Sunday, May 19, 2013

यस्तो छ थ्रीडी माउस

माउस, कम्प्युटर चलाउँदा चाहेको ठाउँमा क्लिक गर्नका लागि हामी सबैले चलाएकै कम्प्युटरको एक अंग हो। प्रविधिको विकाससँगै पाँग्रा घुम्ने हृविल माउसबाट अहिले हामी अप्टिकल माउस चलाइरहेका छौं। अप्टिकल माउसमा पनि विभिन्न सुविधा र आकारमा परिवर्तन भइरहेको पाउन सकिन्छ। त्यसो त ब्लूटूथको माध्यमबाट कम्प्युटरमा जोडिने माउस पनि हाम्रो लागि नयाँ होइन।01 Mycestro a Bluetooth enabled 3D mouseयतिखेर भने माउसको विकास पनि नयाँ प्रयोगहरु भइरहेका छन्। त्यसैक्रममा ओहायोको एक कम्पनी इन्नोभेटिभ डेभलोपमेन्टस्ले थ्रीडी माउस तयार पारेको जसलाई औंलामा लगाउन सकिन्छ। औंठी जसरी औलामा लगाएर चलाउन सकिने यो माउसले कम्प्युटर चलाउने शैली नै परिवर्छन गरिदिने आशा गरिएको छ। यसको विकास गर्ने कम्पनीले यसको प्रयोगले ट्याब्लेट र आइपीटिभी चलाउनमा निक्कै सजिलो र शैलीमा पनि निक्कै परिवर्तन ल्याउने बताएको छ।02 Mycestro a Bluetooth enabled 3D mouseमाइसेस्त्रो नाम रहेको यो माउस ब्लूटूथ युक्त थ्रीडी माउस हो जसको सहायताले कम्प्युटर औंलाको र्इशाराले चलाउन सकिन्छ।03 Mycestro a Bluetooth enabled 3D mouseयो माउस हातको बुढी औंलाबाट सञ्चालित हुन्छ। बुढी औंलाले नचलाउँदा सम्म कम्प्युटरको क्रसर चल्दैन।04 Mycestro a Bluetooth enabled 3D mouseयसको माथिल्लो भागमा रहेको संवेदनशील भागमा हातले छोएर कम्प्युटरमा माउसको क्रसरलाई तलमाथि वा दायाँ बायाँ चलाउन सकिन्छ।05 Mycestro a Bluetooth enabled 3D mouseकम्प्युटर चलाउनेले क्रसरको अवस्थिती (पोजिसन)लाई औंला तथा हातलाई जुन दिशामा लग्यो त्यतै जान्छ।06 Mycestro a Bluetooth enabled 3D mouseकम्प्युटरमा देखिएको कुनै पनि कुरालाई छनौट (सेलेक्ट) गर्नका लागि यो माउसमा रहेको टच प्यानल (संवेदनशील भाग)मा छोएर दायाँ (राइट) क्लिक बटन दबाए हुन्छ।07 Mycestro a Bluetooth enabled 3D mouseयो माउसमा रहेको ब्याट्री चार्ज गर्नका लागि यूएसबीको प्रयोग गर्न सकिन्छ।08 Mycestro a Bluetooth enabled 3D mouseयो माउस ३० फीट टाढाबाट सम्म चलाउन सकिन्छ।09 Mycestro a Bluetooth enabled 3D mouseप्रयोगको आधारमा एक पटक चार्ज गरेपछि यो माउस आठ घण्टा सम्म चलाउन सकिन्छ।10 Mycestro a Bluetooth enabled 3D mouseयो माउस वीण्डोज सेभेन, एक्सपी, म्याक तथा लीनक्समा पनि चलाउन सकिन्छ।11 Mycestro a Bluetooth enabled 3D mouseयसमा हातको गति र चाललाई मापन गर्ने खुबी छ। यो माउस वायरलेस इयरफोनको आकारमा छ र सन् २०१३ को अन्त्य सम्ममा बजारमा उपलब्ध हुनेछ। यो माउसलाई बजारमा आउने बनाउनका लागि मात्र अनलाइन सहयोग उठाउने वेबसाइट किकस्टार्टरमा चारहजार १० जनाले तीनलाख ५४ हजार एकसय १५ डलर सहयोग गरेका छन्।

नौ हजारमा ४८ दिन चार्ज गर्न नपर्ने फोन (भिडियो)


मोबाइल फोन बजारको पुरानो र स्थापित खेलाडी नोकियाले ४८ दिन सम्म चार्ज गर्न नपर्ने मोबाइल बजारमा सार्वजनिक गरेको छ। उसले दक्षिण एशियाली मुलुकमा यो फोन ९९ डलर अर्थात नेपाली करिब नौ हजारमा उपलब्ध गराउने छ। आशा सिरिजको यो नोकिया आशा ५०१ मोडलको फोनमा ३ इन्चको क्यूभीजीए टीएफटी क्यापासेटिभ टचस्क्रिन रहेको छ। यो फोनमा १२८ एमबीको इन्ब्यूल्ट (आन्तरिक) मेमोरी रहेको छ भने यसले ३२ जीबी सम्मको मेमारी कार्डलाई सपोर्ट गर्छ। आगामी जुन देखी बजारमा उपलब्ध हुने यो फोन नोकियाले ९० देशका ६० मोबाइल सेवा प्रदायकसँग मिलेर बिक्रि गर्ने योजना बनाएको छ।nokia-asha-501
नोकियाले आशा सिरिजका मोबाइल सेटका प्रयोगकर्ताले पनि स्ट्याण्डएलोन नामक एप मार्फ सिधै फेसबुक चलाउन सक्ने बताएको छ। यो फोनमा ३.२ मेगापिक्सलको क्यामेरा, वाइफाइ रहेको छ। बजार हेरेर यो फोन एउटा मात्रै र दुई सीम लाग्ने गरि दुई संस्करणमा उपलब्ध हुनेछ। नोकयिाको यो आशा ५०१ फोनको एकपटक चार्ज गरेपछि ४८ दिन सम्म चल्नेछ (स्ट्याण्डबाइ टाइम) भने यसमा एक पटक चार्ज गरेपछि १७ घण्टा कुराकानी गर्न सकिन्छ (टक टाइम)।
 

