताको पाइलियन वल्र्ड स्कूलमा फिफाको युथ डेभलपमेन्ट प्रोग्राम डाइरेक्टर छु । सन् १९७७ मा नेपाल आएका बेला एन्फाका बोदबहादुर राउत मलाई लिन रुपन्देहीस्थित घरमै आएका थिए । भैरहवाबाट काठमाडौं विमानस्थल नपुग्दै मलाई विमानमै बुट र जसर्ी लगाउन लगाइयो । भएको के रहेछ भने रंगशालामा खचाखच दर्शक प्रतिक्षामा रहेछन् । त्यहि कारणले विमान भित्रै जसर्ी लगाउन लगाएका रहेछन् । त्यतिबेला आफैले सोचे भन्दा बढी चर्चित भएछु भन्ने लाग्यो । 

(कान्छो बुवाको निधनमा काठमाडौं आएका बेला राज्यसत्ता डटकम खेलकुद ब्यूरोसँग गरिएको वार्तामा आधारित)

राससको प्रधानसम्पादकदेखि जातीय मुक्ति आन्दोलन सम्म


म ६१ वर्ष पहिले बाग्लुङ जिल्ला हुक्डीसिर गाविसको बाराकोटमा जन्मिएको हुँ । प्राथमिक शिक्षा गाउँकै स्कूलबाट पुरा गरें । वि।स। २०२३ मा एसएलसी जनता मावि तानसेनबाट गरेको हुँ । मेरो क्याम्पसे अध्ययन भने काठमाडौंबाट शुरु भयो । नेशनल कलेज काठमाडौंबाट मेजर इतिहास र राजनीति शास्त्रमा स्नातक गरें  ।  इन्डियन इ_िन्स्टच्यूट अफ मास कम्युनिकेसन(आईआईएमसी)बाट सन् १९८१ मा १० महिने पोष्ट डिप्लोमा कोस्र गरें । विश्व प्रख्यात समाचार एजेन्सी एसोसियटेड प्रुान्स प्रेस (http://www.afp.com/)बाट १९९० मा न्यूज एजेन्सी जर्नालिज्म कोस्र  गर्ने अवसर मिल्यो ।


विस २०२९ मा राष्ट्रिय समाचार समिति राससमा खुल्ला प्रतिपस्र्धाबाट अाचल संवाददाता छनौट भएँ । संवाददातामा नाम निकालेका १४ जना मध्ये प्रथम भएकाले १४ अन्चल मध्ये जुनसुकै  छान्ने अवसर मिल्यो । त्यतिबेला मैले लुम्बिनी अन्चल रोजें । यसरी पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट शुरु भयो मेरो पत्रकारिता यात्रा । २०४८ मा चीफ रिर्पोटर २०५२ मा वरिष्ठ सम्पादक २०५४ मा प्रबन्ध सम्पादक हुँदै २०५६ मा राससको प्रधान सम्पादक बनें । आधा दशक लामो इतिहास भएको राससमा दोस्रो प्रधानसम्पादक मगरको छोरो बन्यो । यसअघि राधेश्याम विष्ट प्रधानसम्पादक बनेका थिए । २०५९ मा रिटार्यड भएँ । त्यसपछि निजी क्षेत्रको अन्नपूर्ण पोष्ट दैनिकमा करिब पाँच वर्ष नायब सम्पादक भएर काम गरें । त्यसपछि इन्टरनेशनल प्रेस इ_िन्सटिच्यूट (आईपीआई)को खतरामा परेका पत्रकारहरुको उदार गर्ने प्रोजेक्टमा प्रबन्ध निर्देशकको रुपमा एक वर्ष काम गरें ।

रानी ऐश्वर्यको महिनावारीले निम्त्याएको सकस

वि।स।२०१९ सालमा स्थापना भएको रासस २०५० सालताका सम्म पनि सबैभन्दा प्रभावी र शक्तिशाली सन्चार माध्यमको रुपमा रह्यो । राजदरबार मामिला मन्त्रालय प्रधानमन्त्री आफैले राखे जस्तै राससमा दरबारसम्बन्धी वीट सबै भन्दा चलाख पत्रकारलाई दिइन्थ्यो । १४ मध्ये प्रथम भएकाले हुनसक्छ दरबार सम्बन्धी समाचार ल्याउने जिम्मेवार मलाई दिइयो ।

