म ६१ वर्ष पहिले बाग्लुङ जिल्ला हुक्डीसिर गाविसको बाराकोटमा जन्मिएको हुँ । प्राथमिक शिक्षा गाउँकै स्कूलबाट पुरा गरें । वि।स। २०२३ मा एसएलसी जनता मावि तानसेनबाट गरेको हुँ । मेरो क्याम्पसे अध्ययन भने काठमाडौंबाट शुरु भयो । नेशनल कलेज काठमाडौंबाट मेजर इतिहास र राजनीति शास्त्रमा स्नातक गरें । इन्डियन इ_िन्स्टच्यूट अफ मास कम्युनिकेसन(आईआईएमसी)बाट सन् १९८१ मा १० महिने पोष्ट डिप्लोमा कोस्र गरें । विश्व प्रख्यात समाचार एजेन्सी एसोसियटेड प्रुान्स प्रेस (http://www.afp.com/)बाट १९९० मा न्यूज एजेन्सी जर्नालिज्म कोस्र गर्ने अवसर मिल्यो ।
विस २०२९ मा राष्ट्रिय समाचार समिति राससमा खुल्ला प्रतिपस्र्धाबाट अाचल संवाददाता छनौट भएँ । संवाददातामा नाम निकालेका १४ जना मध्ये प्रथम भएकाले १४ अन्चल मध्ये जुनसुकै छान्ने अवसर मिल्यो । त्यतिबेला मैले लुम्बिनी अन्चल रोजें । यसरी पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट शुरु भयो मेरो पत्रकारिता यात्रा । २०४८ मा चीफ रिर्पोटर २०५२ मा वरिष्ठ सम्पादक २०५४ मा प्रबन्ध सम्पादक हुँदै २०५६ मा राससको प्रधान सम्पादक बनें । आधा दशक लामो इतिहास भएको राससमा दोस्रो प्रधानसम्पादक मगरको छोरो बन्यो । यसअघि राधेश्याम विष्ट प्रधानसम्पादक बनेका थिए । २०५९ मा रिटार्यड भएँ । त्यसपछि निजी क्षेत्रको अन्नपूर्ण पोष्ट दैनिकमा करिब पाँच वर्ष नायब सम्पादक भएर काम गरें । त्यसपछि इन्टरनेशनल प्रेस इ_िन्सटिच्यूट (आईपीआई)को खतरामा परेका पत्रकारहरुको उदार गर्ने प्रोजेक्टमा प्रबन्ध निर्देशकको रुपमा एक वर्ष काम गरें ।
रानी ऐश्वर्यको महिनावारीले निम्त्याएको सकस
वि।स।२०१९ सालमा स्थापना भएको रासस २०५० सालताका सम्म पनि सबैभन्दा प्रभावी र शक्तिशाली सन्चार माध्यमको रुपमा रह्यो । राजदरबार मामिला मन्त्रालय प्रधानमन्त्री आफैले राखे जस्तै राससमा दरबारसम्बन्धी वीट सबै भन्दा चलाख पत्रकारलाई दिइन्थ्यो । १४ मध्ये प्रथम भएकाले हुनसक्छ दरबार सम्बन्धी समाचार ल्याउने जिम्मेवार मलाई दिइयो ।
पत्रकारिताको शुरुवाती करिअरकै कुरा हो । हिन्दु महिलाहरुको पर्व तीजमा रानी ऐश्वर्य पशुपतिनाथको मन्दिरमा जाने हुनाले रिर्पोटिङ गर्ने जिम्मेवारी पनि मेरै थियो । एक जना सिनियरले फिल्ड नगएरै समाचार लेख्ने सल्लाह दियो । गतवर्षको समाचार हेरेर समाचार लेख्न सकिने उसको सल्लाह थियो । मैले त्यस अनुसारै गरें । तर समस्या के भई दियो भने रानी ऐश्वर्य महिनावारी भएर पशुपति गएनछन् । अनि मलाई आपत्त पर्यो । फिल्ड नगई समाचार लेख्दाको नतिजा थियो त्यो । धन्न जसले ठग बुद्धि सिकायो उसैले मलाई बचायो पनि ।
