Wednesday, April 24, 2013

तपाईंको कम्प्युटरको Start Button मा आफ्नो नाम् कसरी लेख्ने ??

तपाइ आफ्नो कम्प्युटरको स्टार्ट बतनमा आफ्नु नाम् पनि लेख्न सक्नुहुन्छ , कसरी ?.. यो धेरै सजिलो छ । तपाईंले एउटा software download  गर्नु पर्नेछ । Download गर्नको लागि यसमा गर्नु होला ।
Download Resource Hacker
 download गरे पछि तपाईंले यो स्टेप अपनाउनुस् .
1: सब भन्दा पैले  resorse hacker Open  गर्नुस् ।
2: file menu मा Open click  गर्नुस् ।एक  file open गरे पछि My computer open  गर्नुस् ,अनि सी ड्राइवमा जानुस् ।

3: फेरि windows नामको फोल्डर खोलेरexlorer.exe open  लाई गर्नुस् ।

4: अब String Table Optionमा   click  गर्नुस् ।यदि तपाइ Classical Start Menu Use  गर्नु भाको छ भने 37 no गर्नुस्  । 38 String Table Select गर्नुस् ।  Xp Style लाई no 38 गर्नुस् । अब 37 no को 578 या 38 no  को  '595' को Start Button मा आफ्नो नाम लेख्नु होस् ।

5: अब Compile Script buttonमा  click गर्नुस् ।
6:  अब Computer REstart गर्नुस् ।

Tuesday, April 23, 2013

अध्ययन भन्छ : "लोग्नेस्वास्नीबीच सातामा एक दिन झगडा हुनुपर्छ "



सफल तथा प्रेमपूर्ण दाम्पत्य जिवनका लागि हप्तामा एक पटक श्रीमान श्रीमतीबीच झगडा हुनु आवश्यक रहेको पछिल्लो अध्ययनले देखाएको छ । भारतमा गरिएको सर्भेक्षण अनुसार सयमा ४४ दम्पतीले आफुहरुको सुखी तथा खुसी वैवाहिक जिवनको राज हप्ताको एक दिन हुने झगडा भएको खुलासा गरे ।

सर्भेक्षणले हप्तामा एक पटक हुने श्रीमान श्रीमतीबीचको झगडाले दम्पतीबीचको संचारलाई प्रभावकारी बनाउन सहयोग पूराउने र त्यसको प्रभाव दिगो वैवाहिक सम्बन्धमा रहने देखाएको छ । ‘यस्ता झगडाले श्रीमान श्रीमतीलाई झन नजिक बनाउँछ र आपसमा रहेका भ्रम मेट्न समेत सहयोग पूराउँछ’, अध्ययनमा भनिएको छ सम्बन्ध दहि्रलो बनाउन लोग्ने स्वास्नीबीच सन्तुलित झगडा आवश्यक हुन्छ ।

झगडाले दम्पतीलाई एक अर्काप्रति सम्वेदनशील हुन तथा मनको कुरा बुझ्न सहयोग गर्ने अध्ययनकर्ताको दाबी छ ।

अध्ययनले भारतमा मुम्बइ र दिल्लीका दम्पतीहरु कम झगडालु दम्पती रहेको र ३२।३३ प्रतिशत दम्पती एक महिनामा बढिमा एक पटक मात्र झगडा गर्ने गरेको देखाएको छ । अध्ययनले उमेर बढ्दै जाँदा लोग्नेस्वास्नीबीचको झगडाको दर पनि घट्दै जाने देखाएको छ । २० देखि २५ वर्ष उमेर समूहका लोग्ने स्वास्नीबीच सबैभन्दा बढि झगडा हुने गरेको पनि देखिएको छ ।

स्रोत: अनलाइन खबर

तपाईंको ब्लगमा अन्लाइन रेडियोलाई कसरी राख्ने त ?..

तपाईंको ब्लगमा अन्लाइन रेडियोलाई कसरी राख्ने त ?..


1 : सर्ब प्रथम त तपाइ ब्लगको लेआउट भन्ने अप्सनमा क्लिक गर्नुस् ।

2 :  अनि  Add Gadget भन्ने ठाउमा क्लिक गर्नुस् ।
3 : तेस पछि html/JavaScript भन्ने ठाउमा क्लिक गर्नुस् ।

4 : तेस पछी यो कोड कपी गरी पेस्ट गर्नुस् । 
      <embed name="mediaplayer1"                    pluginspage="http://www.microsoft.com/windows/mediaplayer/"              type="application/x-mplayer2" showstatusbar="1" width="400" src="Your            Radio URL" autostart="true" height="50"></embed>


5: अनि यहा योर रेडियो यू आर एल भनेको हजुरको रेडियोको ठेगाना हो । जस्तै मेरो ब्लगमा                 भएको रेडियो को ठेगाना  http://s6.voscast.com:7232/ हो ।


6: अब कसरी पत्ता लगाउने त रेडियोको url ?...
     कुनै पनि रेडियोको माथी राइट क्लिक गर्नुस् अनि मा जानुस् । 
     जस्तै : 


7: अब तपाइ देख्न सक्नुहुनेछ Location भन्ने अथबा url
      जस्तै : 
8: अब तपाइ रातो Your Radio Url भन्ने ठाउमा तपाईंको url  पेस्ट गर्नुस् ।
     

<embed name="mediaplayer1" pluginspage="http://www.microsoft.com/windows/mediaplayer/" type="application/x-mplayer2" showstatusbar="1" width="400" src="Your Radio URL" autostart="true" height="50"></embed>

9: अब तपाइ Save  गर्नुस् अनि हेर्नुस्... तपाईंको ब्लग काम गर्छकी गर्दैन । यदि कुनै समस्या भए        मलाइ    कमेन्ट गर्न सक्नु हुनेछ ।










Monday, April 22, 2013

वाइफाइ छैन ? नो टेन्सन । ल्यापटपबाट वाइफाइ छोड्नुहोस्


ल्यापटपमा इन्टरनेट छ तर मोबाइलमा वाइफाइ नभएर जिपिआरएस चलाइरहनु भएको छ ? अथवा राउटर नभएर वाइफाइको मज्जा त लिन नपाउँनु भएको छ कि ? त्यसो हो भने पिर नगर्नुस्, आज म आफ्नो ल्यापटपदेखि कसरी वाइफाइ छोड्न सकिन्छ भनेर कुरा गर्दैछु । तपाईले आफ्नो ल्यापटपमा एउटा सफ्टवेयर इन्स्टल गरेर सजिलै ल्यापटपबाट छोडिएको वाइफाइ अरु साधनमा प्रयोग गर्न सक्नु हुन्छ । बेकारमा राउटरका लागि किन पैसा तिरिरहने ? म आफैले पनि राउटरको प्रयोग नगरि वाइफाइ प्रयोग गरिरहेको छु । इन्टरनेट चलाउँन मात्र हैन, अरु डिभाइसलाई आफ्नो ल्यापटपसँग जोड्न पनि तपाईले यो वाइफाइको प्रयोग गर्न सक्नु हुनेछ ।


कनेक्टिफाइ (connectify) सफ्टवेयरको प्रयोग गरेर ल्यापटपदेखि वाइफाइ छोड्न सकिन्छ । यसका लागि सबै भन्दा पहिले यहाँ क्लिक गरेर कनेक्टिफाइ डाउनलोड गर्नुहोस् ।

