Sunday, May 19, 2013

यस्तो छ थ्रीडी माउस

माउस, कम्प्युटर चलाउँदा चाहेको ठाउँमा क्लिक गर्नका लागि हामी सबैले चलाएकै कम्प्युटरको एक अंग हो। प्रविधिको विकाससँगै पाँग्रा घुम्ने हृविल माउसबाट अहिले हामी अप्टिकल माउस चलाइरहेका छौं। अप्टिकल माउसमा पनि विभिन्न सुविधा र आकारमा परिवर्तन भइरहेको पाउन सकिन्छ। त्यसो त ब्लूटूथको माध्यमबाट कम्प्युटरमा जोडिने माउस पनि हाम्रो लागि नयाँ होइन।01 Mycestro a Bluetooth enabled 3D mouseयतिखेर भने माउसको विकास पनि नयाँ प्रयोगहरु भइरहेका छन्। त्यसैक्रममा ओहायोको एक कम्पनी इन्नोभेटिभ डेभलोपमेन्टस्ले थ्रीडी माउस तयार पारेको जसलाई औंलामा लगाउन सकिन्छ। औंठी जसरी औलामा लगाएर चलाउन सकिने यो माउसले कम्प्युटर चलाउने शैली नै परिवर्छन गरिदिने आशा गरिएको छ। यसको विकास गर्ने कम्पनीले यसको प्रयोगले ट्याब्लेट र आइपीटिभी चलाउनमा निक्कै सजिलो र शैलीमा पनि निक्कै परिवर्तन ल्याउने बताएको छ।02 Mycestro a Bluetooth enabled 3D mouseमाइसेस्त्रो नाम रहेको यो माउस ब्लूटूथ युक्त थ्रीडी माउस हो जसको सहायताले कम्प्युटर औंलाको र्इशाराले चलाउन सकिन्छ।03 Mycestro a Bluetooth enabled 3D mouseयो माउस हातको बुढी औंलाबाट सञ्चालित हुन्छ। बुढी औंलाले नचलाउँदा सम्म कम्प्युटरको क्रसर चल्दैन।04 Mycestro a Bluetooth enabled 3D mouseयसको माथिल्लो भागमा रहेको संवेदनशील भागमा हातले छोएर कम्प्युटरमा माउसको क्रसरलाई तलमाथि वा दायाँ बायाँ चलाउन सकिन्छ।05 Mycestro a Bluetooth enabled 3D mouseकम्प्युटर चलाउनेले क्रसरको अवस्थिती (पोजिसन)लाई औंला तथा हातलाई जुन दिशामा लग्यो त्यतै जान्छ।06 Mycestro a Bluetooth enabled 3D mouseकम्प्युटरमा देखिएको कुनै पनि कुरालाई छनौट (सेलेक्ट) गर्नका लागि यो माउसमा रहेको टच प्यानल (संवेदनशील भाग)मा छोएर दायाँ (राइट) क्लिक बटन दबाए हुन्छ।07 Mycestro a Bluetooth enabled 3D mouseयो माउसमा रहेको ब्याट्री चार्ज गर्नका लागि यूएसबीको प्रयोग गर्न सकिन्छ।08 Mycestro a Bluetooth enabled 3D mouseयो माउस ३० फीट टाढाबाट सम्म चलाउन सकिन्छ।09 Mycestro a Bluetooth enabled 3D mouseप्रयोगको आधारमा एक पटक चार्ज गरेपछि यो माउस आठ घण्टा सम्म चलाउन सकिन्छ।10 Mycestro a Bluetooth enabled 3D mouseयो माउस वीण्डोज सेभेन, एक्सपी, म्याक तथा लीनक्समा पनि चलाउन सकिन्छ।11 Mycestro a Bluetooth enabled 3D mouseयसमा हातको गति र चाललाई मापन गर्ने खुबी छ। यो माउस वायरलेस इयरफोनको आकारमा छ र सन् २०१३ को अन्त्य सम्ममा बजारमा उपलब्ध हुनेछ। यो माउसलाई बजारमा आउने बनाउनका लागि मात्र अनलाइन सहयोग उठाउने वेबसाइट किकस्टार्टरमा चारहजार १० जनाले तीनलाख ५४ हजार एकसय १५ डलर सहयोग गरेका छन्।

No comments:

Post a Comment