पत्रकारिताको शुरुवाती करिअरकै कुरा हो । हिन्दु महिलाहरुको पर्व तीजमा रानी ऐश्वर्य पशुपतिनाथको मन्दिरमा जाने हुनाले रिर्पोटिङ गर्ने जिम्मेवारी पनि मेरै थियो । एक जना सिनियरले फिल्ड नगएरै समाचार लेख्ने सल्लाह दियो । गतवर्षको समाचार हेरेर समाचार लेख्न सकिने उसको सल्लाह थियो । मैले त्यस अनुसारै गरें । तर समस्या के भई दियो भने रानी ऐश्वर्य महिनावारी भएर पशुपति गएनछन् । अनि मलाई आपत्त पर्यो । फिल्ड नगई समाचार लेख्दाको नतिजा थियो त्यो । धन्न जसले ठग बुद्धि सिकायो उसैले मलाई बचायो पनि ।

वादी समुदायका महिलाहरुको समस्यालाई उजागार गर्ने पहिलो पत्रकार सम्भवत म नै हुँ । २०३३ ताका यो राससमा मैले उनीहरुको पीडाको विषयमा रिर्पोटिङ गरेपछि वादी समस्या अन्तराष्ट्रियस्तरमा पुग्यो । त्यतिबेला वादी महिलाहरुले मलाई एक पटक घेराउ पनि गरे ।

पत्रकारले भोजमा खान पाउने नियम बन्यो

पत्रकारले रिर्पोटिङमा जाँदा पनि दौराशुरुवाल र टोपी लगाएर जानुपर्दथ्यो । अहिले जस्तो रिर्पोटिङमा गएका पत्रकारले भोजमा सहभागी हुन पाउँथेन । सुरक्षाकर्मी जस्तै पत्रकार पनि ड्युटीमा भएकाले खान नपाउने उनीहरुको दलील हुन्थ्यो ।

दरबार भित्रै भएको भोजमा मैले एकपटक वेटरको ट्रेबाट रक्सी झिकेर पिएँ । राष्ट्रिय सम्वाद समितिका सहकर्मीले पत्रकार भएर कहाँ खान थालेको भन्दै थियो मैले अर्को गिलास निकालेर फेरी स्वाट् पारें । यो कुरा दरबारका कर्मचारीले पनि नोट गरेका रहेछन् । भोलिपल्ट दरबारमा भएको भोजको समिक्षामा एक कर्मचारीले अरु त ठिकै हो सरकार राससका खिलध्वज थापाले रक्सी खाए भनेछ । त्यो सुनेपछि वीरेन्द्रले किन पत्रकारले भोजमा खानु हुँदैन भनेर आश्चर्य मान्दै सोधेछन् । हुँदैन सरकार पत्रकार ड्युटीमा भएकाले भोजमा खान मिल्दैन भनेपछि वीरेन्द्रले उसो भएपत्रकारलाई रिर्पोटिङ सकिएपछि खान पाउने व्यवस्था मिलाउनु भनेछन् । त्यस यता मात्रै पत्रकारहरुले रिर्पोटिङको क्रममा भोजमा खान पाउने प्रचलन शुरु भएको हो ।


पत्रकारितासँग जोडिएको अर्को पनि डि्रंक प्रसँग छ । एक पटक राती ९ बजे वीरेन्द्रले रक्सी खाना बोलाएको खबर आयो । दरबारमा पुग्दा रानी ऐश्वर्य हातमा बोटल लिएर बसेकी थिइन् । ज्ञानेन्द्र पत्नी कोमलको हातमा आईस थियो धीरेन्द्रकी पत्नीको हातमा गिलास र राजपरिवारकै अर्की एक महिलाको हातमा सोडा । म पुगिसकेपछि ज्ञानेन्द्र आईपुगे त्यसपछि मात्रै वीरेन्द्र । रानीले समेत पाहुनालाई रक्सी थप्नुअघि र पछि ढोग्ने चलन थियो । दुई राउण्ड खाईसकेपछि रक्सी बन्द गर्ने कि भन्ने प्रस्ताव कतैबाट आयो । ठीक त्यहि बेला वीरेन्द्रले जर्नालिस्ट खिलध्वजलाई पुगेको छैन एक राउण्ड अझै भने ।