कनेक्टिफाइ डाउनलोड गरेर इन्स्टल भएपछि कम्प्युटर रिस्टार्ट गर्नुहोस् । कम्प्युटरको दाँया भागको सबैभन्दा तल यस्तो बक्स खुल्नेछ । यदि यस्तो बक्स नदेखिए स्टार्ट मेनुमा क्लिक गरेर कनेक्टिफाइ ओपन गर्नुहोस् ।
connectify installation
माथि देखिए जस्तै बक्समा आफुले चाहेको नाम र पासवर्ड भरेपछि start hotspot मा क्लिक गर्नुहोस् । वाइफाइ सुरु हुन्छ । वाइफाइ जोड्नु पर्ने डिभाइसमा राखिएको नाम खोजेर त्यसमा पासवर्ड राखेर वाइफाइ प्रयोग गर्न सक्नु हुन्छ । तपाईले ल्यापटपबाट छोडेको वाइफाइबाट इन्टरनेट चलाउँन ल्यापटपमा भने कुनै प्रकारले पनि इन्टरनेटको स्रोत हुनुपर्छ । नत्र तपाईको ल्यापटपबाट छोडिएको वाइफाइबाट लोकल वाइफाइ कनेक्सनमात्र हुन सक्छ । इन्टरनेट नभएपनि यसबाट तपाईले कुनै डिभाइसलाई आफ्नो ल्यापटपसँग कनेक्ट भने गर्न सक्नुहुनेछ । यस्तै वाइफाइलाई प्रयोग गरेर तपाईले यसरी मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सक्नुहुन्छ ।
यो कनेक्टिफाइको ट्रायल भर्सन हो । तपाईले ट्रायल भर्सन चलाउँदा कतिपय सुविधाहरु हुदैनन् । तर पनि व्यक्तिगत प्रयोजनका लागि उपयुक्त नै हुन्छ ।

गुगल र माइक्रोसफ्टको नाफा बढ्यो,

टेक्नोलोजी जाएन्ट गुगल र माइक्रोसफ्ट दुबै कम्पनीको नाफामा वृद्धि भएको छ । गुगलले यो वर्ष सन् २०१३ को पहिलो तिन महिनामा अघिल्लो वर्षको सोही वर्षको तुलनामा १६ प्रतिशत बढि नाफा आर्जन गरको छ । यो अवधिमा गुगलले ३ अर्ब ३५ करोड अमेरिकी डलर खुद नाफा गरेको छ । जबकी माइक्रोसफ्टले सोही अवधिमा ६ अर्ब अमेरिकी डलर नाफा गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले नाफा बढाएको छ ।gविन्डोज ८ ले उतिसारो सफलता नपाएको तथा विश्वव्यापी रुपमा पर्सनल कम्प्युटरको बिक्रि समेत घटिरहेको अवस्थामा माइक्रोसफ्टले आर्जन गरको नाफा आश्चर्यजनक रहेको विश्लेषकहरुको भनाइ छ । खासगरी आफ्नो बिक्री रणनीतिमा परिवर्तन गर्ने तथा कर्पोरेट ग्राहकहरुलाई समात्न सफल भएकाले माइक्रोसफ्टले नाफा आर्जन गर्न सफल भएको विश्लेषण गरिएको छ । जबकी गुगलले नाफा बढाउनुमा अनलाइन विज्ञापनमा भएको वृद्धि मुख्य मानिएको छ । विज्ञापनबाट मात्र गुगलले १४ अर्ब कलेक्सन गर्न सफल भयो । यसबाट गुगलले विज्ञापनदाताको विश्वास आर्जन गर्न सफल भैरहेको देखिएको विश्लेषकहरुको भनाइ छ ।
गुगल र माइक्रोसफ्टले नाफा कमाउँदा अर्को कम्पनी आइबिएमले यो वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा घाटा बेहोरेको छ ।

Friday, April 19, 2013

यी मानिस– ७० प्रतिशत पुरुष, ३० प्रतिशत महिला !

Richard-0-brien-1-300x178रिचार्ड ओ ब्रायनलाई पहिलो पटक भेट्दा जो कसैलाई अनौठो लाग्न सक्छ । कारण उनको आनीबानी र हाउभाउ । अनौठो यौन ब्यबहार भएका उनी आफूभित्र ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको बताउँछन ।
परम्परागत यौन व्यवहारमा खलबली मच्चाउने रिचर्ड चर्चित हरर शो का लेखक हुन् । उनको गीत ‘स्वीट ट्रान्सवेस्टाइट’ निकै चर्चित रह्यो । तर, शोका हर्ताकर्ता त्यसबेला अचम्ममा परे, जतिबेला रिचर्डले आफू महिला हुने इच्छा देखाए ।उनले भनेक छन्–‘जब म साढे ६ वर्षको थिएँ, मैले आफ्नो दाईलाई म राम्री राजकुमारी बन्न चाहन्छु भनेँ, त्यसबेला उनको अनुहारमा आएको घृणाको भावले मलाई मौन बनायो । म जान्दथेँ कि म यो अब फेरि त्यसरी भन्न सक्दिन ।’ उनले ५० वर्षसम्म आफ्नो इच्छालाई पर्दा पछाडी लुकाएर राखिन्, जुन त्यति सजिलो थिएन ।
उनी भन्छन्–‘कुनै कुरालाई दबाई राख्नुको अर्थ उसको अस्तित्व नै समाप्त हुनु होइन् ।’ त्यही कारण रिचर्डले महिलाको एस्ट्रोजोन हर्मोनको खुराक थाले । उनी यसको नजिताले खुसी छन् । उनी भन्छन्– म भित्र पुरुसत्व कमजोर हुँदै गएको छ र मलाई राम्रो लागिरहेको छ । कयौं मामिलामा म राम्रो मानिस बनेको छु ।’ रिचर्डको छातीहरु पनि पुष्ट हुँदै गएको छ र उनी यसलाई अब बढाउन चाहन्नन् ।
उनी अहिले लिंग परिर्वतन गर्ने सर्जरीको बारेमा पनि सोँचिरहेका छैनन् । उनले भने–म त्यो देखाउन चाहन्न, जुन मसंग छैन ।’ महिला र पुरुषको बीचमा पनि मानिस हुने भन्दै उनले भनेका छन्–‘मेरो बारेमा मलाई के लाग्छ भने म ७० प्रतिशत पुरुष हुँ र ३० प्रतिशत महिला ।’

वक्षस्थल फ्याँकेकी महिलाको छातिमा टाटु नै टाटु

वक्षस्थल फ्याँकेकी महिलाको छातिमा टाटु नै टाटु (फोटोफिचर सहित)


स्तन क्यान्सर भएपछि उनले २८ वर्षो उमेरमा नै दुवै स्तन र्सजरी गरेर हटाउनुपरेको थियो । केली डेभिड्सनलाई आफ्नो नारीत्वको रुपमा रहेका वक्षस्थल काटेर फ्याँक्दा निश्चयपनि निकै दुख लागेको थियो । तर उनले त्यो पीडालाई सधै सँगालेर मात्र बसिनन् । शोकलाई शक्तिको रुपमा बदल्ने प्रयत्न गरिन् । उनले आफ्नो समतल छाति कलात्मक टाटु खोपिन् । अनि आफ्नो टाटुले भरिएको समतल नांगो छाति सहितको तस्वीर खिचाइन् ।b-1
क्यानडाको ओटावाकी बासिन्दा केलीले आफ्नो टाटुले भरिएको छाति सहितको तस्वीर फेसबुकमा पोष्ट गरेपछि त्यसले निकै सनसनी मच्चाएको छ । ४८ घण्टाभित्रैमा उनको त्यो तस्वीरलाई १० लाख भन्दा बढिले लाइक गरे । वक्षस्थल हटाएपनि आफु अझै सुन्दर रहेको र महिलापनको अनुभुतिका लागि वक्षस्थल नै आवश्यक नहुने उनको भनाइ छ ।
2

