Sunday, May 26, 2013
Sunday, May 19, 2013
यस्तो छ थ्रीडी माउस
माउस, कम्प्युटर चलाउँदा चाहेको ठाउँमा क्लिक गर्नका लागि हामी सबैले चलाएकै कम्प्युटरको एक अंग हो। प्रविधिको विकाससँगै पाँग्रा घुम्ने हृविल माउसबाट अहिले हामी अप्टिकल माउस चलाइरहेका छौं। अप्टिकल माउसमा पनि विभिन्न सुविधा र आकारमा परिवर्तन भइरहेको पाउन सकिन्छ। त्यसो त ब्लूटूथको माध्यमबाट कम्प्युटरमा जोडिने माउस पनि हाम्रो लागि नयाँ होइन।
यतिखेर भने माउसको विकास पनि नयाँ प्रयोगहरु भइरहेका छन्। त्यसैक्रममा ओहायोको एक कम्पनी इन्नोभेटिभ डेभलोपमेन्टस्ले थ्रीडी माउस तयार पारेको जसलाई औंलामा लगाउन सकिन्छ। औंठी जसरी औलामा लगाएर चलाउन सकिने यो माउसले कम्प्युटर चलाउने शैली नै परिवर्छन गरिदिने आशा गरिएको छ। यसको विकास गर्ने कम्पनीले यसको प्रयोगले ट्याब्लेट र आइपीटिभी चलाउनमा निक्कै सजिलो र शैलीमा पनि निक्कै परिवर्तन ल्याउने बताएको छ।
माइसेस्त्रो नाम रहेको यो माउस ब्लूटूथ युक्त थ्रीडी माउस हो जसको सहायताले कम्प्युटर औंलाको र्इशाराले चलाउन सकिन्छ।
यो माउस हातको बुढी औंलाबाट सञ्चालित हुन्छ। बुढी औंलाले नचलाउँदा सम्म कम्प्युटरको क्रसर चल्दैन।
यसको माथिल्लो भागमा रहेको संवेदनशील भागमा हातले छोएर कम्प्युटरमा माउसको क्रसरलाई तलमाथि वा दायाँ बायाँ चलाउन सकिन्छ।
कम्प्युटर चलाउनेले क्रसरको अवस्थिती (पोजिसन)लाई औंला तथा हातलाई जुन दिशामा लग्यो त्यतै जान्छ।
कम्प्युटरमा देखिएको कुनै पनि कुरालाई छनौट (सेलेक्ट) गर्नका लागि यो माउसमा रहेको टच प्यानल (संवेदनशील भाग)मा छोएर दायाँ (राइट) क्लिक बटन दबाए हुन्छ।
यो माउसमा रहेको ब्याट्री चार्ज गर्नका लागि यूएसबीको प्रयोग गर्न सकिन्छ।
यो माउस ३० फीट टाढाबाट सम्म चलाउन सकिन्छ।
प्रयोगको आधारमा एक पटक चार्ज गरेपछि यो माउस आठ घण्टा सम्म चलाउन सकिन्छ।
यो माउस वीण्डोज सेभेन, एक्सपी, म्याक तथा लीनक्समा पनि चलाउन सकिन्छ।
यसमा हातको गति र चाललाई मापन गर्ने खुबी छ। यो माउस वायरलेस इयरफोनको आकारमा छ र सन् २०१३ को अन्त्य सम्ममा बजारमा उपलब्ध हुनेछ। यो माउसलाई बजारमा आउने बनाउनका लागि मात्र अनलाइन सहयोग उठाउने वेबसाइट किकस्टार्टरमा चारहजार १० जनाले तीनलाख ५४ हजार एकसय १५ डलर सहयोग गरेका छन्।