समाजिक आन्दोलन हुँदै जनमुक्ति पार्टीसम्म

 वि.स. २०२७ साल ताका काठमाडौंमा अहिले जसरी मगरहरुसँग बाक्लो भेटघाट हुँदैनथ्यो । त्यसबेला ५०-६० जना मगरहरु भेला भएर बालाजुमा बुङगुर काटेर खाएछन् । त्यसको एक वर्षपछि धुलिखेलमा मगरहरुको भेला थियो । त्यसमा विभिन्न पेशा व्यवासयमा आवद्ध मगरहरुको उपस्थिति थियो । त्यहि बेला  मगरहरुका लागि संगठन आवश्यक पर्दछ भनेर 'लाङघाली परिवार' गठन गरियो । २०२८ सालमा गठित त्यस ऐतिहासिक संगठनको अध्यक्षता मैले गरेको थिएँ । लाङघाली परिवारको उपाध्यक्ष शान्ता राना थापा महासचिव केबी राना कोषाध्यक्ष प्रभा बुढाथोकी र बसन्त थापा ऋतुराज लगायत कार्यकारी सदस्य रहनु भयो ।


हामीले 'लाफा' नामक पत्रिका प्रकाशन पनि गर्यौं त्यसको सम्पादक मोहन शमशेर थापा हुनुहुन्थ्यो । त्यतिबेला मैले मगरको विषयमा लेख लेखेको थिएँ । मगरको विषयमा लेखिएको पहिलो लेख त्यहि थियो कि जस्तो लाग्छ । आज पनि धेरैले मेरो त्यहि लेखलाई आआफ्ना लेखमा उधृत गर्छन् । सबैभन्दा ठूलो कुरा त्यतिबेला बनभोजबाट  शुरु भएको मगर संगठित हुने प्रयास अहिले ३० औं मगर दिवससम्म आई पुग्दा धेरै खुशी लाग्छ ।

रासस र अन्नपूर्ण पोष्टको जागिर अनुभव बोकेर राष्ट्रिय जनमुक्ति पार्टीमा कि्रयाशिल छु । यसअघि विदेश विभागको जिम्मेवारी पुरा गरें भने चौथो राष्ट्रिय महाधिवेशनपछि बुद्धिजिवी विभाग प्रमुखको रुपमा कार्यरत छु । तर यो पार्टीसँग मेरो अप्रत्यक्ष संलग्नता भने स्थापना कालदेखिनै थियो । पार्टीको घोषणापत्र र विधान निर्माणमा उतिबेलै इनपुट दिएको थिएँ । यो पार्टीको संस्थापक अध्यक्ष एमएस थापा ज्यूसँग उतिबेलै देखि निरन्तर सम्पर्कमा छु ।  सरकारी सन्चार माध्यममा आवद्ध भएकाले त्यतिबेला खुलेर पार्टीमा लाग्ने अवस्था  थिएन । तथापि पूर्व पश्चिमका जनजातिहरु एक भएर अधिकार प्राप्तीका लागि लड्नुपर्छ भनेर सम्पर्क गराउने गर्दथे ।

देशमा ठूला भनिएका पार्टीहरु पनि नभएका होइनन् । तर राष्ट्रिय जनमुक्ति पार्टीको जस्तो दर्शन र भिजन कसैको छैन । कम्युनिष्टहरुले वर्गीय विभेदका कुरा गर्छन् । तर यो आफैमा पूर्ण होइन । देशमा विद्यमान जातीय भाषिक सांस्कृतिक भौगोलिक विभेदको अन्त्य नभई मुलुक समृद्ध बन्न सक्दैन । जुन कुरा जनमुक्ति पार्टीले मात्रै उठान गरेको छ ।
 

विश्वको उत्कुष्ट होमस्टे क्षेत्रमा अन्तर्राष्ट्रिय बौद्ध विहार धरान


नाम्जेको पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यका साथ भेडेटार ६ थुम्कीडाँडामा अन्तर्राष्ट्रिय बौद्ध विहारको निर्माण गर्न लागिएको छ । विश्वको प्रख्यात अमेरिकी समाचार माध्यम सिएनएनले नाम्जेलाई विश्वको सातौं उत्कृष्ट स्थानको होमस्टे पर्यटन केन्द्रको रुपमा चयन गरेपछि नाम्जेमा पर्यटकीय क्रियाकलापहरु बढ्न थालेको छ । सो उद्देश्यलाई नै टेवा पुर्याउन अन्तर्राष्ट्रियस्तरको बिहारको निर्माण गर्न लागेको भन्ते मेधाङ्करले (भिक्षु मगर) बताउनुभयो । सो विहारमा बुद्ध मूर्ति पदस्थापन गरिएको छ । थाइल्याण्डबाट ल्याइएको साढे चार फिट अग्लो मूर्ति करिब ५ सय १५ किलो तौलको रहेको भन्ते (भिक्षु मगर) मेधाङ्करले बताए । निर्माणाधीन सूर्यादय शान्तिभूमि बौद्ध बिहारमा बिहीबार बुद्धमूर्ति पदस्थापनअघि विभिन्न भेषभूषामा सजिएका आदिवासी जनजातिहरुको बाजागाजासहित भेडेटारबाट रयालीसहित नाम्जे परिक्रमा उल्लेखनीय उपस्थिति रहेको थियो ।

