बाहुन भएको भए म कुरै गर्ने थिइनँ, चौहान भनेको क्षेत्री हो, क्षेत्री अलिक बिसेक हुन्छ । खासमा बाहुनसँग हामी जनजातिको धेरै हिसाब छ । त्यसैले जुत्ता खोलेर, खुट्टा टेबुलमा राखेर भन्ने गर्छु, कोही छ यहाँ बाहुन भने मेरा खुट्टा ढोग । बाहुनले मेरो खुट्टा किन नढोग्ने ? जबकि ऋग्वेदमै भनेको छ
जन्मना जायते शूद्र
कर्मणा द्विज उच्यते
जन्मेकै भरमा कोही ठूलो हुने होइन, कर्मका आधारमा ठूलो हुने हो । अब भन्नोस्, जन्मजात कोही ठूलो हुने होइन, पढेर-जानेर ठूलो हुने हो । मैले युनिभर्सिटी पढेको छु, दर्शन जानेको छु, अंग्रेजी बोल्छु । मैथली बोल्छु । हिन्दी बोल्छु । राजनीति गर्छु । अब म ठूलो हुन के बाँकी छ रु अहिले पनि पाँच दिनमा एउटा किताब पढ्छु । मसँग त्यो खुबी छ । त्यसैले बाहुनले पनि मलाई ढोग्नुपर्छ । अहिलेसम्म हाम्रा हजुरबाको काँधमा बाहुनले खुट्टा राखे हाम्रा बाका काँधमा पनि खुट्टा राखे । अब मेरो काँधमा पनि राख्ने ? म दिन्नँ । मसँग त्यो खुबी छ, राख्न सक्छौ भने कोसिस गरेर हेर । होइन भने अब म टेबुलमा खुट्टा राख्छु, ढोग्ने पालो तिम्रो हो । तिम्रा बा, हजुरबाले हामीलाई लगाएको ऋण तिर्नुपर्दैन ? तिर्नुपर्छ । त्यसैले मलाई ढोग ।

लन्डन पुग्ने मगर सिंहदरबार देख्दैन
मगरलाई जाग, उठ र अघि बढ भनेर म गाउँगाउँ गएँ । सुतेको मगर उठ्यो, अनि फेरि सुत्यो । मैले फेरि उठाएर अलि परको मान्छे देखाएँ । ल भन त्यो को हो ? मगरले भन्छ, त्यो त बाहुन हो । अनि मैले भनेँ, त्यो बाहुन हिँडेर कहाँ पुगिसक्यो, तँ भने सुतिरहेकै छस्, अनि कहाँबाट हुन्छ तेरो उन्नति ।
मगरमा राजनीतिक परिपक्वता छैन । एउटा गुल्मीको मगर, अर्को सिन्धुलीको मगर उठेर सीधै लन्डन जाने सपना देख्छ । लन्डनमा घर बनाएर बस्छ । तर, आफ्नै देशको सिंहदरबार पुग्ने सपना कहिल्यै देख्दैन । समस्या यहीँ छ । जनजातिमा साँच्चै संज्ञानताको अभाव छ । होइन भने एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादल भन्दा तल रहेका सिपी गजुरेललाई नयाँ पार्टीमा बादल भन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।

कम्युनिस्टमा बाहुनवाद
म भूमिगत नेकपा (माले) को मान्छे । मदन भण्डारी, जीवराज आश्रति, सिपी मैनाली, माधव नेपाल सबैसँग राजनीति गरेको मान्छे । तर, तिमीहरू जातिवादी भयौ भनेर मैले पार्टी छाडेँ । जातिवादी भनेको बाहुनवादी हो । त्यो पुष्टि अरू धेरै कुराले भएको छ । तर, सबै भन्दा नमीठो उदाहरण माधव नेपालकै छ । बहुदल आएपछि माधव नेपालकी भान्जीलाई राधाकृष्ण मैनालीको ड्राइभरले उडायो । त्यो ड्राइभर गुरुङ थरको थियो । माधव नेपालले सामदाम, दण्डभेद गरेर भान्जीलाई गुरुङ केटोबाट खोसे । बाहुनवादी अहंका लागि त्यतिवेला राज्यको शक्ति पनि प्रयोग भयो । कम्युनिस्ट पार्टीको नेताले गर्ने यही हो भनेर अरूले आश्चर्य मान्छन् । तर, म यस्ता नेताको काम नै यही हो भन्छु ।