ट्वीटर म्यूजिक आउँदै

माइक्रोब्लगिङ साइट ट्वीटरले संगीत प्रेमीका लागि लक्षित गरेर ट्वीटर म्यूजिक ल्याउन लागेको छ। गीतसंगीतलाई समेटेर ट्वीटरले नयाँ एप विकास गरिरहेको हल्ला धेरे अगाडि देखी चलिरहेको थियो। लामो समय देखीको हल्लालाई ट्वीटरले नयाँ वेबसाइट अपलोड गरेर सत्य सावित गरिदिएको छ। ट्वीटरले म्यूजिक वेब सेवा छिटै आउने भन्दै साइन इन गर्न समेत दिएको छ। यद्यपी यो वेबसाइट र एप्लिकेसन पुरै सुचारु भने भएको छैन।
01 twitter musicएकपटक आफ्नो ट्वीटर एकाउन्ट बाट लग इन गरेपछि यो ट्वीटर म्यूजिक वेब नामको एपको माध्यमबाट टाइमलाइनका ट्वीटहरु पढ्न, प्रोफाइल अपडेट, नयाँ ट्वीट पोस्ट साथै फलो गरेका मानिसहरु साथै नयाँ मानिसहरुलाई फलो गर्न सकिन्छ। तर यो एपले ट्वीटरको पासवर्ड र डाइरेक्ट मेसेजहरु सम्म भने पहुँच पाउँदैन।02 twitter musicसामाजिक सञ्जालहरुको बढ्दो प्रयोग साथै फेसबुकसँगको नजिकको प्रतिस्पर्धी भएका कारण पनि ट्वीटर नयाँ सेवाहरु थप्ने क्रममा रहेको छ। ट्वीटरले केही समय अघि मात्र भिडियो सेयर गर्न सक्ने सुविधा थपेको थियो। यसखालको म्यूजिक सेवा सुरु भएपछि संगीत र ट्वीट सँगै जान सक्नेछन् साथै गीत संगीतका क्षेत्रमा लागेकालाई पनि ट्वीटर महत्वको हुनेछ। ट्वीटरले यो एप्लिकेसनमा नारा नै विश्वको उत्कृष्ट संगीत तत्काल भन्ने राखेको छ। ट्वीटरको म्यूजिक वेब पेजमा जान यहाँ क्लिक गर्नुस्।

अब चश्मामा फेसबुक !


कम्प्युटर, ल्यापटप तथा मोबाइलमा मात्र नभएर अब सामाजिक सञ्जालहरु चश्मामा पनि उपलब्ध हुने भएका छन्। गुगलले बजारमा उतार्न लागेको हाइटेक चश्मामा गुगलले सामाजिक सञ्जालको सुविधा पनि थपेको छ। समाचार समिती रोयर्टसले इन्टरनेटमा एक छत्र राज गरेको गुगलले बजारमा उतार्न लागेको चश्मामा फेसबुक, ट्वीटर, टुम्बलीर जस्ता सामाजिक सञ्जालका एप पनि राखेको समाचार लेखेको छ। गुगलले हाइटेक चश्माका लागि बिहिबार आधा दर्जन विभिन्न एपमा काम गरिरहेको जानकारी दिएको छ।
Google Glass
गुगलले यतिखेर सान फ्रान्सिस्कोमा चलिरहेको गुगल को वार्षिक डेभलोपर्स कन्फरेन्समा यसखालको जानकारी दिएको हो। गुगलले आम उपभोक्ताका लागि बजारमा उतार्न लागेको यो चश्मामा भिडियो रेकर्ड गर्ने साथै इमेल, एसएमएस साथै वेबसाइटहरुबाट जानकारी हासिल गर्न सकिने सुविधा रहेको छ।
गत महिना देखी गुगलले यो चश्मा केही डेभलोपर्सहरुलाई वितरण गरेको थियो। अझै पनि गुगलले आम मानिसका लागि यो चश्मा कहिले देखी बजारमा उपलब्ध हुन्छ भन्ने जानकारी दिएको छैन।

अब पैसा इमेल गर्नुस् !


विश्वभर रेमिटान्स पठाउने पाउने क्रम बढिरहेको समयमा गुगलले पनि आफ्नो सेवालाई वैदेशिक रोजगारी र रेमिटान्समा केन्द्रीत गर्ने भएको छ। गुगलले आफ्नो गुगल वालेट सेवालाई जीमेलसँग जोडेर पैसा नै जीमेलको माध्यमबाट पठाउन र पाउन सकिने व्यवस्था गर्न लागेको हो। गुगलले गुगल वालेटलाई जीमेलसँग जोड्ने घोषणा गरिसकेको छ।गुगलले यो सेवाको घोषणा यो वर्षको वाषिर्क डेभलोपर्स सम्मेलनमा गरेको हो।
गुगलको यो सेवा पछि मानिसहरुले गुगल वालेट सेवाको प्रयोगसँगै सुरक्षित रुपमा पैसा आफन्तलाई इमेल गर्न सक्नेछन्। तत्कालका लागि यो सुविधा अमेरिकामा मात्र उपलब्ध हुनेछ। यो सुविधा अमेरिकाका १८ वर्षभन्दा माथिका जीमेल प्रयोगकर्तालाई केही महिनामा नै प्राप्त हुनेछ। त्यसका लागि उनीहरुले जीमेलको फाइलहरु एट्याच गर्ने स्थानमा रहेको डलरको चिन्हमा क्लिक गरेर पैसा इमेलसँगै पठाउन सक्नेछन्। त्यसका लागि उनीहरुले पठाउन चाहेको पैसा उल्लेख गर्नुपर्छ।send money via gmail Gmail Money Trnasfer Google Wallet
तत्कालका लागि यो सेवा डेस्कटप कम्प्युटरमा मात्र उपलब्ध छ छिटै यो सेवा मोबाइलमा पनि उपलब्ध हुने गुगलले जनाएको छ। जीमेलबाट पैसा आदान प्रदान गर्नका लागि गुगलको वालेट सेवा लिएको हुनुपर्छ।

Wednesday, April 24, 2013

तपाईंको कम्प्युटरको Start Button मा आफ्नो नाम् कसरी लेख्ने ??

तपाइ आफ्नो कम्प्युटरको स्टार्ट बतनमा आफ्नु नाम् पनि लेख्न सक्नुहुन्छ , कसरी ?.. यो धेरै सजिलो छ । तपाईंले एउटा software download  गर्नु पर्नेछ । Download गर्नको लागि यसमा गर्नु होला ।
Download Resource Hacker
 download गरे पछि तपाईंले यो स्टेप अपनाउनुस् .
1: सब भन्दा पैले  resorse hacker Open  गर्नुस् ।
2: file menu मा Open click  गर्नुस् ।एक  file open गरे पछि My computer open  गर्नुस् ,अनि सी ड्राइवमा जानुस् ।

3: फेरि windows नामको फोल्डर खोलेरexlorer.exe open  लाई गर्नुस् ।

4: अब String Table Optionमा   click  गर्नुस् ।यदि तपाइ Classical Start Menu Use  गर्नु भाको छ भने 37 no गर्नुस्  । 38 String Table Select गर्नुस् ।  Xp Style लाई no 38 गर्नुस् । अब 37 no को 578 या 38 no  को  '595' को Start Button मा आफ्नो नाम लेख्नु होस् ।

5: अब Compile Script buttonमा  click गर्नुस् ।
6:  अब Computer REstart गर्नुस् ।

Tuesday, April 23, 2013

अध्ययन भन्छ : "लोग्नेस्वास्नीबीच सातामा एक दिन झगडा हुनुपर्छ "



सफल तथा प्रेमपूर्ण दाम्पत्य जिवनका लागि हप्तामा एक पटक श्रीमान श्रीमतीबीच झगडा हुनु आवश्यक रहेको पछिल्लो अध्ययनले देखाएको छ । भारतमा गरिएको सर्भेक्षण अनुसार सयमा ४४ दम्पतीले आफुहरुको सुखी तथा खुसी वैवाहिक जिवनको राज हप्ताको एक दिन हुने झगडा भएको खुलासा गरे ।