मगर समाजमा बुद्ध धर्मको प्रभाव र बिस्तार

............बम थापा सुर्यबंशी मगर.........
(Speared of Buddhism and Magars) 
आजभन्दा २६ सय वर्ष अगाडी लुम्बिनीको नेपालमा एउटा बालक जन्मियो । सुखमय जिन्दकी त्यागेर दुख निवारण र सत्यको खोजीमा निरन्तर लाग्नु भयो । वहाले बोधी ज्ञान प्राप्त गर्नु भयो । अनि गौतमबुद्ध हुनु भयो । वहाको मार्ग लाई बुद्धधर्म भनियो अनि संसार प्रसिद् मानव धर्म कहलियो । यसै क्रममा बुद्धधर्मको प्रचार प्रसार हुदै संसार ढाक्यो । दक्षिण भागमा उत्तरी भारतबाट सुरु हुदै श्री लंका, बर्मा, थाइलेडं इन्डो-चिन हुदै पुर्बी पक्षिम एशियाको देशहरुमा पुग्यो । त्यसपछि ...हिमालयन राज्यतिर सिक्किम भुटान नेपाल तिब्बत हुदै मंगोलियन अनि एसियाको बीच भाग चिन कोरिया अनि जापान । बुद्ध धर्म भिन्न भिन्न स्थान र समयमा प्रचार प्रसार भएको हुदा मुख्यतय ३ प्रकारका स्कुलहरु छन् | ति हुन् थेरा बाद(THERAVADA),माहायान (MAHAYANA) अनि बज्रयान (VAJRAYANA) । भिन्न भिन्न ठाउँमा प्रचार प्रसार भएको हुँदा भाषा पनि फरक फरक हुन पुगे।MAHAYANA को सस्कृति भाषा हो  भने THERAVADA को पालीभाषा । जस्ले THERAVAD माने उसलाई southern tradition  अथवा दक्षिण tradition भनिन्छ भने जस्ले MAHAYANA मान्छन उसलाई Northern Tradition अर्थात् उत्तरी Tradition भनिन्छ |VAJRAYANA लाई Tibetan Tradition भनिन्छ । अहिले मगरले मान्दै गरेको Southern Tradition अथवा दक्षिण Tradition अर्थात् THERAVADA हो । मगरको सबै कर्मकाण्ड पालीभाषा अर्थात् बुद्धकालमा लोकल भाषा जुन भाषाबाट आज भन्दा २६०० वर्ष अगाडी बुद्धले यहि पाली भाषामा बुद्ध ज्ञान दिनु भयो । बुद्धधर्म नेपालको सबैभन्दा पुरानो आदिकालीन आदिवासी लोक धर्म हो । यो स्वदेशी माटोमा जन्मिएको प्राचिन मानव लोकधर्म हो । बौद्ध धर्म नेपालमा जन्मिए पनि यसले नेपाली माटोमा फुल्ने र फ्रकने हुर्कन सहज मौका प्राप्त गर्न सकेन । किनकी  नेपालका बौद्धिस्टलाई लखेटेर तिब्बती डाडो कटाए ब्रामणहरूले । बुद्ध धर्म प्रति आस्था विश्वास राखने र यसको प्रचार प्रसार गर्ने जो कोहीलाई हिन्दु शासक हरुले निमिट्यान्न पार्ने काम गरे । यस्ता भयावह अवस्थामा मगरहरुले बौद्ध धर्मको प्रचार प्रसार गर्नु र बौद्ध बिहार गुम्बाहरुको निर्माण कुनै सम्भावना थिएन । बुद्ध धर्म प्रतिबन्धित गरियो । देश राज्य र समाजमा पूर्णरुपले हिन्दुकरण गरियो । प्रधान मन्त्री श्री ३ चन्द्र समशेरको पालामा हिन्दुहरु बौद्ध बन्न नपाइने तर बौद्धहरु धर्म परिबर्तन गरेर हिन्दु बन्न पाइने नियम बनाइयो । बुद्ध मुर्ति बनाएको कारण भिक्षु महाप्रज्ञा अमृतानन्द बि. स. १९९३ पौषमा भोजपुर जेलमा थुनिए । पछि उनलाई जेलबाट निकाली देश निकाला गरियो । बौद्ध धर्म ग्रन्थ सम्बन्धी लेखिएका सम्पूर्ण पुस्तकहरु खोजि खोजि जफत गरियो । त्यसलाई डढालेर पोलियो,जलाइयो । बहुदल व्यवस्था को आगमन पछि पनि लुम्बिनीमा लुम्बिनी विकास समिति संग सम्बन्धित गैर बुद्धिस्ट दुइ जना कर्मचारीहरु केदार नेपाल र कपिल भट्टराई ले २८ अगस्त १९९६ का दिन भगवान बुद्ध मुर्तिको मुखमा जुठो सुंगुरको मासु र रक्शी कोचारी दिएर बुद्ध र बुद्ध धर्मको अपमान गरेका थिए । त्यस घटनाको एक बर्ष नपुग्दै ३ जुलाई १९९७ को दिन लुम्बिनीमा जापानी बौद्ध भिक्षु युनाता नवातामे को बिभत्स हत्या गरियो । नेपालमा बौद्ध धर्म लाई कहिले पनि फसटाउन दिइएन । हजारौ वर्ष पछी आज नेपाल मगर बौद्धसेवा समाजद्वारा मगर जातिलाइ बुद्ध धर्म सम्बन्धि चेतना बृद्धि गर्ने कार्य भइरहेको छ । संसार प्रसिद् बुद्धधर्म ज्ञानलाई हामी मगरले बुझने र बन्द दिमागको ढोका खोल्ने प्रयास गरौ । बुद्ध धर्म नेपाली माटोमा जन्मिएको हुर्किएको आदिमकालीन आदिबासी लोकधर्म हो । कागजले बौद्ध हौ भन्ने इतिहास गुमायता पनि अझै कतिपय बौद्धकालिन सस्कार-सस्कृति हाम्रो हराएको छैन । हामी सबैले अनुसरण गरौ । "नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस ।"