नौ हजारमा ४८ दिन चार्ज गर्न नपर्ने फोन (भिडियो)
मोबाइल फोन बजारको पुरानो र स्थापित खेलाडी नोकियाले ४८ दिन सम्म चार्ज गर्न नपर्ने मोबाइल बजारमा सार्वजनिक गरेको छ। उसले दक्षिण एशियाली मुलुकमा यो फोन ९९ डलर अर्थात नेपाली करिब नौ हजारमा उपलब्ध गराउने छ। आशा सिरिजको यो नोकिया आशा ५०१ मोडलको फोनमा ३ इन्चको क्यूभीजीए टीएफटी क्यापासेटिभ टचस्क्रिन रहेको छ। यो फोनमा १२८ एमबीको इन्ब्यूल्ट (आन्तरिक) मेमोरी रहेको छ भने यसले ३२ जीबी सम्मको मेमारी कार्डलाई सपोर्ट गर्छ। आगामी जुन देखी बजारमा उपलब्ध हुने यो फोन नोकियाले ९० देशका ६० मोबाइल सेवा प्रदायकसँग मिलेर बिक्रि गर्ने योजना बनाएको छ।
नोकियाले आशा सिरिजका मोबाइल सेटका प्रयोगकर्ताले पनि स्ट्याण्डएलोन नामक एप मार्फ सिधै फेसबुक चलाउन सक्ने बताएको छ। यो फोनमा ३.२ मेगापिक्सलको क्यामेरा, वाइफाइ रहेको छ। बजार हेरेर यो फोन एउटा मात्रै र दुई सीम लाग्ने गरि दुई संस्करणमा उपलब्ध हुनेछ। नोकयिाको यो आशा ५०१ फोनको एकपटक चार्ज गरेपछि ४८ दिन सम्म चल्नेछ (स्ट्याण्डबाइ टाइम) भने यसमा एक पटक चार्ज गरेपछि १७ घण्टा कुराकानी गर्न सकिन्छ (टक टाइम)।

नोकियाले आशा सिरिजका मोबाइल सेटका प्रयोगकर्ताले पनि स्ट्याण्डएलोन नामक एप मार्फ सिधै फेसबुक चलाउन सक्ने बताएको छ। यो फोनमा ३.२ मेगापिक्सलको क्यामेरा, वाइफाइ रहेको छ। बजार हेरेर यो फोन एउटा मात्रै र दुई सीम लाग्ने गरि दुई संस्करणमा उपलब्ध हुनेछ। नोकयिाको यो आशा ५०१ फोनको एकपटक चार्ज गरेपछि ४८ दिन सम्म चल्नेछ (स्ट्याण्डबाइ टाइम) भने यसमा एक पटक चार्ज गरेपछि १७ घण्टा कुराकानी गर्न सकिन्छ (टक टाइम)।
ट्वीटर म्यूजिक आउँदै
माइक्रोब्लगिङ साइट ट्वीटरले संगीत प्रेमीका लागि लक्षित गरेर ट्वीटर म्यूजिक ल्याउन लागेको छ। गीतसंगीतलाई समेटेर ट्वीटरले नयाँ एप विकास गरिरहेको हल्ला धेरे अगाडि देखी चलिरहेको थियो। लामो समय देखीको हल्लालाई ट्वीटरले नयाँ वेबसाइट अपलोड गरेर सत्य सावित गरिदिएको छ। ट्वीटरले म्यूजिक वेब सेवा छिटै आउने भन्दै साइन इन गर्न समेत दिएको छ। यद्यपी यो वेबसाइट र एप्लिकेसन पुरै सुचारु भने भएको छैन।
एकपटक आफ्नो ट्वीटर एकाउन्ट बाट लग इन गरेपछि यो ट्वीटर म्यूजिक वेब नामको एपको माध्यमबाट टाइमलाइनका ट्वीटहरु पढ्न, प्रोफाइल अपडेट, नयाँ ट्वीट पोस्ट साथै फलो गरेका मानिसहरु साथै नयाँ मानिसहरुलाई फलो गर्न सकिन्छ। तर यो एपले ट्वीटरको पासवर्ड र डाइरेक्ट मेसेजहरु सम्म भने पहुँच पाउँदैन।
सामाजिक सञ्जालहरुको बढ्दो प्रयोग साथै फेसबुकसँगको नजिकको प्रतिस्पर्धी भएका कारण पनि ट्वीटर नयाँ सेवाहरु थप्ने क्रममा रहेको छ। ट्वीटरले केही समय अघि मात्र भिडियो सेयर गर्न सक्ने सुविधा थपेको थियो। यसखालको म्यूजिक सेवा सुरु भएपछि संगीत र ट्वीट सँगै जान सक्नेछन् साथै गीत संगीतका क्षेत्रमा लागेकालाई पनि ट्वीटर महत्वको हुनेछ। ट्वीटरले यो एप्लिकेसनमा नारा नै विश्वको उत्कृष्ट संगीत तत्काल भन्ने राखेको छ। ट्वीटरको म्यूजिक वेब पेजमा जान यहाँ क्लिक गर्नुस्।