सर्भेक्षणले हप्तामा एक पटक हुने श्रीमान श्रीमतीबीचको झगडाले दम्पतीबीचको संचारलाई प्रभावकारी बनाउन सहयोग पूराउने र त्यसको प्रभाव दिगो वैवाहिक सम्बन्धमा रहने देखाएको छ । ‘यस्ता झगडाले श्रीमान श्रीमतीलाई झन नजिक बनाउँछ र आपसमा रहेका भ्रम मेट्न समेत सहयोग पूराउँछ’, अध्ययनमा भनिएको छ सम्बन्ध दहि्रलो बनाउन लोग्ने स्वास्नीबीच सन्तुलित झगडा आवश्यक हुन्छ ।

झगडाले दम्पतीलाई एक अर्काप्रति सम्वेदनशील हुन तथा मनको कुरा बुझ्न सहयोग गर्ने अध्ययनकर्ताको दाबी छ ।

अध्ययनले भारतमा मुम्बइ र दिल्लीका दम्पतीहरु कम झगडालु दम्पती रहेको र ३२।३३ प्रतिशत दम्पती एक महिनामा बढिमा एक पटक मात्र झगडा गर्ने गरेको देखाएको छ । अध्ययनले उमेर बढ्दै जाँदा लोग्नेस्वास्नीबीचको झगडाको दर पनि घट्दै जाने देखाएको छ । २० देखि २५ वर्ष उमेर समूहका लोग्ने स्वास्नीबीच सबैभन्दा बढि झगडा हुने गरेको पनि देखिएको छ ।

स्रोत: अनलाइन खबर

तपाईंको ब्लगमा अन्लाइन रेडियोलाई कसरी राख्ने त ?..

तपाईंको ब्लगमा अन्लाइन रेडियोलाई कसरी राख्ने त ?..


1 : सर्ब प्रथम त तपाइ ब्लगको लेआउट भन्ने अप्सनमा क्लिक गर्नुस् ।

2 :  अनि  Add Gadget भन्ने ठाउमा क्लिक गर्नुस् ।
3 : तेस पछि html/JavaScript भन्ने ठाउमा क्लिक गर्नुस् ।

4 : तेस पछी यो कोड कपी गरी पेस्ट गर्नुस् । 
      <embed name="mediaplayer1"                    pluginspage="http://www.microsoft.com/windows/mediaplayer/"              type="application/x-mplayer2" showstatusbar="1" width="400" src="Your            Radio URL" autostart="true" height="50"></embed>


5: अनि यहा योर रेडियो यू आर एल भनेको हजुरको रेडियोको ठेगाना हो । जस्तै मेरो ब्लगमा                 भएको रेडियो को ठेगाना  http://s6.voscast.com:7232/ हो ।


6: अब कसरी पत्ता लगाउने त रेडियोको url ?...
     कुनै पनि रेडियोको माथी राइट क्लिक गर्नुस् अनि मा जानुस् । 
     जस्तै : 


7: अब तपाइ देख्न सक्नुहुनेछ Location भन्ने अथबा url
      जस्तै : 
8: अब तपाइ रातो Your Radio Url भन्ने ठाउमा तपाईंको url  पेस्ट गर्नुस् ।
     

<embed name="mediaplayer1" pluginspage="http://www.microsoft.com/windows/mediaplayer/" type="application/x-mplayer2" showstatusbar="1" width="400" src="Your Radio URL" autostart="true" height="50"></embed>

9: अब तपाइ Save  गर्नुस् अनि हेर्नुस्... तपाईंको ब्लग काम गर्छकी गर्दैन । यदि कुनै समस्या भए        मलाइ    कमेन्ट गर्न सक्नु हुनेछ ।










Monday, April 22, 2013

वाइफाइ छैन ? नो टेन्सन । ल्यापटपबाट वाइफाइ छोड्नुहोस्


ल्यापटपमा इन्टरनेट छ तर मोबाइलमा वाइफाइ नभएर जिपिआरएस चलाइरहनु भएको छ ? अथवा राउटर नभएर वाइफाइको मज्जा त लिन नपाउँनु भएको छ कि ? त्यसो हो भने पिर नगर्नुस्, आज म आफ्नो ल्यापटपदेखि कसरी वाइफाइ छोड्न सकिन्छ भनेर कुरा गर्दैछु । तपाईले आफ्नो ल्यापटपमा एउटा सफ्टवेयर इन्स्टल गरेर सजिलै ल्यापटपबाट छोडिएको वाइफाइ अरु साधनमा प्रयोग गर्न सक्नु हुन्छ । बेकारमा राउटरका लागि किन पैसा तिरिरहने ? म आफैले पनि राउटरको प्रयोग नगरि वाइफाइ प्रयोग गरिरहेको छु । इन्टरनेट चलाउँन मात्र हैन, अरु डिभाइसलाई आफ्नो ल्यापटपसँग जोड्न पनि तपाईले यो वाइफाइको प्रयोग गर्न सक्नु हुनेछ ।


कनेक्टिफाइ (connectify) सफ्टवेयरको प्रयोग गरेर ल्यापटपदेखि वाइफाइ छोड्न सकिन्छ । यसका लागि सबै भन्दा पहिले यहाँ क्लिक गरेर कनेक्टिफाइ डाउनलोड गर्नुहोस् ।

कनेक्टिफाइ डाउनलोड गरेर इन्स्टल भएपछि कम्प्युटर रिस्टार्ट गर्नुहोस् । कम्प्युटरको दाँया भागको सबैभन्दा तल यस्तो बक्स खुल्नेछ । यदि यस्तो बक्स नदेखिए स्टार्ट मेनुमा क्लिक गरेर कनेक्टिफाइ ओपन गर्नुहोस् ।
connectify installation
माथि देखिए जस्तै बक्समा आफुले चाहेको नाम र पासवर्ड भरेपछि start hotspot मा क्लिक गर्नुहोस् । वाइफाइ सुरु हुन्छ । वाइफाइ जोड्नु पर्ने डिभाइसमा राखिएको नाम खोजेर त्यसमा पासवर्ड राखेर वाइफाइ प्रयोग गर्न सक्नु हुन्छ । तपाईले ल्यापटपबाट छोडेको वाइफाइबाट इन्टरनेट चलाउँन ल्यापटपमा भने कुनै प्रकारले पनि इन्टरनेटको स्रोत हुनुपर्छ । नत्र तपाईको ल्यापटपबाट छोडिएको वाइफाइबाट लोकल वाइफाइ कनेक्सनमात्र हुन सक्छ । इन्टरनेट नभएपनि यसबाट तपाईले कुनै डिभाइसलाई आफ्नो ल्यापटपसँग कनेक्ट भने गर्न सक्नुहुनेछ । यस्तै वाइफाइलाई प्रयोग गरेर तपाईले यसरी मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सक्नुहुन्छ ।
यो कनेक्टिफाइको ट्रायल भर्सन हो । तपाईले ट्रायल भर्सन चलाउँदा कतिपय सुविधाहरु हुदैनन् । तर पनि व्यक्तिगत प्रयोजनका लागि उपयुक्त नै हुन्छ ।