Wednesday, April 17, 2013

ईन्टरनेट र प्रोनोग्राफी सम्बन्धी आस्चर्यजनक तथ्य

ईन्टरनेट र प्रोनोग्राफी सम्बन्धी आस्चर्यजनक तथ्य


@ इन्टरनेट फिल्टर रिभ्युको सर्वेक्षणअनुसार विश्वमा प्रतिसेकेन्ड ३ हजार डलर भन्दा बढी रकम यस्ता साइटमा खर्च भैरहेको हुन्छ ।
@ १८ वर्षमुनिका व्यक्तिहरूले गुगल सर्च इन्जिनमा खोजी गर्ने शब्द 'सेक्स' र 'पोर्न' सर्वाधिक ५ शब्दभित्र पर्छन् ।
@ ४३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले अश्लील वेबसाइट हेर्छन् । त्यसमा प्रत्येक तीन जना प्रयोगकर्तामा एक जना महिला हुन्छन् ।
@ अश्लील वेबसाइटमध्ये केवल ३ प्रतिशत साइटले मात्र उमेर सोधेर साईटमा प्रवेश गराउँछन् ।
@ इन्टरनेटबाट डाउनलोड गरिने सामग्रीहरूमध्ये ३५ प्रतिशत अश्लील विषयसँग सम्बन्धित हुन्छन् ।
@ इन्टरनेट प्रयोगकर्ताले एकपटकमा सरदर १५ मिनेट अश्लील साइट हेर्छन् ।
@ इन्टरनेटमा अश्लील साइट हेर्नेहरूमध्ये १० प्रतिशत पोर्नोग्राफीको लतमा फसेका हुन्छन् ।
@ ९० प्रतिशत अश्लील श्रव्यदृश्यको उत्पादन अमेरिकाको स्यान फर्नान्डो भ्यालीमा हुन्छ ।
@ अश्लील चलचित्रका नायिकाहरूले वर्षको १ लाख डलरदेखि २ लाख ५० हजार डलरसम्म आम्दानी गर्छन् भने नायकहरूले वाषिर्क ४० हजार डलर आम्दानी गरिरहेका छन् ।

तपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ

View your IP Addressतपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ ...भने यसमा क्लिक गर्नु उपउक्त हुनेछ

भिओआइपी कल

भिओआइपी कल

हाल प्रचलनमा रहेको ईन्टरनेटको माध्यम बाट सस्तोमा गरीने अन्तराष्ट्रीय कल देखी , स्काईप (Skype) , भाईबर (Viber) आदी मार्फत गरीने राष्ट्रीय तथा अन्ताराष्ट्रीय फोनलाई प्राविधिक रुपमा भिओआईपी (VoIP) फोन भनिन्छ । यस पद्दतिमा आई पी प्रोटोकल (IP Protocal) प्रयोग गरी ईन्टरनेटको माध्यमबाट आवाजलाई डाटा प्याकेटको रुपमा प्रवाह गर्ने गरीन्छ । साधरणतय यसको गुणस्तर मोबाईल वा पिएसटिएन (PSTN) ल्याण्डलाईन फोन जतीको राम्रो नहुन सक्छ तर यो कुरा ईन्टरनेट कनेक्सन तथा कुन प्रकारको भिओवाईपी (इन्टरनेट टेलिफोनी) पद्दती प्रयोग गरीएको छ त्यस कुरामा भर पर्ने गर्दछ । एनसेल, युटिएन, एनटिसी को नेटवर्क आदीबाट  एक्सेस कोड डायल गरी गरिने सस्तोमा गरीने अन्तराष्ट्रीय कल पनि ईन्टरनेट टेलीफोनी (Internet Telephoney) को उदारण हो । यो धेरै प्रकारको हुन सक्दछ। नेपालमा आगमन कल बाईपास गरी गरीने ईन्टनेट टेलीफोनी लाई अबैध घोषणा गरीएको छ। 

म्यानेज्ड गेटवेको प्रयोग गरी आईपी भ्यवाईस डाटालाई पिएसटिएन डाटा र पिएसटिएन डाटा लाई आईपी डाटामा परिवर्तन गरी एक ठाँउ बाट अर्को ठाँउमा कुरा गर्न सकिने पद्दतीलाई भिओआपी एम (VoIP - M) भनिन्छ  । ईन्टनेट टेलीफोनी (Internet Telephoney) भनेको चाही ईन्टरनेट प्रोटोकलको प्रयोग गरी त्यसै मार्फत भ्वाई डाटा (Voice Data) आदान प्रदान गरी गरीने पद्दती हो । ईन्टरनेट टेलीफोनीमा साधारतय डाटालाई पिएसटीएन वा मोबाईल नेटवर्कमा डाटा ड्रप गर्न दिईदैन । पिएसटिएन फोन वा भिओआईपी एम पद्दतीको तुलनामा ईन्टरनेट टेलिफोनी पद्दतीबाट कुरा गर्दा आवज उ बिघ्न राम्रो सुनिदैन तर पनि मुल्यको कारणले प्रयोगकर्ताहरुले यसलाई रुचाएका छन ।
भिओआईपी वा इन्टरनेट टेलिफोनीको प्रयोग देहाय बमोजिम बिभिन्न तरिकाले गर्ने गरीन्छ ।

पिसी टु पिसी (PC-TO-PC) : यसलाई आईपी डिभाईस टु आईपी डिभाईसको प्रयोग गरी गरिने फोनको रुपमा पनि बुझ्न सकिन्छ । कुनै दुई प्रयोगकर्ता एकै समयमा आ आफ्नो कम्प्युटरमा ईन्टरनेटको साहायताले सम्पर्क स्थापित गरी  कुरा गर्ने पद्दतीलाई आईपी डिभाईस टु आईपी डिभाईस टेन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीको प्रयोग गरी कुराकानी गर्नको लागी याहु मेसेन्जर, गुगल टक जस्ता थर्डपार्टी सफ्टवेयरको प्रयोग गर्ने गरीन्छ ।

पिसी टु फोन (PC-TO-PHONE) : यस पद्दतीबाट गरीने ईन्टरनेट टेलीफोनीमा ईन्टरनेटको माध्यम बाट पर्सनल कम्प्युटर र सिप फोन वा साधरण फोन बिच सम्पर्क स्थापित गर्न सकिन्छ । यसको लागी स्काईप जस्ता थर्डपार्टिको सफ्टवेयर को जरुरत पर्दछ । यस पद्दतीले फोन गर्दा प्रयोगकर्ताले न्युनतम शुल्क भने ब्यहोर्नु पर्ने हुन्छ । तुलनात्मक रुपमा आवाजको गुणस्तर कम भए पनी अत्यावश्यक रुपमा बिदेश फोन गर्नु पर्दा सस्तो पर्ने भएकोले प्रयोगकर्ताहरुले यसलाई रुचाएको पाईन्छ ।

फोन टु फोन (PHONE-TO-PHONE) : म्यानेज्ड आईपी नेटवर्कको स्थापना गरी भिओआईपी नेटवर्क मार्फत पिएसटिएन वा मोबाईल फोन मार्फत निश्चीत एक्सेस कोड डायल गरी बिदेशमा रहेको कुनै पनि फोनमा सम्पर्क स्थापित गर्ने पद्दतीलाई फोन टु फोन ईन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीबाट फोन गर्दा प्रयोगकर्ताहरु ईन्टरनेट नेटवर्कमा त हुनु पर्दैन तर सम्बन्धीत टेलीफोन कम्पनीले तोकेको एक्सेस कोड भने डायल गर्नु पर्छ । युटिएन , एनसेल, एनटिसी आदीमा एक्सेस कोड डायल गरी सस्तो दरमा बिदेश फोन गर्ने पद्दती पनि ईन्टरनेट टेलीफोनीकै एक रुप हो । साधरण टेलीफोन सेवा भन्दा यो सेवा सस्तो भए पनि आवाज गुणस्तर केही हद सम्म कम हुन सक्छ ।