ठकुरी (राजा) प्रशंसाको भोको

म ज्ञानेन्द्रको मान्छे होइन । तर, ०५९ सालमा शेरबहादुर देउवा आफैले घोषणा गरेको चुनाव अहिले गर्न सक्दिनँ भनेपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरे । चुनाव गराउन नसक्नेलाई बर्खास्त गर्नु ठीक हो कि होइन भन्ने विषय अर्को हो । तर, राजाले अब चुनाव गराउन सक्ने सक्षम व्यक्तिहरू आऊ, निवेदन देऊ भनेपछि हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीको बैठक बस्यो । म महासचिव थिएँ, मन्त्री को हुने भनेर ठूलो विवाद भयो । विवादबीच हाम्रो पार्टीबाट मात्रै १२ जनाको नाम सिफारिस भयो । पछि राजाले मेरो नाम छाने ।
कम्तीमा १२ जनामध्ये त म फरक रहेछु नि । मन्त्री भएपछि फरक काम गर्नुपर्यो भनेर मैले संस्कृत विषय विद्यालयबाट हटाउने सोच बनाएँ । संस्कृत भाषा इतिहास हो, शास्त्र हो र अध्ययन-अनुसन्धानको विषय हो । तर, सानासाना बालबालिकालाई पढाउनै पर्ने विषय होइन भन्ने मेरो ठहर हो । जब बालबालिकालाई यो भकुन्डो हो भनेर सोझै बुझाउन सकिन्छ भने इदं कन्दुकम् भनेर बोझ किन पार्ने ? एउटा विद्यालयमा एउटा मात्र संस्कृत शिक्षक भए पनि ३० हजार विद्यालयमा ३० हजार शिक्षक हुने भए । त्यो ३० हजार पदमा कुनै राई, कुनै लिम्बू, कुनै मगर, कुनै गुरुङ त हुने होइन, एक्लौटी रूपमै बाहुनले खाने हो । त्यसैले पनि विरोध हो, मेरो । लोकेन्द्रबहादुर चन्दको पाला देवी ओझा शिक्षामन्त्री थिए, म महिला बालबालिका तथा समाज कल्याण मन्त्री । देवी ओझा त मेरा माले कालका साथी, त्यसैले भनेँ, ए देवी एउटा परिवर्तनको काम गर्नुपर्यो । संस्कृत शिक्षा हटाउनुपर्यो । देवी ओझा कन्भिन्स भए, प्रस्ताव तयार पारे र मन्त्रिपरिषद्बाट पारित भएर अनिवार्य संस्कृत शिक्षा हट्यो ।
मैले दसैंको टीका नलगाऊ भनेर जनजाति समुदायमा अभियान नै चलाएको हुँ । राजनीतिक भाषामा बहिस्कार भन्छन्, सामाजिक भाषामा परित्याग भनौँ । दसैँको टीका परित्याग गरौँ भनेर अभियान चलाउने गोरे बहादुर खपाङ्गीले मन्त्री भएपछि राजाको हातबाट टीका लगायो भनेर ठूलो विरोध भयो । वास्तवमा मैले टीका लगाएकै हो, राजा खुसी हुन्छन् कि भन्ने चाहनाले मैले टोपी माथि सारेर निधार थापेकै हुँ । मलाई मन्त्री भएपछि संस्कृत शिक्षा हटाउनेदेखि केही काम गरेर देखाउनु थियो । त्यतिवेला मन्त्रिपरिषद्को काम गर्न राजालाई खुसी पार्नै पर्ने बाध्यता थियो । राजा भनेको ठकुरी, ठकुरी त प्रशंसाको भोको । हाम्रो गाउँमा गरिब ठकुरीले हलै जोतेर खान्छ । दिनभरि जोतेर आएको ठकुरीलाई बाबुसाब, जोत्न अब कति बाँकी छ भनेर सोध्यो भने फुरुंग भएर भन्छ, अब तिन्टा गरा छन्, हजुर । दिनभरि जोतेर खानेले पनि बाबुसाहेब भनिमाग्छ । अब राजाले चाकरी किन नखोजोस् । मैले जनजातिकै काम गराउन राजाको हातको टीका थापेँ ।

