Sunday, May 19, 2013

नौ हजारमा ४८ दिन चार्ज गर्न नपर्ने फोन (भिडियो)


मोबाइल फोन बजारको पुरानो र स्थापित खेलाडी नोकियाले ४८ दिन सम्म चार्ज गर्न नपर्ने मोबाइल बजारमा सार्वजनिक गरेको छ। उसले दक्षिण एशियाली मुलुकमा यो फोन ९९ डलर अर्थात नेपाली करिब नौ हजारमा उपलब्ध गराउने छ। आशा सिरिजको यो नोकिया आशा ५०१ मोडलको फोनमा ३ इन्चको क्यूभीजीए टीएफटी क्यापासेटिभ टचस्क्रिन रहेको छ। यो फोनमा १२८ एमबीको इन्ब्यूल्ट (आन्तरिक) मेमोरी रहेको छ भने यसले ३२ जीबी सम्मको मेमारी कार्डलाई सपोर्ट गर्छ। आगामी जुन देखी बजारमा उपलब्ध हुने यो फोन नोकियाले ९० देशका ६० मोबाइल सेवा प्रदायकसँग मिलेर बिक्रि गर्ने योजना बनाएको छ।nokia-asha-501
नोकियाले आशा सिरिजका मोबाइल सेटका प्रयोगकर्ताले पनि स्ट्याण्डएलोन नामक एप मार्फ सिधै फेसबुक चलाउन सक्ने बताएको छ। यो फोनमा ३.२ मेगापिक्सलको क्यामेरा, वाइफाइ रहेको छ। बजार हेरेर यो फोन एउटा मात्रै र दुई सीम लाग्ने गरि दुई संस्करणमा उपलब्ध हुनेछ। नोकयिाको यो आशा ५०१ फोनको एकपटक चार्ज गरेपछि ४८ दिन सम्म चल्नेछ (स्ट्याण्डबाइ टाइम) भने यसमा एक पटक चार्ज गरेपछि १७ घण्टा कुराकानी गर्न सकिन्छ (टक टाइम)।
 

No comments:

Post a Comment