आगमन कल बाईपास गरेर गरिने ईन्टरनेट टेलीफोनी (Incoming Call Bypass) : कुनै पनि बाह्य देशहरुबाट भित्रीने टेलीफोन कलहरु अन्तराष्ट्रीय दुरसंचार सेवाको लागी अनुमतीप्राप्त सेवा प्रदायकको गेटवे मार्फत नआई इन्टरनेटको माध्यम बाट भित्रीने कललाई कल बाईपास गरेर सञ्चालन गरिएको सेवालाई ईन्टरनेट टेलीफोनी भनिन्छ । यस प्रकारको कल बाईपास गर्नको लागी सो कार्य गर्ने ब्यक्तीले गेटवे डिभाईस , ईन्टरनेट कनेक्सन , ईन्टरनेट सञ्चालन गर्नको लागि पब्लीक आईपी एड्रेस तथा पिएसटिएन वा मोबाईल फोनको साहयता लिने गर्दछ । कल बाईपास गरी फोन गराउने ब्यक्तीले ईन्टरनेट तथा पब्लीक आईपी एड्रेसको साहयताले बिदेश बाट आफ्नो गेटवे डिभाईस सम्म ईन्टरनेटको माध्यम बाट भ्वाईस डाटा ल्याउने गर्दछ । यसरी आएको कललाई सो कलबाईपास गराउने ब्यक्तीले उसको आफ्नो गेटवे डिभाईस मार्फत जुन ठाउमा कल गरेको हो त्यही देशको स्थानिय टेलिफोन सेवा प्रदायकको सिम वा रिम कार्ड मार्फत सम्बन्धीतको ब्यक्तीको पिएसटिएन वा मोबाईल सम्म पुर्याई दिन्छ । तपाई हामीले बिदेश बास रिसीभ गरीएका कलहरुमा नेपालकै मोबाईल नम्बरहरु देखीनु आगमनकल बाईपास गरेर सञ्चालन गरिएको इन्टरनेट टेलीफोनीको उदारण हो । नेपालमा आगमन कल बाईपास गरिएको ईन्टरनेट फोन प्रतिबन्धीत छ ।
यो लेख मिती २०६९ चैत्र २५ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

आफ्नो डोमेनमा ब्लगर (blogspot.com) को साईट कसरी होष्ट गर्ने

आफ्नो डोमेनमा ब्लगर (blogspot.com) को साईट कसरी होष्ट गर्ने

साधारणतया सबै डोमेन रजिष्ट्रारहरुको कन्ट्रोल प्यानलवाट लग ईन भएर डोमेन सेटिङ्गस चेन्ज गर्न सकिन्छ । ई-नेपाल मिडीया मार्फत खरिद गरेको डोमेनको कन्ट्रोल प्यानल वाट ब्लगस्पट डट कममा होष्ट भएको ब्लगमा कस्टम डोमेनमा कसरी होष्ट गर्ने तल दिएको छ ।

सब भन्दा पहिले डोमेन कन्ट्रोल प्यानलमा लगईन गर्नु पर्छ । कन्ट्रोल प्यानल लगईन गर्ने URL डोमेन रजिष्ट्राररै पिच्छे फरक हुन्छ । कन्ट्रोल प्यानलको URL तपाँईको डोमेन रजिष्ट्रर जसले गरि दिएको हो । उ सँग माग्न सक्नु हुन्छ ।


रजिष्ट्रार पिच्छे कन्ट्रोल प्यानलको लुक्स फरक भए नि त्यसमा प्रयोग भएका लिङ्कहरुको नाम र काम समान हुन्छन ।


डोमेन फर्वाड गर्न परेमा माथी दिएको लिङ्कमा क्लीक गर्नु पर्छ ।



DNS सेटिङ्गस परिवर्तन गर्न माथी देखाईएको लिङ्कमा क्लीक गर्नु होस ।



DNS क्लिक गरे पछी माथी दिए अनुसारको स्क्रीन देख्न सकिन्छ । तपाईको डोमेन रजिष्ट्रर गर्ने कम्पनीले उसको कम्पनीको लागी डीफल्ट नेम सर्भर जे राखेको छ करेन्ट नेम सर्भर त्यही देखिन्छ । तपाईको साईटलाई डोमेन कन्ट्रोल प्यानल बाट नै गुगल सर्भर प्वाईन्ट गर्नु पर्ने हुनाले त्यसो गर्न  XXXXXXXXXX.orderbox-dns.com वाला नेम सर्भर एक्टीभेट गर्नु पर्दछ । यसको लागी Auto-update nameservers मा क्लिक गर्नु पर्दछ ।



डोमेन कन्ट्रोल प्यानलमा XXXXXXXXXX.orderbox-dns.com नेम सर्भर अपडेट भए पछी माथी देखिए अनुसार स्क्रीन देखिन्छ । त्यस पछी Manage DNS मा भन्ने बटन दबाउनु पर्छ ।

माथी तपाँईले Manage DNS मा क्लीक गेरे पछी देखिने स्क्रीन यही हो । यहाँ पहिले नै A Record ईन्ट्री भै सकेको छ । ब्लगरको साईटको लागि A Record राख्न माथी देखीएको Add A Record भन्ने बटनमा क्लीक गर्न पर्छ ।

यदी तपाँइको डोमेन www.yourdomain.com हो भने होष्टनेम खाली राखि दिए हुन्छ । हैन, सब डोमेनमा (e.g blog.yourdomain.com) बल्ग चलाउन चाहनु हुन्छ भने होष्ट नेममा सबडोमेन (e.g. blog) राख्नु पर्छ । ब्लगगर को साईटमा तपाँईले  सबडोमेन (www बाहेक) जे राखी दिनु भएको छ यहाँ Host Name त्यही हुनु पर्छ । A Record चेन्ज गर्नको लागी तल दिए अनुसार IP Address हाल्नु पर्छ । TTL आफै 28800 लेखीएको हुन्छ त्यसलाई त्यसै छोडी दिए हुन्छ । ब्लगरको साईट चलाउनको लागी A Record अपडेट गर्दा राख्नु पर्ने IP Address हरु तल दिए अनुसार छन । 
216.239.32.21
216.239.34.21
216.239.36.21
216.239.38.21



माथी दिए अनुसार A Record अपडेट गरे पछी डोमेनको CNAME Record गर्नु पर्ने हुन्छ त्यसको लागि माथी दिएको CNAME Record मा क्लीक गर्नु पर्छ ।
 

त्यस पछी माथी देखाए अनुसारको स्क्रीन देखा पर्दछ । यहाँ पहिले नै मैले   CNAME सेट गरी सकेको छु । पहिले पटक हेर्दा खाली देखिन्छ र नयाँ CNAME रेकर्ड थप्नलाई माथी देखीएको Add CNAME Record मा क्लीक गर्नु पर्दछ ।



यहाँ CNAME Record अपडेट गर्नु पर्छ । माथी दिएको चित्रमा दिए अनुसार Host Name मा आफ्नो ब्लगको सब डोमेन लेख्नु पर्छ । यदी तपाईले आफ्नो डोमेनको URL www.yourdomain.com बनाउन चाहनु भएको भए Host Name मा www र Value मा रेडीयो बटनलाई तल झारेर ghs.google.com. लेख्नु पर्छ ।


यसरी कम्तीमा सब डोमेनको CNAME रेकर्ड मात्रै चेन्ज गरेर भए पनि ब्लगगरको साईटमा DNS म्यापिङ्ग गर्न सकिन्छ ।

ब्लगर (www.bogger.com/ www.blogspot.com)मै चाही Custom Domain कसरी सेट गर्ने ?