गुगल र माइक्रोसफ्टको नाफा बढ्यो,

टेक्नोलोजी जाएन्ट गुगल र माइक्रोसफ्ट दुबै कम्पनीको नाफामा वृद्धि भएको छ । गुगलले यो वर्ष सन् २०१३ को पहिलो तिन महिनामा अघिल्लो वर्षको सोही वर्षको तुलनामा १६ प्रतिशत बढि नाफा आर्जन गरको छ । यो अवधिमा गुगलले ३ अर्ब ३५ करोड अमेरिकी डलर खुद नाफा गरेको छ । जबकी माइक्रोसफ्टले सोही अवधिमा ६ अर्ब अमेरिकी डलर नाफा गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले नाफा बढाएको छ ।gविन्डोज ८ ले उतिसारो सफलता नपाएको तथा विश्वव्यापी रुपमा पर्सनल कम्प्युटरको बिक्रि समेत घटिरहेको अवस्थामा माइक्रोसफ्टले आर्जन गरको नाफा आश्चर्यजनक रहेको विश्लेषकहरुको भनाइ छ । खासगरी आफ्नो बिक्री रणनीतिमा परिवर्तन गर्ने तथा कर्पोरेट ग्राहकहरुलाई समात्न सफल भएकाले माइक्रोसफ्टले नाफा आर्जन गर्न सफल भएको विश्लेषण गरिएको छ । जबकी गुगलले नाफा बढाउनुमा अनलाइन विज्ञापनमा भएको वृद्धि मुख्य मानिएको छ । विज्ञापनबाट मात्र गुगलले १४ अर्ब कलेक्सन गर्न सफल भयो । यसबाट गुगलले विज्ञापनदाताको विश्वास आर्जन गर्न सफल भैरहेको देखिएको विश्लेषकहरुको भनाइ छ ।
गुगल र माइक्रोसफ्टले नाफा कमाउँदा अर्को कम्पनी आइबिएमले यो वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा घाटा बेहोरेको छ ।

Friday, April 19, 2013

यी मानिस– ७० प्रतिशत पुरुष, ३० प्रतिशत महिला !

Richard-0-brien-1-300x178रिचार्ड ओ ब्रायनलाई पहिलो पटक भेट्दा जो कसैलाई अनौठो लाग्न सक्छ । कारण उनको आनीबानी र हाउभाउ । अनौठो यौन ब्यबहार भएका उनी आफूभित्र ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको बताउँछन ।
परम्परागत यौन व्यवहारमा खलबली मच्चाउने रिचर्ड चर्चित हरर शो का लेखक हुन् । उनको गीत ‘स्वीट ट्रान्सवेस्टाइट’ निकै चर्चित रह्यो । तर, शोका हर्ताकर्ता त्यसबेला अचम्ममा परे, जतिबेला रिचर्डले आफू महिला हुने इच्छा देखाए ।उनले भनेक छन्–‘जब म साढे ६ वर्षको थिएँ, मैले आफ्नो दाईलाई म राम्री राजकुमारी बन्न चाहन्छु भनेँ, त्यसबेला उनको अनुहारमा आएको घृणाको भावले मलाई मौन बनायो । म जान्दथेँ कि म यो अब फेरि त्यसरी भन्न सक्दिन ।’ उनले ५० वर्षसम्म आफ्नो इच्छालाई पर्दा पछाडी लुकाएर राखिन्, जुन त्यति सजिलो थिएन ।
उनी भन्छन्–‘कुनै कुरालाई दबाई राख्नुको अर्थ उसको अस्तित्व नै समाप्त हुनु होइन् ।’ त्यही कारण रिचर्डले महिलाको एस्ट्रोजोन हर्मोनको खुराक थाले । उनी यसको नजिताले खुसी छन् । उनी भन्छन्– म भित्र पुरुसत्व कमजोर हुँदै गएको छ र मलाई राम्रो लागिरहेको छ । कयौं मामिलामा म राम्रो मानिस बनेको छु ।’ रिचर्डको छातीहरु पनि पुष्ट हुँदै गएको छ र उनी यसलाई अब बढाउन चाहन्नन् ।
उनी अहिले लिंग परिर्वतन गर्ने सर्जरीको बारेमा पनि सोँचिरहेका छैनन् । उनले भने–म त्यो देखाउन चाहन्न, जुन मसंग छैन ।’ महिला र पुरुषको बीचमा पनि मानिस हुने भन्दै उनले भनेका छन्–‘मेरो बारेमा मलाई के लाग्छ भने म ७० प्रतिशत पुरुष हुँ र ३० प्रतिशत महिला ।’

वक्षस्थल फ्याँकेकी महिलाको छातिमा टाटु नै टाटु

वक्षस्थल फ्याँकेकी महिलाको छातिमा टाटु नै टाटु (फोटोफिचर सहित)


स्तन क्यान्सर भएपछि उनले २८ वर्षो उमेरमा नै दुवै स्तन र्सजरी गरेर हटाउनुपरेको थियो । केली डेभिड्सनलाई आफ्नो नारीत्वको रुपमा रहेका वक्षस्थल काटेर फ्याँक्दा निश्चयपनि निकै दुख लागेको थियो । तर उनले त्यो पीडालाई सधै सँगालेर मात्र बसिनन् । शोकलाई शक्तिको रुपमा बदल्ने प्रयत्न गरिन् । उनले आफ्नो समतल छाति कलात्मक टाटु खोपिन् । अनि आफ्नो टाटुले भरिएको समतल नांगो छाति सहितको तस्वीर खिचाइन् ।b-1
क्यानडाको ओटावाकी बासिन्दा केलीले आफ्नो टाटुले भरिएको छाति सहितको तस्वीर फेसबुकमा पोष्ट गरेपछि त्यसले निकै सनसनी मच्चाएको छ । ४८ घण्टाभित्रैमा उनको त्यो तस्वीरलाई १० लाख भन्दा बढिले लाइक गरे । वक्षस्थल हटाएपनि आफु अझै सुन्दर रहेको र महिलापनको अनुभुतिका लागि वक्षस्थल नै आवश्यक नहुने उनको भनाइ छ ।
2