वादी समुदायका महिलाहरुको समस्यालाई उजागार गर्ने पहिलो पत्रकार सम्भवत म नै हुँ । २०३३ ताका यो राससमा मैले उनीहरुको पीडाको विषयमा रिर्पोटिङ गरेपछि वादी समस्या अन्तराष्ट्रियस्तरमा पुग्यो । त्यतिबेला वादी महिलाहरुले मलाई एक पटक घेराउ पनि गरे ।
पत्रकारले भोजमा खान पाउने नियम बन्यो
पत्रकारले रिर्पोटिङमा जाँदा पनि दौराशुरुवाल र टोपी लगाएर जानुपर्दथ्यो । अहिले जस्तो रिर्पोटिङमा गएका पत्रकारले भोजमा सहभागी हुन पाउँथेन । सुरक्षाकर्मी जस्तै पत्रकार पनि ड्युटीमा भएकाले खान नपाउने उनीहरुको दलील हुन्थ्यो ।
दरबार भित्रै भएको भोजमा मैले एकपटक वेटरको ट्रेबाट रक्सी झिकेर पिएँ । राष्ट्रिय सम्वाद समितिका सहकर्मीले पत्रकार भएर कहाँ खान थालेको भन्दै थियो मैले अर्को गिलास निकालेर फेरी स्वाट् पारें । यो कुरा दरबारका कर्मचारीले पनि नोट गरेका रहेछन् । भोलिपल्ट दरबारमा भएको भोजको समिक्षामा एक कर्मचारीले अरु त ठिकै हो सरकार राससका खिलध्वज थापाले रक्सी खाए भनेछ । त्यो सुनेपछि वीरेन्द्रले किन पत्रकारले भोजमा खानु हुँदैन भनेर आश्चर्य मान्दै सोधेछन् । हुँदैन सरकार पत्रकार ड्युटीमा भएकाले भोजमा खान मिल्दैन भनेपछि वीरेन्द्रले उसो भएपत्रकारलाई रिर्पोटिङ सकिएपछि खान पाउने व्यवस्था मिलाउनु भनेछन् । त्यस यता मात्रै पत्रकारहरुले रिर्पोटिङको क्रममा भोजमा खान पाउने प्रचलन शुरु भएको हो ।
विस २०२९ मा राष्ट्रिय समाचार समिति राससमा खुल्ला प्रतिपस्र्धाबाट अाचल संवाददाता छनौट भएँ । संवाददातामा नाम निकालेका १४ जना मध्ये प्रथम भएकाले १४ अन्चल मध्ये जुनसुकै छान्ने अवसर मिल्यो । त्यतिबेला मैले लुम्बिनी अन्चल रोजें । यसरी पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट शुरु भयो मेरो पत्रकारिता यात्रा । २०४८ मा चीफ रिर्पोटर २०५२ मा वरिष्ठ सम्पादक २०५४ मा प्रबन्ध सम्पादक हुँदै २०५६ मा राससको प्रधान सम्पादक बनें । आधा दशक लामो इतिहास भएको राससमा दोस्रो प्रधानसम्पादक मगरको छोरो बन्यो । यसअघि राधेश्याम विष्ट प्रधानसम्पादक बनेका थिए । २०५९ मा रिटार्यड भएँ । त्यसपछि निजी क्षेत्रको अन्नपूर्ण पोष्ट दैनिकमा करिब पाँच वर्ष नायब सम्पादक भएर काम गरें । त्यसपछि इन्टरनेशनल प्रेस इ_िन्सटिच्यूट (आईपीआई)को खतरामा परेका पत्रकारहरुको उदार गर्ने प्रोजेक्टमा प्रबन्ध निर्देशकको रुपमा एक वर्ष काम गरें ।रानी ऐश्वर्यको महिनावारीले निम्त्याएको सकस