Setting मा गएर Publishing मा क्लीक गर्ने अनि Custom डोमेनमा क्लीक गर्ने

त्यसपछी Switched to Advanced Settings मा क्लीक गर्ने ।

यहाँ आफुले चाहेको URL दिने । उदारणको लागी यदी तपाँई आफ्नो साईटको डोमेन www.yourdomain.com  वा yourdomain.com राख्न चाहनु हुन्छ भने Your Domain बनेको ठाँउमा www.yourdomain.com लेख्ने हैन तपाँईको Blog को URL blog.yourdomain.com राख्न चाहनु हुन्छ भने त्यही लेख्ने र माथी दिए अनुसारले डोमेन कन्ट्रोल प्यानलमा Blog सबडोमेनको CNAME रेकर्ड परिवर्तन गर्ने ।

यस बर्षको आईटी बजार

यस बर्षको आईटी बजार

यस बर्ष सुचना प्रबिधीको क्षेत्रमा केही उल्लेखनिय गतीबिधी देखा पर्नेछन । जसले प्रयोगकर्ताको प्रयोगबिधीलाई समेत दिशा निर्देश गर्नेछ । जस्तो कि प्रयोगकर्ताहरुले उही मुल्यमा बढी क्षमताका उपकरणहरु प्रयोग गर्न पाउनेछन भने केही बर्ष अगी हाईफाई र महङ्गा भनिएका उपकरणहरुको प्रयोग सर्वसुलभ हुनेछ । देशको बढ्दो लोडसेडिङ्ग आदीको कारणले कम्पयुटर र कम्पयुटर जन्य उपकरणमा प्रयोगकर्ताहरु संख्या उल्लेखनिय हिसाबले बढ्ला नै त भन्न सकिन्न तर धरानस्थीत अनलाईन कम्पयुटर्सका डाईरेक्टर प्रदिप दाहालका अनुसार यसले प्रयोगकर्ताको बढ्दो अनुपातमा खासै फरक पार्ने छैन ।

बजारमा उपलब्धताको आधारमा यस बर्ष प्रयोग बढ्ने अनुमान गरीएको मदरबोर्ड ले प्रयोगकर्तालाई केही राहत र समस्या सिर्जना गर्नेछ । स्याण्डीब्रिज र आइभी ब्रिज प्रविधीका भनीने यस किसीमका मदरबोर्डहरुमा ईन्धन खपत कम हुन्छ भने पर्फमेन्स गुणस्तरीय पाईन्छ । पुराना कम्प्युटरहरुमा मदरबोर्डहरुले काम गर्न छोडेमा वा केही समस्या सिर्जना भएर नयाँ मदरबोर्ड फेर्नु पर्ने भएमा यसले प्रयोगकर्ताको ढाड सेक्नेछ । किनभने यस किसिमको मदरबोर्डले अहिलेको प्रयोगमा रहेको मेमोरी सपोर्ट गरे पनि प्रोसेसर सपोर्ट गर्दैन । त्यसैले पुराना स्टक मोदरबोर्ड पाउन छोडेमा उपब्ध स्याण्डीब्रीज वा आईभीब्रीज मदरबोर्ड फेर्नु पर्ने अवश्थामा मदरबोर्ड मात्र हेन यस सँगै प्रयोससर पनि फेर्नु पर्छ ।


यस बर्ष प्रयोग बढ्ने ठानिएको युएलबी प्रोसेसरले ल्यापटपको प्रोसेसर बजार कब्जा गर्ने देखीन्छ । हाल बजारमा नाम चलेका ल्यापटप उत्पादकहरुले अल्ट्राबुक नाम दिएर निकालेको ल्यापटपमा यसै किसीमका प्रोसेसर जडान गरीएको हुन्छ । त्यती नै क्षमताको युएलबी प्रोसेसर र पुराना कोर प्रोसेसरको विच ईन्धन खपत क्षमतालाई तुलना गर्ने बित्तीकै यसलाई प्रयोगकर्ताले मन पराउनेछन । जस्तो कि अहिले छ सेल ब्याट्री भएको ल्यापटपले ३ घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ भने त्यसै खालको सिष्टममा युएलबी प्रोसेसर जडान गरीएको छ भने चार घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ ।

गतबर्ष तहल्ला पिट्ने अनुमान गरिएको अलईनवान पिसीले यस बर्ष सुरक्षीत अबतरण गर्ने देखीन्छ । स्क्रीनमै मदरबोर्ड , हार्ड डिस्क , प्रोसेसर र मोबाईल मा झै स्क्रीनमा टच गरेर चलाउन मिल्ने यस किसीमको कम्पयुटरलाई प्रयोगकर्ताले खासै मन पराएको देखीएन । त्यसैले यसको बजार बढ्ला भन्न सकिन्न । बरु कम ईन्धन खपत गर्ने प्रविधीका कम्पयुटहरुले बजार पिट्नेछन । ईटहरी स्थीत पबित्रम ट्राईन्सईकोनोमिक्स ल्यापटप होलसेल बिक्रेता बिशाल बास्तोलाका अनुसार ल्यापटपको दाम भने केही घट्ने छ । उनका अनुसार अहिले नै पनि लिनोभो ब्राण्ड सम्मका साधारण ल्यापटप बत्तिस तेत्तिस हजारमा पाईन्छ ।

यस बर्ष अध्ययन अध्यापन गर्ने तरिकालाई सस्तो दररेटमा पाईने पोर्टेबल प्रोजेक्टरहरुले बदल्न सक्नेछन । काठमाण्डौ स्थीत ओसिन कम्पयुटरका सुरेश कायस्थका अनुसार चालिस हजारको मुल्यमा छ्याप्पछ्याप्ती एलईडी प्रोजेक्टर पाउन सकिन्छ । यसले सरकारी वा न्युन शुलकमा अध्यापन हुने ठाँउमा त असर नदेखाउला तर महङ्गो शुल्क लिएर अध्यापन गराईने ईन्सीच्युट तथा स्कुलहरुलाई नयाँ प्रविधी आत्मसाथ गर्न सहज बनाउने छ ।

ईन्टरनेटमा मा वायरलेस प्रबिधीको प्रयोग बढीरहेको बर्तमान परिप्रेक्ष्यमा यस बर्ष वायरलेस डिभाईसले बजारको आकार निर्माण गर्ने देखीन्छ । अब प्रयोकर्ताहरु वायरलेस ईन्टरनेट सँग वायरलेस माउस, किबोर्ड , र स्पीकरको मज्जा लिनेछन । ब्रदर कम्पनीको वायरलेस प्रिन्टर बिक्री गर्ने काठमाण्डौ स्थीत सागर ईन्फोसिसका सागरदेब लाखेका अनुसार आउदाँ केही बर्षहरुमा प्रयोगकर्ताहरु झन्झटीलो तारको तानाबान बाट मुक्त हुनेछन । कम्प्युटरमा प्रिन्ट गर्ने देखी टाईप गर्ने सम्मको काम वायरलेस डिभाईस बाट नै हुनेछ ।

यो वर्ष एप्पलको आईप्याडको दाम नसस्तीएला तर नेपाली बजारमा ट्याबलेट पिसीको प्रयोग बढ्नेछन । छ सात हजारमा पाईने सस्ता ट्याबलेट पिसीहरुले प्रयोगकर्ताको लाई अलि महङ्गा र नाम चलेका ब्राण्डका ट्याबलेट पिसि बोक्न अभिप्रेरित गर्नेछ । 