Wednesday, April 17, 2013

ईन्टरनेट र प्रोनोग्राफी सम्बन्धी आस्चर्यजनक तथ्य

ईन्टरनेट र प्रोनोग्राफी सम्बन्धी आस्चर्यजनक तथ्य


@ इन्टरनेट फिल्टर रिभ्युको सर्वेक्षणअनुसार विश्वमा प्रतिसेकेन्ड ३ हजार डलर भन्दा बढी रकम यस्ता साइटमा खर्च भैरहेको हुन्छ ।
@ १८ वर्षमुनिका व्यक्तिहरूले गुगल सर्च इन्जिनमा खोजी गर्ने शब्द 'सेक्स' र 'पोर्न' सर्वाधिक ५ शब्दभित्र पर्छन् ।
@ ४३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले अश्लील वेबसाइट हेर्छन् । त्यसमा प्रत्येक तीन जना प्रयोगकर्तामा एक जना महिला हुन्छन् ।
@ अश्लील वेबसाइटमध्ये केवल ३ प्रतिशत साइटले मात्र उमेर सोधेर साईटमा प्रवेश गराउँछन् ।
@ इन्टरनेटबाट डाउनलोड गरिने सामग्रीहरूमध्ये ३५ प्रतिशत अश्लील विषयसँग सम्बन्धित हुन्छन् ।
@ इन्टरनेट प्रयोगकर्ताले एकपटकमा सरदर १५ मिनेट अश्लील साइट हेर्छन् ।
@ इन्टरनेटमा अश्लील साइट हेर्नेहरूमध्ये १० प्रतिशत पोर्नोग्राफीको लतमा फसेका हुन्छन् ।
@ ९० प्रतिशत अश्लील श्रव्यदृश्यको उत्पादन अमेरिकाको स्यान फर्नान्डो भ्यालीमा हुन्छ ।
@ अश्लील चलचित्रका नायिकाहरूले वर्षको १ लाख डलरदेखि २ लाख ५० हजार डलरसम्म आम्दानी गर्छन् भने नायकहरूले वाषिर्क ४० हजार डलर आम्दानी गरिरहेका छन् ।

तपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ

View your IP Addressतपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ ...भने यसमा क्लिक गर्नु उपउक्त हुनेछ

भिओआइपी कल

भिओआइपी कल

हाल प्रचलनमा रहेको ईन्टरनेटको माध्यम बाट सस्तोमा गरीने अन्तराष्ट्रीय कल देखी , स्काईप (Skype) , भाईबर (Viber) आदी मार्फत गरीने राष्ट्रीय तथा अन्ताराष्ट्रीय फोनलाई प्राविधिक रुपमा भिओआईपी (VoIP) फोन भनिन्छ । यस पद्दतिमा आई पी प्रोटोकल (IP Protocal) प्रयोग गरी ईन्टरनेटको माध्यमबाट आवाजलाई डाटा प्याकेटको रुपमा प्रवाह गर्ने गरीन्छ । साधरणतय यसको गुणस्तर मोबाईल वा पिएसटिएन (PSTN) ल्याण्डलाईन फोन जतीको राम्रो नहुन सक्छ तर यो कुरा ईन्टरनेट कनेक्सन तथा कुन प्रकारको भिओवाईपी (इन्टरनेट टेलिफोनी) पद्दती प्रयोग गरीएको छ त्यस कुरामा भर पर्ने गर्दछ । एनसेल, युटिएन, एनटिसी को नेटवर्क आदीबाट  एक्सेस कोड डायल गरी गरिने सस्तोमा गरीने अन्तराष्ट्रीय कल पनि ईन्टरनेट टेलीफोनी (Internet Telephoney) को उदारण हो । यो धेरै प्रकारको हुन सक्दछ। नेपालमा आगमन कल बाईपास गरी गरीने ईन्टनेट टेलीफोनी लाई अबैध घोषणा गरीएको छ। 

म्यानेज्ड गेटवेको प्रयोग गरी आईपी भ्यवाईस डाटालाई पिएसटिएन डाटा र पिएसटिएन डाटा लाई आईपी डाटामा परिवर्तन गरी एक ठाँउ बाट अर्को ठाँउमा कुरा गर्न सकिने पद्दतीलाई भिओआपी एम (VoIP - M) भनिन्छ  । ईन्टनेट टेलीफोनी (Internet Telephoney) भनेको चाही ईन्टरनेट प्रोटोकलको प्रयोग गरी त्यसै मार्फत भ्वाई डाटा (Voice Data) आदान प्रदान गरी गरीने पद्दती हो । ईन्टरनेट टेलीफोनीमा साधारतय डाटालाई पिएसटीएन वा मोबाईल नेटवर्कमा डाटा ड्रप गर्न दिईदैन । पिएसटिएन फोन वा भिओआईपी एम पद्दतीको तुलनामा ईन्टरनेट टेलिफोनी पद्दतीबाट कुरा गर्दा आवज उ बिघ्न राम्रो सुनिदैन तर पनि मुल्यको कारणले प्रयोगकर्ताहरुले यसलाई रुचाएका छन ।
भिओआईपी वा इन्टरनेट टेलिफोनीको प्रयोग देहाय बमोजिम बिभिन्न तरिकाले गर्ने गरीन्छ ।

पिसी टु पिसी (PC-TO-PC) : यसलाई आईपी डिभाईस टु आईपी डिभाईसको प्रयोग गरी गरिने फोनको रुपमा पनि बुझ्न सकिन्छ । कुनै दुई प्रयोगकर्ता एकै समयमा आ आफ्नो कम्प्युटरमा ईन्टरनेटको साहायताले सम्पर्क स्थापित गरी  कुरा गर्ने पद्दतीलाई आईपी डिभाईस टु आईपी डिभाईस टेन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीको प्रयोग गरी कुराकानी गर्नको लागी याहु मेसेन्जर, गुगल टक जस्ता थर्डपार्टी सफ्टवेयरको प्रयोग गर्ने गरीन्छ ।

पिसी टु फोन (PC-TO-PHONE) : यस पद्दतीबाट गरीने ईन्टरनेट टेलीफोनीमा ईन्टरनेटको माध्यम बाट पर्सनल कम्प्युटर र सिप फोन वा साधरण फोन बिच सम्पर्क स्थापित गर्न सकिन्छ । यसको लागी स्काईप जस्ता थर्डपार्टिको सफ्टवेयर को जरुरत पर्दछ । यस पद्दतीले फोन गर्दा प्रयोगकर्ताले न्युनतम शुल्क भने ब्यहोर्नु पर्ने हुन्छ । तुलनात्मक रुपमा आवाजको गुणस्तर कम भए पनी अत्यावश्यक रुपमा बिदेश फोन गर्नु पर्दा सस्तो पर्ने भएकोले प्रयोगकर्ताहरुले यसलाई रुचाएको पाईन्छ ।

फोन टु फोन (PHONE-TO-PHONE) : म्यानेज्ड आईपी नेटवर्कको स्थापना गरी भिओआईपी नेटवर्क मार्फत पिएसटिएन वा मोबाईल फोन मार्फत निश्चीत एक्सेस कोड डायल गरी बिदेशमा रहेको कुनै पनि फोनमा सम्पर्क स्थापित गर्ने पद्दतीलाई फोन टु फोन ईन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीबाट फोन गर्दा प्रयोगकर्ताहरु ईन्टरनेट नेटवर्कमा त हुनु पर्दैन तर सम्बन्धीत टेलीफोन कम्पनीले तोकेको एक्सेस कोड भने डायल गर्नु पर्छ । युटिएन , एनसेल, एनटिसी आदीमा एक्सेस कोड डायल गरी सस्तो दरमा बिदेश फोन गर्ने पद्दती पनि ईन्टरनेट टेलीफोनीकै एक रुप हो । साधरण टेलीफोन सेवा भन्दा यो सेवा सस्तो भए पनि आवाज गुणस्तर केही हद सम्म कम हुन सक्छ ।

