ट्वीटर म्यूजिक आउँदै
माइक्रोब्लगिङ साइट ट्वीटरले संगीत प्रेमीका लागि लक्षित गरेर ट्वीटर म्यूजिक ल्याउन लागेको छ। गीतसंगीतलाई समेटेर ट्वीटरले नयाँ एप विकास गरिरहेको हल्ला धेरे अगाडि देखी चलिरहेको थियो। लामो समय देखीको हल्लालाई ट्वीटरले नयाँ वेबसाइट अपलोड गरेर सत्य सावित गरिदिएको छ। ट्वीटरले म्यूजिक वेब सेवा छिटै आउने भन्दै साइन इन गर्न समेत दिएको छ। यद्यपी यो वेबसाइट र एप्लिकेसन पुरै सुचारु भने भएको छैन।
एकपटक आफ्नो ट्वीटर एकाउन्ट बाट लग इन गरेपछि यो ट्वीटर म्यूजिक वेब नामको एपको माध्यमबाट टाइमलाइनका ट्वीटहरु पढ्न, प्रोफाइल अपडेट, नयाँ ट्वीट पोस्ट साथै फलो गरेका मानिसहरु साथै नयाँ मानिसहरुलाई फलो गर्न सकिन्छ। तर यो एपले ट्वीटरको पासवर्ड र डाइरेक्ट मेसेजहरु सम्म भने पहुँच पाउँदैन।
सामाजिक सञ्जालहरुको बढ्दो प्रयोग साथै फेसबुकसँगको नजिकको प्रतिस्पर्धी भएका कारण पनि ट्वीटर नयाँ सेवाहरु थप्ने क्रममा रहेको छ। ट्वीटरले केही समय अघि मात्र भिडियो सेयर गर्न सक्ने सुविधा थपेको थियो। यसखालको म्यूजिक सेवा सुरु भएपछि संगीत र ट्वीट सँगै जान सक्नेछन् साथै गीत संगीतका क्षेत्रमा लागेकालाई पनि ट्वीटर महत्वको हुनेछ। ट्वीटरले यो एप्लिकेसनमा नारा नै विश्वको उत्कृष्ट संगीत तत्काल भन्ने राखेको छ। ट्वीटरको म्यूजिक वेब पेजमा जान यहाँ क्लिक गर्नुस्।
No comments:
Post a Comment