फ्लपी ड्राईभलाई पुरै बिस्थापन गरी सकेको एक्सटरनेल डाटा स्टोरेज हार्ड ड्राईभले यस बर्ष पनि प्रयोगर्तालाई रिझाएर राख्ने छ । अनलाईन कम्प्युटर्सका प्रदिप दाहालका अनुसार अहिलेको बजारको ट्रेन्ड हेर्दा एक्सटरनल डाटा स्टोरेज डिभाईसको बजार मुल्य घट्ने छ भने डिभाईसको डाटा स्टोरेज क्षमता बढ्ने छ ।  गत बर्ष ८ जिबीको युएसबी पेन ड्राईभ खरीद गर्दा तिर्नु भएको मुल्यमा यस बर्ष यो भन्दा बढी क्षमताको युएसबी ड्राईभ पाउनुहुनेछ । त्यस्तै डाटा ट्रान्सफर गर्न प्रयोग हुने युएसबी डिभाइसको प्रयोग बढ्ने छ । भर्खरै नेपाली बजारमा प्रवेश पारएको युसबी थ्री प्रबिधीका डिभाआईसहरुको डाटा ट्रान्सफर रेटले प्रयोगकर्ताहरुको मन जितीरहेको छ ।  दाहाल थप्छन प्रयोगकर्ता बढे सँगै यस प्रकारको सामानको मुल्य घट्ने छ किन भने बजारमा सामानको माग बढे सँगै आपुर्ति पनि बढ्नेछन ।

+Pradeep Dahal  को सहयोगमा तयार गरीएको लेख ।

बूटेबल PenDrive बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस्

बूटेबल PenDrive बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस्


यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा install हुन धेरै ढिलो पनि हुन सक्छ । सि.डि वा डि.भि.डि को तुलनामा PenDrive बाट अपरेटिङग सिस्टम install गर्दा धेरै छिटो पनि हुन्छ ।

तपाईंले पनि कहिले काही यस्तो समस्या अबस्य पनि भोग्नु भएकै होला यस्तोमा PenDrive लाई Bootable बनाएर आफुले चाहेको अपरेटिङग सिस्टम हालेर कम्प्युटरमा install गर्न पाए त स्क्र्याचको समस्या नै आउने थिएन भन्ने त तपाईंले पनि सोच्नु नै भएको होला र धेरै साथीहरुले यस्तो Bootable Pendrive बनाएर यो काम गर्नु पनि भएको होला । तर जसलाई यस्तो Drive बनाउन आउँदैन उनिहरुको लागि तरिका तल दिन गईरहेको छु ।

यो काम गर्न तपाईंलाई चाहिने सामाग्री तथा Software हरु 
१) विन्डोज अपरेटिङग सिस्टमको फाइलहरु .iso फरम्याटमा (यदि तपाईं सँग सि.डि वा डि.भि.डि मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस् )
२) .iso फरम्याटमा कन्भर्ट गर्नको लागि बिभिन्न Software हरु छन जस्तै: Nero, Format Factory (Format Factory डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
३) तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टल भएको हुनु पर्छ (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
४) PenDrive लाई Bootable बनाउने Software "WinToBootic v1.2" (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
५) कमसेकम ४ GB भन्दा माथिको PenDrive

अब कसरी आफ्नो PenDrive मा Bootable सहितको अपरेटिङग सिस्टम राख्ने भन्ने तरिका बारे जानौ ।

१) सर्वप्रथम अपरेटिङग सिस्टमको फाइलहरुलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस्
२) Microsoft .NET Framework 4 डाउनलोड गरेर install गर्नुहोस् ।
३) WinToBootic v1.2 सफ्टवयर डाउनलोड गरेर चलाऊनुहोस् ।
४) PenDrive लाई USB port मा घुसाउनुहोस् ।
५) अब WinToBootic v1.2 प्रोग्राममा .iso फाइललाई Drag/Drop गर्नुहोस् ।
६) Quick Format बक्समा tick लगाउनुहोस् र Doit बटनमा क्लिक गरिदिनुहोस् ।
केही क्षणमा नै तपाईंको PenDrive Bootable सहितको अपरेटिङग सिस्टम को रुपमा तयार हुनेछ ।

लेजर क्यामरा

बैज्ञानिकहरुले लेजर पावर प्रयोग गरेर एउटा यस्तो
क्यामरा सिस्टमको विकास गरेका छन् जसले १ किलोमिटर टाढा सम्मको हाइ रेजुलेसन ३ डी तस्बिर खिच्न सक्छ | अहिले सम्म साधारण क्यामराले २ डी तस्बिर मात्र खिच्न सक्थ्यो |


यो क्यामराले जुन तस्बिर खिच्नु पर्ने हो त्यो संग सम्बन्धित ३ डी सुचना प्राप्त गर्नको लागि साइन्टिस्ट लेजर बिम को प्रयोग गर्दछ | रिसर्च टिमका प्रमुखका भन्छन अब ती तस्बिरहरु क्यप्चार्गर्ना झन् सजिलो हुने छ जुन तस्बिरहरु लिनको लागि अहिले सम्म धेरै कठिन थियो |

यो प्रविधिको प्रयोग गरेर धेरै पर रहेका बस्तुहरू गाडी, मानिस को बारेमा जानकारी हासिल गर्न सकिन्छ | यसमा इमेग प्रोसेसिंङ् सफ्टवेयरमा केहि परिवर्तन गरेर बस्तुको स्पीड र दिशा पनि नाप्न सकिन्छ |

अझ अर्को महत्वपूर्ण कुरा भनेको यसमा प्रयोग गरिने लेजर किरणलाइ जस्तो सुकै वातावरणमा पनि प्रयोग गर्न सकिन्छ अत्याधिक प्रकाश र कम प्रकाशमा पनि यसको सजिलै प्रयोग गर्न सकिन्छ |

Monday, April 15, 2013

ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ?

ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ?
कोसेलिन्युज, मेरो पेट पोल्छ र दुख्छ पनि। चिकित्सकले ग्याष्ट्रिक भनेका छन्। खानपान र जीवनशैली परिवर्तनले ग्यास्ट्रिक नियन्त्रण गर्न सकिन्नँ?-
डा. हेमराज कोइरालाको जवाफ-

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।

आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।

ग्यास्ट्राइटिसल ाई तीव्र तथा दीर्घ / जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।

जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको

चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।

जटिलताहरूः
- यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।

उपचारः
- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/ जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसम ा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।

व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसम ा उपयोगी हुन्छन्।

२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।

३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।

४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपे टिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसम ा राम्रो गर्छ।

विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।

२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।

सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।

३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।

५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।

६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं

सरीरमा पानीको मात्रा कमी हुन नदिने फलफूल र तरकारी
सरीरमा पानीको कमीले विभिन्न खालका स्वास्थ्य समस्या उब्जिन्छन् । सरीरमा पानी कम भयो भने कब्जियत, पाइल्स, मृगौलाको पत्थरी, पाचन प्रक्रियामा गडबडीका साथै उच्च रक्तचाप लगायतका समस्या पैदा हुन्छन् ।
त्यसैले सरीर स्वस्थ राख्न पर्याप्त पानी पिउनुपर्ने हुन्छ । शुद्ध पानी पिउनु सरीरमा पानीको आपूर्ति सन्तुलित गराउने मुख्य उपाय हो ।

यसका साथै केही त्यस्ता फलफूल तथा तरकारीका परिकारहरु छन् जसले सरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छन् ।एक पन्थ दो काज भनेझैँ यस्ता खानेकुराको सेवनले सरीरमा अन्य पोषक तत्वको आपूर्ति सँगै पानीको पनि आपूर्ति हुन्छ । सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु मध्ये केही निम्न छन :

गोलभेँडाः गोलभेँडामा पोटासिएम र लाइकोपाइन तत्वका साथै ९० प्रतिशत पानी हुन्छ । गोलभेँडाको सेवन मोटोपन घटाउन पनि कामयावी हुन्छ ।
गाजर: गाजरमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा प्रोटिन लगायतका तत्व पाइन्छन् । सलादको रुपमा साथै अन्य समयमा पनि नियमित रुपमा गाजर खाने गरेमा सरीरमा पानीको कमी हुने समस्या रहँदैन ।
मूला: मूलामा अत्यधिक पानीका साथै फलाम लगायतका लवण पनि पाइन्छन् । मुलाले सरीरमा पर्याप्त पानी आपूर्ति गर्ने मात्र होइन मोटोपन नियन्त्रणमा पनि सघाउ पुराउँछ ।