आगमन कल बाईपास गरेर गरिने ईन्टरनेट टेलीफोनी (Incoming Call Bypass) : कुनै पनि बाह्य देशहरुबाट भित्रीने टेलीफोन कलहरु अन्तराष्ट्रीय दुरसंचार सेवाको लागी अनुमतीप्राप्त सेवा प्रदायकको गेटवे मार्फत नआई इन्टरनेटको माध्यम बाट भित्रीने कललाई कल बाईपास गरेर सञ्चालन गरिएको सेवालाई ईन्टरनेट टेलीफोनी भनिन्छ । यस प्रकारको कल बाईपास गर्नको लागी सो कार्य गर्ने ब्यक्तीले गेटवे डिभाईस , ईन्टरनेट कनेक्सन , ईन्टरनेट सञ्चालन गर्नको लागि पब्लीक आईपी एड्रेस तथा पिएसटिएन वा मोबाईल फोनको साहयता लिने गर्दछ । कल बाईपास गरी फोन गराउने ब्यक्तीले ईन्टरनेट तथा पब्लीक आईपी एड्रेसको साहयताले बिदेश बाट आफ्नो गेटवे डिभाईस सम्म ईन्टरनेटको माध्यम बाट भ्वाईस डाटा ल्याउने गर्दछ । यसरी आएको कललाई सो कलबाईपास गराउने ब्यक्तीले उसको आफ्नो गेटवे डिभाईस मार्फत जुन ठाउमा कल गरेको हो त्यही देशको स्थानिय टेलिफोन सेवा प्रदायकको सिम वा रिम कार्ड मार्फत सम्बन्धीतको ब्यक्तीको पिएसटिएन वा मोबाईल सम्म पुर्याई दिन्छ । तपाई हामीले बिदेश बास रिसीभ गरीएका कलहरुमा नेपालकै मोबाईल नम्बरहरु देखीनु आगमनकल बाईपास गरेर सञ्चालन गरिएको इन्टरनेट टेलीफोनीको उदारण हो । नेपालमा आगमन कल बाईपास गरिएको ईन्टरनेट फोन प्रतिबन्धीत छ ।
यो लेख मिती २०६९ चैत्र २५ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

आफ्नो डोमेनमा ब्लगर (blogspot.com) को साईट कसरी होष्ट गर्ने

आफ्नो डोमेनमा ब्लगर (blogspot.com) को साईट कसरी होष्ट गर्ने

साधारणतया सबै डोमेन रजिष्ट्रारहरुको कन्ट्रोल प्यानलवाट लग ईन भएर डोमेन सेटिङ्गस चेन्ज गर्न सकिन्छ । ई-नेपाल मिडीया मार्फत खरिद गरेको डोमेनको कन्ट्रोल प्यानल वाट ब्लगस्पट डट कममा होष्ट भएको ब्लगमा कस्टम डोमेनमा कसरी होष्ट गर्ने तल दिएको छ ।

सब भन्दा पहिले डोमेन कन्ट्रोल प्यानलमा लगईन गर्नु पर्छ । कन्ट्रोल प्यानल लगईन गर्ने URL डोमेन रजिष्ट्राररै पिच्छे फरक हुन्छ । कन्ट्रोल प्यानलको URL तपाँईको डोमेन रजिष्ट्रर जसले गरि दिएको हो । उ सँग माग्न सक्नु हुन्छ ।


रजिष्ट्रार पिच्छे कन्ट्रोल प्यानलको लुक्स फरक भए नि त्यसमा प्रयोग भएका लिङ्कहरुको नाम र काम समान हुन्छन ।


डोमेन फर्वाड गर्न परेमा माथी दिएको लिङ्कमा क्लीक गर्नु पर्छ ।



DNS सेटिङ्गस परिवर्तन गर्न माथी देखाईएको लिङ्कमा क्लीक गर्नु होस ।



DNS क्लिक गरे पछी माथी दिए अनुसारको स्क्रीन देख्न सकिन्छ । तपाईको डोमेन रजिष्ट्रर गर्ने कम्पनीले उसको कम्पनीको लागी डीफल्ट नेम सर्भर जे राखेको छ करेन्ट नेम सर्भर त्यही देखिन्छ । तपाईको साईटलाई डोमेन कन्ट्रोल प्यानल बाट नै गुगल सर्भर प्वाईन्ट गर्नु पर्ने हुनाले त्यसो गर्न  XXXXXXXXXX.orderbox-dns.com वाला नेम सर्भर एक्टीभेट गर्नु पर्दछ । यसको लागी Auto-update nameservers मा क्लिक गर्नु पर्दछ ।



डोमेन कन्ट्रोल प्यानलमा XXXXXXXXXX.orderbox-dns.com नेम सर्भर अपडेट भए पछी माथी देखिए अनुसार स्क्रीन देखिन्छ । त्यस पछी Manage DNS मा भन्ने बटन दबाउनु पर्छ ।

माथी तपाँईले Manage DNS मा क्लीक गेरे पछी देखिने स्क्रीन यही हो । यहाँ पहिले नै A Record ईन्ट्री भै सकेको छ । ब्लगरको साईटको लागि A Record राख्न माथी देखीएको Add A Record भन्ने बटनमा क्लीक गर्न पर्छ ।

यदी तपाँइको डोमेन www.yourdomain.com हो भने होष्टनेम खाली राखि दिए हुन्छ । हैन, सब डोमेनमा (e.g blog.yourdomain.com) बल्ग चलाउन चाहनु हुन्छ भने होष्ट नेममा सबडोमेन (e.g. blog) राख्नु पर्छ । ब्लगगर को साईटमा तपाँईले  सबडोमेन (www बाहेक) जे राखी दिनु भएको छ यहाँ Host Name त्यही हुनु पर्छ । A Record चेन्ज गर्नको लागी तल दिए अनुसार IP Address हाल्नु पर्छ । TTL आफै 28800 लेखीएको हुन्छ त्यसलाई त्यसै छोडी दिए हुन्छ । ब्लगरको साईट चलाउनको लागी A Record अपडेट गर्दा राख्नु पर्ने IP Address हरु तल दिए अनुसार छन । 
216.239.32.21
216.239.34.21
216.239.36.21
216.239.38.21



माथी दिए अनुसार A Record अपडेट गरे पछी डोमेनको CNAME Record गर्नु पर्ने हुन्छ त्यसको लागि माथी दिएको CNAME Record मा क्लीक गर्नु पर्छ ।
 

त्यस पछी माथी देखाए अनुसारको स्क्रीन देखा पर्दछ । यहाँ पहिले नै मैले   CNAME सेट गरी सकेको छु । पहिले पटक हेर्दा खाली देखिन्छ र नयाँ CNAME रेकर्ड थप्नलाई माथी देखीएको Add CNAME Record मा क्लीक गर्नु पर्दछ ।



यहाँ CNAME Record अपडेट गर्नु पर्छ । माथी दिएको चित्रमा दिए अनुसार Host Name मा आफ्नो ब्लगको सब डोमेन लेख्नु पर्छ । यदी तपाईले आफ्नो डोमेनको URL www.yourdomain.com बनाउन चाहनु भएको भए Host Name मा www र Value मा रेडीयो बटनलाई तल झारेर ghs.google.com. लेख्नु पर्छ ।


यसरी कम्तीमा सब डोमेनको CNAME रेकर्ड मात्रै चेन्ज गरेर भए पनि ब्लगगरको साईटमा DNS म्यापिङ्ग गर्न सकिन्छ ।

ब्लगर (www.bogger.com/ www.blogspot.com)मै चाही Custom Domain कसरी सेट गर्ने ?



