विश्वभर रेमिटान्स पठाउने पाउने क्रम बढिरहेको समयमा गुगलले पनि आफ्नो सेवालाई वैदेशिक रोजगारी र रेमिटान्समा केन्द्रीत गर्ने भएको छ। गुगलले आफ्नो गुगल वालेट सेवालाई जीमेलसँग जोडेर पैसा नै जीमेलको माध्यमबाट पठाउन र पाउन सकिने व्यवस्था गर्न लागेको हो। गुगलले गुगल वालेटलाई जीमेलसँग जोड्ने घोषणा गरिसकेको छ।गुगलले यो सेवाको घोषणा यो वर्षको वाषिर्क डेभलोपर्स सम्मेलनमा गरेको हो।
गुगलको यो सेवा पछि मानिसहरुले गुगल वालेट सेवाको प्रयोगसँगै सुरक्षित रुपमा पैसा आफन्तलाई इमेल गर्न सक्नेछन्। तत्कालका लागि यो सुविधा अमेरिकामा मात्र उपलब्ध हुनेछ। यो सुविधा अमेरिकाका १८ वर्षभन्दा माथिका जीमेल प्रयोगकर्तालाई केही महिनामा नै प्राप्त हुनेछ। त्यसका लागि उनीहरुले जीमेलको फाइलहरु एट्याच गर्ने स्थानमा रहेको डलरको चिन्हमा क्लिक गरेर पैसा इमेलसँगै पठाउन सक्नेछन्। त्यसका लागि उनीहरुले पठाउन चाहेको पैसा उल्लेख गर्नुपर्छ।
तत्कालका लागि यो सेवा डेस्कटप कम्प्युटरमा मात्र उपलब्ध छ छिटै यो सेवा मोबाइलमा पनि उपलब्ध हुने गुगलले जनाएको छ। जीमेलबाट पैसा आदान प्रदान गर्नका लागि गुगलको वालेट सेवा लिएको हुनुपर्छ।

तत्कालका लागि यो सेवा डेस्कटप कम्प्युटरमा मात्र उपलब्ध छ छिटै यो सेवा मोबाइलमा पनि उपलब्ध हुने गुगलले जनाएको छ। जीमेलबाट पैसा आदान प्रदान गर्नका लागि गुगलको वालेट सेवा लिएको हुनुपर्छ।

No comments:
Post a Comment