बिश्व शान्ति पद यात्रा


भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको भन्ने कुरा अशोक महाराजले इसा पृ्र्व २७७ बर्ष पहिले आफ्नो बिसौं राज्य भीषेकको अवसरमा उहा आफै लुम्बिनीमा आउनुभै सिला स्तम्भ ( प्रचिर ) राख्न लगाउनु भयो । उक्त स्तम्भमा उहांले थम्म लिपिमा ( ब्रहमी ) यसतो उल्लेख गर्नु भएको छ ।
 “ देवा वातन थियना पियदस्सिना , लाजिन विसती  विसती वसामिसितेन ! अतन आगाच महिइते , हिद बुद्ध जाते शाक्यमुनी ती !! 
शिला बिगत भीच चालपित शिलाथ भिगच उसपायिते ! इथ भगव जातेती लुम्मिनी गामे उवलिके कहे अठ भागीयच !!
देवताहरुको प्रिय प्रियदशी ( अशोक ) राजा राज्यभिषेकको २० औं बर्षमा आफै आएर याहां बुद्ध शाक्यमुनीको जन्म भएकोले ढुंगाको प्र्रचिर ( स्तम्भ ) बनाउन लगाउनु भयो र शिला स्तम्भ स्थापना गराउनु भयो । यहां भगवान जन्मनु भएकोले लुम्बिनी गाउंलाइ कर मुक्त गरियो ।
आज बिश्वमा भैरहेको हिंसा हत्या र दैबिक प्रकोप, जलवायृ् परिवर्तन साथै बिश्वमा शान्ति फैलि रहोस साथ साथै भगवान गौतम बुद्धको उपदेश ( शिक्षा ) अपरिहार्य भएको यस क्याराभान ब्रोडकास्टिङ प्रा. ली. बिश्व शान्ति पद यात्रा गरिएको र भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनी मा नै जन्मियको हो भनी यो बिश्व शाान्ति पद यात्रा लुम्बिनी बाट शुरु गरी थाइल्यान्डको फुकेट सम्म गइ नेपालको पर्यटन क्षेत्र समेतलाइ ध्यानमा राखि हामीहरुले यस र्याली गरेको अवगत गराउंदछु ।
यस कार्यक्रमका पद यात्रीहरु:
(१) नारायण बहादुर आले मगर (भिक्षु मगर)
(२) सरोज अर्याल
(३) राम कृष्ण पुडासैनी
(४) ईश्वर प्रसाद बर्तौला
 (५) बिनोद शर्मा