Setting मा गएर Publishing मा क्लीक गर्ने अनि Custom डोमेनमा क्लीक गर्ने

त्यसपछी Switched to Advanced Settings मा क्लीक गर्ने ।

यहाँ आफुले चाहेको URL दिने । उदारणको लागी यदी तपाँई आफ्नो साईटको डोमेन www.yourdomain.com  वा yourdomain.com राख्न चाहनु हुन्छ भने Your Domain बनेको ठाँउमा www.yourdomain.com लेख्ने हैन तपाँईको Blog को URL blog.yourdomain.com राख्न चाहनु हुन्छ भने त्यही लेख्ने र माथी दिए अनुसारले डोमेन कन्ट्रोल प्यानलमा Blog सबडोमेनको CNAME रेकर्ड परिवर्तन गर्ने ।

यस बर्षको आईटी बजार

यस बर्षको आईटी बजार

यस बर्ष सुचना प्रबिधीको क्षेत्रमा केही उल्लेखनिय गतीबिधी देखा पर्नेछन । जसले प्रयोगकर्ताको प्रयोगबिधीलाई समेत दिशा निर्देश गर्नेछ । जस्तो कि प्रयोगकर्ताहरुले उही मुल्यमा बढी क्षमताका उपकरणहरु प्रयोग गर्न पाउनेछन भने केही बर्ष अगी हाईफाई र महङ्गा भनिएका उपकरणहरुको प्रयोग सर्वसुलभ हुनेछ । देशको बढ्दो लोडसेडिङ्ग आदीको कारणले कम्पयुटर र कम्पयुटर जन्य उपकरणमा प्रयोगकर्ताहरु संख्या उल्लेखनिय हिसाबले बढ्ला नै त भन्न सकिन्न तर धरानस्थीत अनलाईन कम्पयुटर्सका डाईरेक्टर प्रदिप दाहालका अनुसार यसले प्रयोगकर्ताको बढ्दो अनुपातमा खासै फरक पार्ने छैन ।

बजारमा उपलब्धताको आधारमा यस बर्ष प्रयोग बढ्ने अनुमान गरीएको मदरबोर्ड ले प्रयोगकर्तालाई केही राहत र समस्या सिर्जना गर्नेछ । स्याण्डीब्रिज र आइभी ब्रिज प्रविधीका भनीने यस किसीमका मदरबोर्डहरुमा ईन्धन खपत कम हुन्छ भने पर्फमेन्स गुणस्तरीय पाईन्छ । पुराना कम्प्युटरहरुमा मदरबोर्डहरुले काम गर्न छोडेमा वा केही समस्या सिर्जना भएर नयाँ मदरबोर्ड फेर्नु पर्ने भएमा यसले प्रयोगकर्ताको ढाड सेक्नेछ । किनभने यस किसिमको मदरबोर्डले अहिलेको प्रयोगमा रहेको मेमोरी सपोर्ट गरे पनि प्रोसेसर सपोर्ट गर्दैन । त्यसैले पुराना स्टक मोदरबोर्ड पाउन छोडेमा उपब्ध स्याण्डीब्रीज वा आईभीब्रीज मदरबोर्ड फेर्नु पर्ने अवश्थामा मदरबोर्ड मात्र हेन यस सँगै प्रयोससर पनि फेर्नु पर्छ ।


यस बर्ष प्रयोग बढ्ने ठानिएको युएलबी प्रोसेसरले ल्यापटपको प्रोसेसर बजार कब्जा गर्ने देखीन्छ । हाल बजारमा नाम चलेका ल्यापटप उत्पादकहरुले अल्ट्राबुक नाम दिएर निकालेको ल्यापटपमा यसै किसीमका प्रोसेसर जडान गरीएको हुन्छ । त्यती नै क्षमताको युएलबी प्रोसेसर र पुराना कोर प्रोसेसरको विच ईन्धन खपत क्षमतालाई तुलना गर्ने बित्तीकै यसलाई प्रयोगकर्ताले मन पराउनेछन । जस्तो कि अहिले छ सेल ब्याट्री भएको ल्यापटपले ३ घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ भने त्यसै खालको सिष्टममा युएलबी प्रोसेसर जडान गरीएको छ भने चार घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ ।

गतबर्ष तहल्ला पिट्ने अनुमान गरिएको अलईनवान पिसीले यस बर्ष सुरक्षीत अबतरण गर्ने देखीन्छ । स्क्रीनमै मदरबोर्ड , हार्ड डिस्क , प्रोसेसर र मोबाईल मा झै स्क्रीनमा टच गरेर चलाउन मिल्ने यस किसीमको कम्पयुटरलाई प्रयोगकर्ताले खासै मन पराएको देखीएन । त्यसैले यसको बजार बढ्ला भन्न सकिन्न । बरु कम ईन्धन खपत गर्ने प्रविधीका कम्पयुटहरुले बजार पिट्नेछन । ईटहरी स्थीत पबित्रम ट्राईन्सईकोनोमिक्स ल्यापटप होलसेल बिक्रेता बिशाल बास्तोलाका अनुसार ल्यापटपको दाम भने केही घट्ने छ । उनका अनुसार अहिले नै पनि लिनोभो ब्राण्ड सम्मका साधारण ल्यापटप बत्तिस तेत्तिस हजारमा पाईन्छ ।

यस बर्ष अध्ययन अध्यापन गर्ने तरिकालाई सस्तो दररेटमा पाईने पोर्टेबल प्रोजेक्टरहरुले बदल्न सक्नेछन । काठमाण्डौ स्थीत ओसिन कम्पयुटरका सुरेश कायस्थका अनुसार चालिस हजारको मुल्यमा छ्याप्पछ्याप्ती एलईडी प्रोजेक्टर पाउन सकिन्छ । यसले सरकारी वा न्युन शुलकमा अध्यापन हुने ठाँउमा त असर नदेखाउला तर महङ्गो शुल्क लिएर अध्यापन गराईने ईन्सीच्युट तथा स्कुलहरुलाई नयाँ प्रविधी आत्मसाथ गर्न सहज बनाउने छ ।