वि।स।२०१९ सालमा स्थापना भएको रासस २०५० सालताका सम्म पनि सबैभन्दा प्रभावी र शक्तिशाली सन्चार माध्यमको रुपमा रह्यो । राजदरबार मामिला मन्त्रालय प्रधानमन्त्री आफैले राखे जस्तै राससमा दरबारसम्बन्धी वीट सबै भन्दा चलाख पत्रकारलाई दिइन्थ्यो । १४ मध्ये प्रथम भएकाले हुनसक्छ दरबार सम्बन्धी समाचार ल्याउने जिम्मेवार मलाई दिइयो ।
पत्रकारिताको शुरुवाती करिअरकै कुरा हो । हिन्दु महिलाहरुको पर्व तीजमा रानी ऐश्वर्य पशुपतिनाथको मन्दिरमा जाने हुनाले रिर्पोटिङ गर्ने जिम्मेवारी पनि मेरै थियो । एक जना सिनियरले फिल्ड नगएरै समाचार लेख्ने सल्लाह दियो । गतवर्षको समाचार हेरेर समाचार लेख्न सकिने उसको सल्लाह थियो । मैले त्यस अनुसारै गरें । तर समस्या के भई दियो भने रानी ऐश्वर्य महिनावारी भएर पशुपति गएनछन् । अनि मलाई आपत्त पर्यो । फिल्ड नगई समाचार लेख्दाको नतिजा थियो त्यो । धन्न जसले ठग बुद्धि सिकायो उसैले मलाई बचायो पनि ।
वादी समुदायका महिलाहरुको समस्यालाई उजागार गर्ने पहिलो पत्रकार सम्भवत म नै हुँ । २०३३ ताका यो राससमा मैले उनीहरुको पीडाको विषयमा रिर्पोटिङ गरेपछि वादी समस्या अन्तराष्ट्रियस्तरमा पुग्यो । त्यतिबेला वादी महिलाहरुले मलाई एक पटक घेराउ पनि गरे ।
पत्रकारले भोजमा खान पाउने नियम बन्यो
पत्रकारले रिर्पोटिङमा जाँदा पनि दौराशुरुवाल र टोपी लगाएर जानुपर्दथ्यो । अहिले जस्तो रिर्पोटिङमा गएका पत्रकारले भोजमा सहभागी हुन पाउँथेन । सुरक्षाकर्मी जस्तै पत्रकार पनि ड्युटीमा भएकाले खान नपाउने उनीहरुको दलील हुन्थ्यो ।
दरबार भित्रै भएको भोजमा मैले एकपटक वेटरको ट्रेबाट रक्सी झिकेर पिएँ । राष्ट्रिय सम्वाद समितिका सहकर्मीले पत्रकार भएर कहाँ खान थालेको भन्दै थियो मैले अर्को गिलास निकालेर फेरी स्वाट् पारें । यो कुरा दरबारका कर्मचारीले पनि नोट गरेका रहेछन् । भोलिपल्ट दरबारमा भएको भोजको समिक्षामा एक कर्मचारीले अरु त ठिकै हो सरकार राससका खिलध्वज थापाले रक्सी खाए भनेछ । त्यो सुनेपछि वीरेन्द्रले किन पत्रकारले भोजमा खानु हुँदैन भनेर आश्चर्य मान्दै सोधेछन् । हुँदैन सरकार पत्रकार ड्युटीमा भएकाले भोजमा खान मिल्दैन भनेपछि वीरेन्द्रले उसो भएपत्रकारलाई रिर्पोटिङ सकिएपछि खान पाउने व्यवस्था मिलाउनु भनेछन् । त्यस यता मात्रै पत्रकारहरुले रिर्पोटिङको क्रममा भोजमा खान पाउने प्रचलन शुरु भएको हो ।

पत्रकारितासँग जोडिएको अर्को पनि डि्रंक प्रसँग छ । एक पटक राती ९ बजे वीरेन्द्रले रक्सी खाना बोलाएको खबर आयो । दरबारमा पुग्दा रानी ऐश्वर्य हातमा बोटल लिएर बसेकी थिइन् । ज्ञानेन्द्र पत्नी कोमलको हातमा आईस थियो धीरेन्द्रकी पत्नीको हातमा गिलास र राजपरिवारकै अर्की एक महिलाको हातमा सोडा । म पुगिसकेपछि ज्ञानेन्द्र आईपुगे त्यसपछि मात्रै वीरेन्द्र । रानीले समेत पाहुनालाई रक्सी थप्नुअघि र पछि ढोग्ने चलन थियो । दुई राउण्ड खाईसकेपछि रक्सी बन्द गर्ने कि भन्ने प्रस्ताव कतैबाट आयो । ठीक त्यहि बेला वीरेन्द्रले जर्नालिस्ट खिलध्वजलाई पुगेको छैन एक राउण्ड अझै भने ।