अब चश्मामा फेसबुक !
कम्प्युटर, ल्यापटप तथा मोबाइलमा मात्र नभएर अब सामाजिक सञ्जालहरु चश्मामा पनि उपलब्ध हुने भएका छन्। गुगलले बजारमा उतार्न लागेको हाइटेक चश्मामा गुगलले सामाजिक सञ्जालको सुविधा पनि थपेको छ। समाचार समिती रोयर्टसले इन्टरनेटमा एक छत्र राज गरेको गुगलले बजारमा उतार्न लागेको चश्मामा फेसबुक, ट्वीटर, टुम्बलीर जस्ता सामाजिक सञ्जालका एप पनि राखेको समाचार लेखेको छ। गुगलले हाइटेक चश्माका लागि बिहिबार आधा दर्जन विभिन्न एपमा काम गरिरहेको जानकारी दिएको छ।

गुगलले यतिखेर सान फ्रान्सिस्कोमा चलिरहेको गुगल को वार्षिक डेभलोपर्स कन्फरेन्समा यसखालको जानकारी दिएको हो। गुगलले आम उपभोक्ताका लागि बजारमा उतार्न लागेको यो चश्मामा भिडियो रेकर्ड गर्ने साथै इमेल, एसएमएस साथै वेबसाइटहरुबाट जानकारी हासिल गर्न सकिने सुविधा रहेको छ।

गुगलले यतिखेर सान फ्रान्सिस्कोमा चलिरहेको गुगल को वार्षिक डेभलोपर्स कन्फरेन्समा यसखालको जानकारी दिएको हो। गुगलले आम उपभोक्ताका लागि बजारमा उतार्न लागेको यो चश्मामा भिडियो रेकर्ड गर्ने साथै इमेल, एसएमएस साथै वेबसाइटहरुबाट जानकारी हासिल गर्न सकिने सुविधा रहेको छ।
गत महिना देखी गुगलले यो चश्मा केही डेभलोपर्सहरुलाई वितरण गरेको थियो। अझै पनि गुगलले आम मानिसका लागि यो चश्मा कहिले देखी बजारमा उपलब्ध हुन्छ भन्ने जानकारी दिएको छैन।
अब पैसा इमेल गर्नुस् !
विश्वभर रेमिटान्स पठाउने पाउने क्रम बढिरहेको समयमा गुगलले पनि आफ्नो सेवालाई वैदेशिक रोजगारी र रेमिटान्समा केन्द्रीत गर्ने भएको छ। गुगलले आफ्नो गुगल वालेट सेवालाई जीमेलसँग जोडेर पैसा नै जीमेलको माध्यमबाट पठाउन र पाउन सकिने व्यवस्था गर्न लागेको हो। गुगलले गुगल वालेटलाई जीमेलसँग जोड्ने घोषणा गरिसकेको छ।गुगलले यो सेवाको घोषणा यो वर्षको वाषिर्क डेभलोपर्स सम्मेलनमा गरेको हो।
गुगलको यो सेवा पछि मानिसहरुले गुगल वालेट सेवाको प्रयोगसँगै सुरक्षित रुपमा पैसा आफन्तलाई इमेल गर्न सक्नेछन्। तत्कालका लागि यो सुविधा अमेरिकामा मात्र उपलब्ध हुनेछ। यो सुविधा अमेरिकाका १८ वर्षभन्दा माथिका जीमेल प्रयोगकर्तालाई केही महिनामा नै प्राप्त हुनेछ। त्यसका लागि उनीहरुले जीमेलको फाइलहरु एट्याच गर्ने स्थानमा रहेको डलरको चिन्हमा क्लिक गरेर पैसा इमेलसँगै पठाउन सक्नेछन्। त्यसका लागि उनीहरुले पठाउन चाहेको पैसा उल्लेख गर्नुपर्छ।
तत्कालका लागि यो सेवा डेस्कटप कम्प्युटरमा मात्र उपलब्ध छ छिटै यो सेवा मोबाइलमा पनि उपलब्ध हुने गुगलले जनाएको छ। जीमेलबाट पैसा आदान प्रदान गर्नका लागि गुगलको वालेट सेवा लिएको हुनुपर्छ।

तत्कालका लागि यो सेवा डेस्कटप कम्प्युटरमा मात्र उपलब्ध छ छिटै यो सेवा मोबाइलमा पनि उपलब्ध हुने गुगलले जनाएको छ। जीमेलबाट पैसा आदान प्रदान गर्नका लागि गुगलको वालेट सेवा लिएको हुनुपर्छ।
Subscribe to:
Posts (Atom)