गोरेबहादुरको प्रेत
जुन वेला मैले जातीय मुद्दा उठाएँ, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । अहिले अशोक राईले पार्टी खोल्छु भनेका छन् । यिनीहरूले एमालेमा ठेस खाए, त्यसैले उछिट्टएिका छन् । बाटोमा हिँड्दा ठेस लाग्दा मान्छे लडे त लडिहाल्यो । लडेन भने पनि हुत्तिएर अगाडि बढ्छ । पर पुगेर पर्खालको सहारामा उभिन खोज्छ । हो, अशोक राईहरू पनि आफ्नो बाटोमा उछिट्टएिका छन्, अब हुत्तिएर पर्खालको सहारा लिने कोसिसमा छन् । तर, यिनीहरूले गरिखान्नन् । यसका दुईवटा कारण छन् :
एक: जब एमालेबाट जनजाति नेताहरूले विद्रोहको भाका बोले, बुद्धिजीवी र पत्रकारले खबरदारी गरे- गोरेबहादुरको चाल होला है । ल हेर्नुस्, गोरे बहादुर प्रेत त रछ नि । प्रेत नै सही, तर्साउँदो त रछ नि । गोरेबहादुरले यिनीहरूको मनमा त्यति ठूलो आतंक फैलाएको रहेछ । त्यो प्रेतले अशोक राईलाई पनि डर लागेको छ । हाउगुजी भएको छ, कतै हामी बर्बाद हुने हौँ कि भनेर यिनीहरूले खुट्टा कमाइरहेका छन् । खुट्टा कमाएर राजनीति हुन्छ ? हुँदैन ।
दुई: यिनीहरू राजनीतिमा होइन, डलरको खेतीमा छन् । जनजातिका ठूला-ठालु भन्ने सबैले डलर खाएका छन् । तिनलाई त बिख लाग्ने नै भयो । केहीले खाएका छैनन् भने पनि यो देशमा तिनलाई पनि बिख लाग्छ । पोहोर साल जनजाति महासंघले आन्दोलन गर्यो । १४ जेठमा संविधान 'ले' भनेर चक्काजामको घोषणा गर्यो । होइन यो (राजकुमार) लेखीले के गर्दै छ भनेर म सोच्दै थिएँ, डिएफआइडीले मिडियामा भनिदियो, खबरदार जनजाति महासंघ, संविधान चाहियो भनेर आन्दोलन गर्ने होइन, गर्छौ भने हामीले दिने १३ करोड चट् । यिनीहरू सब थरथर कामे । तुरुन्तै बैठक बसे । तिम्रो डलर चाहिँदैन, हामी संविधान ल्याएर छाड्छौँ भन्न सकेनन् । आन्दोलन स्थगित गरे, डलरका अगाडि घुँडा टेके । अब संविधान होइन, डलरका अगाडि घुँडा टेक्नेले राजनीति कसरी गरिखान्छ ।

म सबै जनजातिको बाजे
मगर समाजका लागि म ४० वर्ष हिँडेँ, मगरको उत्थान गर्ने नारा लिएर हिँडेँ । ४० वर्ष निरन्तर आफ्नो समाजका लागि हिँडेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्षको भयो होला । तर, उसले आफ्नो समाजका लागि के गर्यो ? म त ४० वर्ष लागेँ त्यसैले ८० वर्षको बूढाको पनि म बाजे हुँ । म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हिँडेको मान्छे हुँ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु - तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हिँड ।
म ०५६ सालमा पाल्पाबाट संसदीय चुनावमा उठेँ । मेरो निर्वाचन क्षेत्रबाट मगर मतदाता मात्रै ५९ हजार थिए । मगरले मात्रै दिए पनि अत्यधिक बहुमतले जित्ने निश्चित थियो । तर, म तेस्रो नम्बरमा पुगेँ । ल हेर्नुस् है ! मैले भनेको थिएँ, तपाईंको निर्वाचन क्षेत्रबाट एउटा मगर सिंहदरबार जानुपर्छ । तर, मगरहरूले सिंहदरबारको भेउ नै पाउँदैनन् ।