समाजिक आन्दोलन हुँदै जनमुक्ति पार्टीसम्म
वि.स. २०२७ साल ताका काठमाडौंमा अहिले जसरी मगरहरुसँग बाक्लो भेटघाट हुँदैनथ्यो । त्यसबेला ५०-६० जना मगरहरु भेला भएर बालाजुमा बुङगुर काटेर खाएछन् । त्यसको एक वर्षपछि धुलिखेलमा मगरहरुको भेला थियो । त्यसमा विभिन्न पेशा व्यवासयमा आवद्ध मगरहरुको उपस्थिति थियो । त्यहि बेला मगरहरुका लागि संगठन आवश्यक पर्दछ भनेर 'लाङघाली परिवार' गठन गरियो । २०२८ सालमा गठित त्यस ऐतिहासिक संगठनको अध्यक्षता मैले गरेको थिएँ । लाङघाली परिवारको उपाध्यक्ष शान्ता राना थापा महासचिव केबी राना कोषाध्यक्ष प्रभा बुढाथोकी र बसन्त थापा ऋतुराज लगायत कार्यकारी सदस्य रहनु भयो ।

हामीले 'लाफा' नामक पत्रिका प्रकाशन पनि गर्यौं त्यसको सम्पादक मोहन शमशेर थापा हुनुहुन्थ्यो । त्यतिबेला मैले मगरको विषयमा लेख लेखेको थिएँ । मगरको विषयमा लेखिएको पहिलो लेख त्यहि थियो कि जस्तो लाग्छ । आज पनि धेरैले मेरो त्यहि लेखलाई आआफ्ना लेखमा उधृत गर्छन् । सबैभन्दा ठूलो कुरा त्यतिबेला बनभोजबाट शुरु भएको मगर संगठित हुने प्रयास अहिले ३० औं मगर दिवससम्म आई पुग्दा धेरै खुशी लाग्छ ।
रासस र अन्नपूर्ण पोष्टको जागिर अनुभव बोकेर राष्ट्रिय जनमुक्ति पार्टीमा कि्रयाशिल छु । यसअघि विदेश विभागको जिम्मेवारी पुरा गरें भने चौथो राष्ट्रिय महाधिवेशनपछि बुद्धिजिवी विभाग प्रमुखको रुपमा कार्यरत छु । तर यो पार्टीसँग मेरो अप्रत्यक्ष संलग्नता भने स्थापना कालदेखिनै थियो । पार्टीको घोषणापत्र र विधान निर्माणमा उतिबेलै इनपुट दिएको थिएँ । यो पार्टीको संस्थापक अध्यक्ष एमएस थापा ज्यूसँग उतिबेलै देखि निरन्तर सम्पर्कमा छु । सरकारी सन्चार माध्यममा आवद्ध भएकाले त्यतिबेला खुलेर पार्टीमा लाग्ने अवस्था थिएन । तथापि पूर्व पश्चिमका जनजातिहरु एक भएर अधिकार प्राप्तीका लागि लड्नुपर्छ भनेर सम्पर्क गराउने गर्दथे ।
देशमा ठूला भनिएका पार्टीहरु पनि नभएका होइनन् । तर राष्ट्रिय जनमुक्ति पार्टीको जस्तो दर्शन र भिजन कसैको छैन । कम्युनिष्टहरुले वर्गीय विभेदका कुरा गर्छन् । तर यो आफैमा पूर्ण होइन । देशमा विद्यमान जातीय भाषिक सांस्कृतिक भौगोलिक विभेदको अन्त्य नभई मुलुक समृद्ध बन्न सक्दैन । जुन कुरा जनमुक्ति पार्टीले मात्रै उठान गरेको छ ।

No comments:
Post a Comment