काँक्रो: काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ र बाँकी ४ प्रतिशत फाइबर हुन्छ । काँक्रो खानाले पानीको आपूर्तिसँगै कब्जियतको समस्या पनि दूर हुन्छ ।
आरु: यो फलमा भिटामिन ए, सी तथा बिटा क्यारोटिन नामक तत्व हुन्छ । आरुमा पर्याप्त पानी पनि हुन्छ । यसको सेवन पनि स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।

सुन्तला: सुन्तलाको नियमित खानाले सरीरमा पानीको आपूर्ति मात्र होइन फाइबर लगायत अन्य महत्वपूर्ण पौष्टिक तत्वको पनि कमी हुन पाउँदैन ।
भुइँकटहर: यसमा पनि घुलनशील रेशा तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले सरीरलाई तन्दुरुस्त राख्छ र छिटै बुढो देखिनबाट बचाउँछ ।
खरभुजा, तरभुजा: यो गर्मी याममा पानीको आपूर्ति गर्ने सबैभन्दा उत्तम र शुलभ फल हो । यसमा पानीको साथै भिटामिन ए, बी, पोटासिएम तथा म्याग्नेसियम लगायतका तत्व पनि पाइन्छ ।

स्ट्रबेरी: यो पनि निकै लाभदायक फल हो । यसमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मोटोपन पनि घटाउँछ

१०६ वर्षमा डिप्लोमा पास

हामीकहाँ सत्तरी काटेका मान्छेले एसएलसी दिएका खबर आउँदा हामीलाई अचम्म लाग्छ । तर अमेरिकामा भने एक महिलाले १०६ वर्षको उमेरमा डिप्लोमा उत्तीर्ण गरेकी छिन् ।
अमेरिकाको ओहियोकी बासिन्दा रेबा विलियम्सले अन्ततः १०६ वर्षको उमेरमा औपचारिक रुपमा माउण्ट भेरोन स्कुलबाट डिप्लोमा उत्तीर्ण गरेको प्रमाणपत्र पाइन् ।
विद्यालयले ती महिलाको अपार्टमेन्टमै पुगेर उनलाई प्रमाणपत्र दियो । त्यस अवसरमा विद्यालयका अवकाश प्राप्त अंग्रेजी शिक्षकले उनलाई दिक्षान्तका बेला लगाउने गाउन लगाइदिएर डिप्लोमा उत्तीर्ण गरेको सर्टिफिकेट दिएका थिए ।
विलियम्सले १०६ वर्षको उमेरमा डिप्लोमा उत्तीर्ण गरेको प्रमाणपत्र पाएर शैक्षिक उपाधि त हात पारिन् नै अर्को युद्ध पनि जितिन् र विद्यालयलाई घुँडा टेकाउन सफल भइन् । वास्तवमा विलियम्सले आफ्नो विद्यार्थी कालमै उक्त विद्यालयबाट डिप्लोमा शिक्षा पूरा गरेकी थिइन् । तर अन्तिममा शिक्षकले दिएको पाठ पढ्न नमानेपछि उनलाई डिप्लोमा तह उत्तीर्ण गरेको प्रमाणपत्र दिइएको थिएन ।
यद्यपि आफ्नै विद्यालयमा पढेकी वयोवृद्धालाई सम्मान गर्ने एउटा जुक्तिको रुपमा विद्यालयले उनलाई डिप्लोमाको प्रमाणपत्र दिनु ठान्यो र उनको घरमै गएर उनलाई पहिले रोकिएको प्रमाणपत्र दिइयो ।
प्रमाणपत्र पाएपछि खुसी भएकी विलियम्सले आफु डिप्लोमा पासको सर्टिफिकेट पाउँदा खुसी भएको भन्दै आफुले आफ्नै हठका कारण पहिलेनै पाउनुपर्ने प्रमाणपत्र नपाएको स्विकार गरिन् । उनले पढ्न अल्छी गर्ने आफ्नो जस्तो बानीको सिको नगर्न पनि अरुलाई आग्रह गरिन् ।

मान्छेको जस्तै जनावरको चर्तिकला

मान्छेको जस्तै जनावरको चर्तिकला 

कहिलेकाहीँ जिवजन्तुले पनि यस्ता क्रियाकलाप देखाउँछन् जो हेर्दा मान्छेकै जस्तो देखिन्छ, निकै रोचक लाग्छ ।
स्कटल्याण्डका फोटोग्राफर ग्राहम म्याकगर्जले अमेरिकाको फ्लोरिडा चिडियाखानामा केही जनावरका यस्तै अनौठा क्रियाकलाप क्यामरामा कैद गर्न सफल भए ।
250
मान्छेले जस्तै उँघेर घाम तापिरहेको कंगारु, आपसमा चुम्बन गरिरहेका चिम्पान्जी देखि लिएर डरलाग्दो गरी मुख खोलेको गोरिल्लाका चर्तिकला हेर्दैमा रोचक देखिन्छन् ।
1
3
4578

Blogger Buzz: Improvements to the Blogger template HTML editor

Blogger Buzz: Improvements to the Blogger template HTML editor

चार वर्षदेखि मृगको टाउकोको मास्क लगाउँदै !

luo-dan-300x197चङकिङ चीनका पेन्टर र डिजाइनर लुओ डानले सन् २००९ देखि मृगको ठूलो मास्क आफ्नो टाउकोमा लगाइरहेका छन् । उनका अनुसार उनको यो अचम्मको गहनाले उनलाई मनको शान्ति प्रदान गर्दछ । ३२ वर्षीय लुओ डानले विगत् चार वर्षदेखि मृगको टाउकोको मास्क लगाउँदै आएका छन् र उनलाई यसको बानी निकै चाँडै लाग्यो र दुबै काम र खाली समयमा उनले उक्त मास्क लगाउन थाले । ‘मृग एक पाल्तु जनावर हो, ’ उनले व्याख्या गरे । ‘यसको मास्क लगाउनाले मैले धेरै पहिले गुमेको शान्ति पाएँ । जब मैले यो मास्क लगाएँ, मैले आफैँले आफैँलाई मृग भएको महसुस गरेँ ।’ उनको यो नक्कली जनावरको टाउकोले उनको आर्टलाई पनि प्रभावित पारेको छ । उनको धेरैजसो आर्टमा मृग मुख्य पात्र हुने गरेको छ । अब कति वर्षसम्म उनले यो मास्क लगाउने भन्ने कुराको ज्ञान उनी स्वयंलाई थाहा नभएपनि यसको चिकित्सकिय प्रभावले गर्दा उनले यो मास्क चाँडै ननिकाल्ने उनको भनाई छ । उनी जहाँ जान्छन् मास्क लगाएर जान्छन् 

Saturday, April 13, 2013

के तपाईंको नाम गुगलमा छ ?..