जापानी साथीले सुनाएको कथा
जनजातिबारे प्रस्ट पार्न नवलपरासीको एउटा मगर गाउँको कथा भन्छु । सुनाउने मान्छेचाहिँ नेपाली होइनन्, जापानी हुन् । माकितो मिनाकी भन्ने जापानको एकजना मान्छे, १५ वर्षसम्म नवलपरासीको माथि डाँडामा बस्यो । अर्खाला गाविसका एक परिवारको सदस्य बन्यो । बूढाबूढीलाई बाबुआमा मान्यो, उनीहरूका छोराछोरीलाई दाजुभाइ मान्यो । पछि ऊ जापान गएको वेलामा नेपालबाट मगर भाइले फोन गर्यो, लौ दाइ बर्बाद भो, यहाँ बा बिरामी हुनुभो, उपचार गर्ने खर्च छैन । जापानी छोरो राति नै जहाज चढ्यो, बिहान काठमाडौं आयो, बेलुका नवलपरासीको अर्खला पुगेर बाबुलाई भेट्यो । बाबुको अवस्था कमजोर थियो, दुई भाइ मिलेर कावासोती झारे । कावासोतीमा राम्रो उपचार हुने कुरा भएन, नाइटबस चढाएर काठमाडौं ल्याए । वीर अस्पतालमा भर्ना गरे । बिरामीको अवस्था ठीकै थियो, त्यसैले जापानी छोराले भाइलाई भन्यो, बा अहिले ठीकै छन्, हेरविचार गर्दै गर्नु, एक दुईजना साथीलाई भेट्नु छ, म डेढ घन्टामा आउँछु । तिमी हेर्दै गर । केही पर्यो भने खर्च गर्नु भनेर ६ हजार रूपैयाँ पनि छोडेर जापानी छोरा बाहिर निस्कियो ।
मगर छोरो बाउलाई कुर्दै थियो, एकछिनपछि उसलाई दिसा लाग्यो । बिचरा मुग्लिनको बासी भात खाएको हुँदो हो, पेट नदुख्ने कुरै भएन । ट्वाइलेट जानुपर्यो, पल्लो बेडको कुरुवालाई सोधेछ । अब उसले पनि भनिदिएछ, म पनि आज बिहान मात्र आएको, ट्वाइलेट कता छ, मलाई थाहा छैन । मगर छोराले अर्को मान्छेसँग सोध्यो, अर्कोलाई सोध्यो, ट्वाइलेट खोज्यो । तर, कतै भेटेन । ट्वाइलेट खोज्दा-खोज्दा उसलाई एक घन्टा लाग्यो । तर, भेटेन । निराश भएर फर्किएर आउँछ त डाक्टरहरू गाली गर्छन्, ल कहाँ गएको थियो, यहाँ कत्रो घटना भइसक्यो । छोराले छाम्छ त बाउको ज्यान चिसो भइसकेको छ । ज्यान गइसकेको छ । बाउको चिसो हात समातेर छोरो बसिरहेको थियो । एकछिनपछि जापानी छोरो आयो । के भयो भनेर सोध्दा मगर छोराले भन्यो, म ट्वाइलेट खोज्न गएको थिएँ, यता बाउ बितेछन् । अनि जापानीले सोध्यो, ट्वाइलेट त गइस् ? मगरले भन्यो, कहाँ भेटेर जानू, पेट दुखिरहेको छ । अब बाउको लास उता लडेको छ, तर ठूलो छोराको पहिलो काम सानो छोरालाई ट्वाइलेट लग्नुपर्ने भयो । लग्यो । अब मैले भन्न खोजेको के भने, फोहोर नै सही, वीर अस्पतालमा कम्तीमा २० र २५ वटा ट्वाइलेट छन् । तर, एक घन्टासम्म त्यहीँ भित्रको ट्वाइलेट नभेट्ने मगरले सिंहदरबारको कुर्सी कसरी भेट्छ ? त्यसैले अहिले नै राजनीतिमा मगर र अरू जनजातिको पनि उन्नति हुनेवाला छैन ।

बाबुरामको कुरा बाहुनले बुझे
बाहुन बाठो ! एउटा बाहुनले भन्छ, अरू बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने :
एक : यो देश कतै न कतै मर्जर गर्नु (मिसाउनु) पर्छ । मर्जर गर्ने भनेको के हो भनेपछि आर्थिक रूपमा भनेको हो, सब-मर्जर भनेको हो भनेर कुरो मिलाए । तर, उनले भनेकै हुन्, मर्जर उनको एजेन्डा हो ।
दुई : उनले भनिदिए - हामी त गोटी हौँ, खेलाउने अरू कोही छ । यसमा पनि उनले ढाँटेनन् ।
तीन : चर्कै रूपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— साँचो त यहाँ छैन ।
ल हेर्नुस् है ! बाहुनहरू सबैले कुरो बुझे, साँचो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरू कुरै बुझ्दैनन्, साँचो दिल्लीमा छ भने यहाँ बसेर सत्ता कहिले आउँछ ? उता, गएकाहरूलाई पनि दिल्लीवालाले भनिदिए, साँचो त यहीँ छ, तिमीले सुनेको सत्य हो, तर साँचो तिम्रो हातमा दिन्नौँ, जो अहिले सत्तामा छ, उसैसँग मिलेर खाऊ । पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरू पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थालेका छन् । यो सब बाबुरामले भने जस्तै जसको हातमा साँचो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् ।

उमेश चौहान
नयाँ पत्रिकाबाट
No comments:
Post a Comment