कम्प्युटर, ल्यापटप तथा मोबाइलमा मात्र नभएर अब सामाजिक सञ्जालहरु चश्मामा पनि उपलब्ध हुने भएका छन्। गुगलले बजारमा उतार्न लागेको हाइटेक चश्मामा गुगलले सामाजिक सञ्जालको सुविधा पनि थपेको छ। समाचार समिती रोयर्टसले इन्टरनेटमा एक छत्र राज गरेको गुगलले बजारमा उतार्न लागेको चश्मामा फेसबुक, ट्वीटर, टुम्बलीर जस्ता सामाजिक सञ्जालका एप पनि राखेको समाचार लेखेको छ। गुगलले हाइटेक चश्माका लागि बिहिबार आधा दर्जन विभिन्न एपमा काम गरिरहेको जानकारी दिएको छ।

गुगलले यतिखेर सान फ्रान्सिस्कोमा चलिरहेको गुगल को वार्षिक डेभलोपर्स कन्फरेन्समा यसखालको जानकारी दिएको हो। गुगलले आम उपभोक्ताका लागि बजारमा उतार्न लागेको यो चश्मामा भिडियो रेकर्ड गर्ने साथै इमेल, एसएमएस साथै वेबसाइटहरुबाट जानकारी हासिल गर्न सकिने सुविधा रहेको छ।

गत महिना देखी गुगलले यो चश्मा केही डेभलोपर्सहरुलाई वितरण गरेको थियो। अझै पनि गुगलले आम मानिसका लागि यो चश्मा कहिले देखी बजारमा उपलब्ध हुन्छ भन्ने जानकारी दिएको छैन।
No comments:
Post a Comment