ईन्टरनेटमा मा वायरलेस प्रबिधीको प्रयोग बढीरहेको बर्तमान परिप्रेक्ष्यमा यस बर्ष वायरलेस डिभाईसले बजारको आकार निर्माण गर्ने देखीन्छ । अब प्रयोकर्ताहरु वायरलेस ईन्टरनेट सँग वायरलेस माउस, किबोर्ड , र स्पीकरको मज्जा लिनेछन । ब्रदर कम्पनीको वायरलेस प्रिन्टर बिक्री गर्ने काठमाण्डौ स्थीत सागर ईन्फोसिसका सागरदेब लाखेका अनुसार आउदाँ केही बर्षहरुमा प्रयोगकर्ताहरु झन्झटीलो तारको तानाबान बाट मुक्त हुनेछन । कम्प्युटरमा प्रिन्ट गर्ने देखी टाईप गर्ने सम्मको काम वायरलेस डिभाईस बाट नै हुनेछ ।

यो वर्ष एप्पलको आईप्याडको दाम नसस्तीएला तर नेपाली बजारमा ट्याबलेट पिसीको प्रयोग बढ्नेछन । छ सात हजारमा पाईने सस्ता ट्याबलेट पिसीहरुले प्रयोगकर्ताको लाई अलि महङ्गा र नाम चलेका ब्राण्डका ट्याबलेट पिसि बोक्न अभिप्रेरित गर्नेछ । 

फ्लपी ड्राईभलाई पुरै बिस्थापन गरी सकेको एक्सटरनेल डाटा स्टोरेज हार्ड ड्राईभले यस बर्ष पनि प्रयोगर्तालाई रिझाएर राख्ने छ । अनलाईन कम्प्युटर्सका प्रदिप दाहालका अनुसार अहिलेको बजारको ट्रेन्ड हेर्दा एक्सटरनल डाटा स्टोरेज डिभाईसको बजार मुल्य घट्ने छ भने डिभाईसको डाटा स्टोरेज क्षमता बढ्ने छ ।  गत बर्ष ८ जिबीको युएसबी पेन ड्राईभ खरीद गर्दा तिर्नु भएको मुल्यमा यस बर्ष यो भन्दा बढी क्षमताको युएसबी ड्राईभ पाउनुहुनेछ । त्यस्तै डाटा ट्रान्सफर गर्न प्रयोग हुने युएसबी डिभाइसको प्रयोग बढ्ने छ । भर्खरै नेपाली बजारमा प्रवेश पारएको युसबी थ्री प्रबिधीका डिभाआईसहरुको डाटा ट्रान्सफर रेटले प्रयोगकर्ताहरुको मन जितीरहेको छ ।  दाहाल थप्छन प्रयोगकर्ता बढे सँगै यस प्रकारको सामानको मुल्य घट्ने छ किन भने बजारमा सामानको माग बढे सँगै आपुर्ति पनि बढ्नेछन ।

+Pradeep Dahal  को सहयोगमा तयार गरीएको लेख ।

बूटेबल PenDrive बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस्

बूटेबल PenDrive बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस्


यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा install हुन धेरै ढिलो पनि हुन सक्छ । सि.डि वा डि.भि.डि को तुलनामा PenDrive बाट अपरेटिङग सिस्टम install गर्दा धेरै छिटो पनि हुन्छ ।

तपाईंले पनि कहिले काही यस्तो समस्या अबस्य पनि भोग्नु भएकै होला यस्तोमा PenDrive लाई Bootable बनाएर आफुले चाहेको अपरेटिङग सिस्टम हालेर कम्प्युटरमा install गर्न पाए त स्क्र्याचको समस्या नै आउने थिएन भन्ने त तपाईंले पनि सोच्नु नै भएको होला र धेरै साथीहरुले यस्तो Bootable Pendrive बनाएर यो काम गर्नु पनि भएको होला । तर जसलाई यस्तो Drive बनाउन आउँदैन उनिहरुको लागि तरिका तल दिन गईरहेको छु ।

यो काम गर्न तपाईंलाई चाहिने सामाग्री तथा Software हरु 
१) विन्डोज अपरेटिङग सिस्टमको फाइलहरु .iso फरम्याटमा (यदि तपाईं सँग सि.डि वा डि.भि.डि मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस् )
२) .iso फरम्याटमा कन्भर्ट गर्नको लागि बिभिन्न Software हरु छन जस्तै: Nero, Format Factory (Format Factory डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
३) तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टल भएको हुनु पर्छ (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
४) PenDrive लाई Bootable बनाउने Software "WinToBootic v1.2" (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
५) कमसेकम ४ GB भन्दा माथिको PenDrive

अब कसरी आफ्नो PenDrive मा Bootable सहितको अपरेटिङग सिस्टम राख्ने भन्ने तरिका बारे जानौ ।

१) सर्वप्रथम अपरेटिङग सिस्टमको फाइलहरुलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस्
२) Microsoft .NET Framework 4 डाउनलोड गरेर install गर्नुहोस् ।
३) WinToBootic v1.2 सफ्टवयर डाउनलोड गरेर चलाऊनुहोस् ।
४) PenDrive लाई USB port मा घुसाउनुहोस् ।
५) अब WinToBootic v1.2 प्रोग्राममा .iso फाइललाई Drag/Drop गर्नुहोस् ।
६) Quick Format बक्समा tick लगाउनुहोस् र Doit बटनमा क्लिक गरिदिनुहोस् ।
केही क्षणमा नै तपाईंको PenDrive Bootable सहितको अपरेटिङग सिस्टम को रुपमा तयार हुनेछ ।

लेजर क्यामरा

बैज्ञानिकहरुले लेजर पावर प्रयोग गरेर एउटा यस्तो
क्यामरा सिस्टमको विकास गरेका छन् जसले १ किलोमिटर टाढा सम्मको हाइ रेजुलेसन ३ डी तस्बिर खिच्न सक्छ | अहिले सम्म साधारण क्यामराले २ डी तस्बिर मात्र खिच्न सक्थ्यो |


यो क्यामराले जुन तस्बिर खिच्नु पर्ने हो त्यो संग सम्बन्धित ३ डी सुचना प्राप्त गर्नको लागि साइन्टिस्ट लेजर बिम को प्रयोग गर्दछ | रिसर्च टिमका प्रमुखका भन्छन अब ती तस्बिरहरु क्यप्चार्गर्ना झन् सजिलो हुने छ जुन तस्बिरहरु लिनको लागि अहिले सम्म धेरै कठिन थियो |

यो प्रविधिको प्रयोग गरेर धेरै पर रहेका बस्तुहरू गाडी, मानिस को बारेमा जानकारी हासिल गर्न सकिन्छ | यसमा इमेग प्रोसेसिंङ् सफ्टवेयरमा केहि परिवर्तन गरेर बस्तुको स्पीड र दिशा पनि नाप्न सकिन्छ |

अझ अर्को महत्वपूर्ण कुरा भनेको यसमा प्रयोग गरिने लेजर किरणलाइ जस्तो सुकै वातावरणमा पनि प्रयोग गर्न सकिन्छ अत्याधिक प्रकाश र कम प्रकाशमा पनि यसको सजिलै प्रयोग गर्न सकिन्छ |