googleअस्ति एक दिन साथीहरु बसेर यसै गफिदै थियौं, एक जना साथीले प्रसंग निकाल्नु  भो “मेरो नाम गुगलले देखाउदै देखाउदैन? खाली अरुको मात्र आउछ । त्यहाँ सर्च गर्दा देखिने  कसरि बनाउने ?”
एक साधारण मान्छे वा गैर-प्राविधिक व्यक्तिको लागि यो कौतुहलताको बिषय नै हो । अझ यदि तपाइँ कुनै पेशा संग सम्बन्धित हुनुहुन्छ वा नयाँ करिअर  शुरु गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाइँलाइ आफ्नो नाम गुगलमा खोज्दा आइदिए हुन्थ्यो जस्तो लाग्छ होला । जस्तो कि तपाइँ अस्ट्रेलियामा माइग्रेसन एजेन्ट वा वकिल भएर  काम गरिरहनु  भएको छ र कसैले गुगलमा गएर   “सिड्नीमा नेपाली वकिल” भनेर सर्च गर्दा तपाइको नाम एक नम्बरमा आयो भने तपाइँको  बिजनेशमा कति फरक पर्छ होला ? यो आजको इन्टरनेटको सुचना मै आधारित संसारमा पक्कै पनि तपाइँ अनुमान गर्न सक्नुहुन्छ । र यो एउटा वकिल पेशा मात्र नभएर एकाउनटेन्ट, डाक्टर, लेखक, संगीतकार, गायक, मोडल, आइटी प्रोफेसनल लगायत  सबै क्षेत्रको लागि कुनै न कुनै रुपमा लाभदायक  हुन्छ । त्यसले तपाइको बिजनेश मात्र  बढाउन सहयोग गर्ने होइन कि तपाइको त्यो क्षेत्र संगको लगाव र तपाइँको व्यक्तिगत पहिचानको लागि पनि सहयोग गर्छ ।
कुरा त सहि नै हो, तर कसरि गर्ने त?
म यहाँ केहि तरिकाहरु उल्लेख गर्छु जसको प्रयोगले तपाईंको नाम गुगलमा सर्च गर्दा आउने मात्र होइन, तपाइले गर्नु भएको पेशा र तपाइँको पहिचानलाइ बढाउँ सहयोग गर्ने छ ।
blog

१ – ब्लग

व्यक्तिगत र पेशागत दुवै तरिकाले इन्टरनेटको दुनियामा अत्यन्तै चर्चित  माध्यम हो ब्लगिंग । यसलाई साधारण भाषामा भन्नु पर्दा अनलाइन डायरी भन्दा पनि हुन्छ । जसलाई तपाइँले पूर्णरुपमा व्यक्तिगत सोचहरुको कुना बनाउन पनि सक्नुहुन्छ वा  पेशागत व्यक्तिहरुको जमघटको साझा चौतारी पनि बनाउन सक्नुहुन्छ । यदि तपाइँ कविता, कथा, गीत, फोटोग्राफी जस्ता श्रीजनशिल कुराहरुमा लाग्नु भएको छ भने त आफ्ना श्रीजनाहरुलाई दर्शक सामु ल्याउने दरिलो माध्यम बन्न सक्छ ।
र पेशागत रुपमा कुरा गर्दा तपाइँ भर्खर युनिभर्सिटीको पढाइ सकाउनु भएको छ वा कुनै पेशामा काम गर्दै हुनुहुन्छ, दुवै परिस्थितिमा आफ्नो इन्डस्ट्रीमा पकड जमाउनका लागि राम्रो अवसर हुन सक्छ । जसमा तपाइँले आफ्नो पेशासंग सम्बन्धित आइडियाहरु सेयर गर्ने मात्र नभएर आफ्नो पेशामा आवद्द व्यक्तिहरुसंग नेटवर्किंग बढाउनका लागि पनि अत्यन्तै सहयोगी हुन्छ । आजकल यदि  तपाइँले  कम्पनीको वेबसाइटहरुमा हेर्नु भयो भने धेरै जसो कम्पनीले ब्लग बनाएका हुन्छन । फेसबुक, गुगल, ट्विटर देखि लिएर भर्खर हुर्कदैं गरेका साना-साना कम्पनीहरुले पनि आफ्नो उद्ध्योगको बारेमा आफ्ना राय राखेकै हुन्छन । जसले गर्दा ग्राहकहरुलाई कम्पनीको धारणा र उद्धेश्य बुझ्न सहयोग गर्छ र कम्पनीको पारदर्शितालाइ पनि झल्काउछ ।
यदि ब्लग कसरी बनाउने भनेर सोच्नु भएको छ भने, यहिँ नेपाली पत्रको गएको दुइ अंकमा मैले वर्डप्रेसबाट कसरि सजिलै साइट बनाउने भनेर उल्लेख गरेको छु । त्यसको सहयोग पनि लिन सक्नुहुन्छ ।

personal-website-development२ – पर्सनल साइट

तपाइँहरुलाई लाग्न सक्ला, पर्सनल साइटलाइ किन दोश्रो स्थान दिइयो । आजकल पर्सनल साइट बनाएर “मपाईं” गरिरहनु भन्दापनि  आफ्ना व्यवसायिक सोच, अनुभव र आइडियाहरुलाई अगाडी ल्याउनुलाई विश्वशनिय मानिन्छ । तर त्यो भन्नुको अर्थ यो पनि होइन कि पर्सनल साइट बनाउनु नराम्रो हो ।
पर्सनल साइटमा आफ्नो बारेमा केहि कुराहरु र आफ्नो बायो डाटा राख्ने र त्यसको साथसाथै एउटा ब्लग चलाउनुलाई अझ प्रभावकारी हुन्छ ।  जसबाट तपाइँले इन्डस्ट्रीमा  घटिरहेका नयाँ घटना र जानकारीहरु माथि आफ्ना बिचार राख्न पाउनुहुन्छ । जसले तपाईको त्यो इन्डस्ट्रीमा भएको दख्खल र लगावलाइ झल्काउछ ।
पर्सनल साइट बनाउदा यदि तपाइँ  अस्ट्रेलिया मै कार्यरत हुनुहुन्छ र तपाइँको कार्य क्षेत्र यहि नै पर्छ भने अस्ट्रेलियालाइ नै प्रतिनिधित्व गर्ने डोमेन नेम डट एयु लिनुभयो भने राम्रो हुन्छ । त्यसको लागि तपाइँले ए बि एन दर्ता गर्नु पर्ने हुन्छ ।
facebook-art-marketing-webinar1

३ – फेसबुक

अहिले सम्मको डाटा अनुसार फेसबुकका 1000 मिलियन भन्दा माथि प्रयोगकर्ता पुगिसकेका छन् । यदि आफ्नो व्यक्तिगत मार्केटिंग गर्नु छ भने यो संसारकै सबैभन्दा ठुलो झुण्डमा बसेर किन  नगर्ने ?
यसको एउटा सानो हिस्साले मात्रै तपाइँको कुरा सुनिदिन्छ भनेर अरु के नै चाहियो र ! तर त्यसको लागि भने तपाइँले आफ्नो बिजनेश पेज वा फ्यान पेज बनाउनु भयो भने राम्रो हुन्छ । वा कुनै कम्युनिटी ग्रुप बनाएर आफ्नो पेशा संग सम्बन्धित रहेर छलफल पनि गर्न सक्नुहुन्छ । जहाँ  तपाइँले आफ्ना बिचार र आइडियाहरुलाई लाखौ श्रोता सामु पुर्याउन सक्नुहुन्छ ।
र यदि आफ्नै प्रोफाइललाइ नै सर्चमा आउने र सार्वजिनक रुपमा देखिने बनाउने हो भने तपाइँले प्रोफाइलको सेटिंगमा गएर  पब्लिक गर्नुपर्ने हुन्छ ।
ब्लग बनाइरहन झन्झटिलो लाग्नेहरुका लागि यो एउटा राम्रो उपाए पनि बन्न सक्छ । ब्लग बनाउनुको लागि केहि प्राबिधिक सिपको पनि आवश्यकता  पर्छ ।
twitter-marketing

४- ट्विटर

प्रोफेसनल व्यक्तिहरुका बिचमा नेटवर्किंग स्थापित गर्न ट्विटर अत्यन्तै प्रख्यात माध्यम बनेको छ । जसमा तपाइँले इन्डस्ट्री संग सम्बन्धित बिचार राख्ने मात्र होइन, उक्त इन्डस्ट्रीका लिडरहरुलाई फलो गर्न पाउनुहुन्छ र ति व्यक्तिका बिचारहरुसंग अपडेट हुन सक्नुहुन्छ । आजकल ठुला-ठुला कम्पनिका निर्देशक देखि लिएर कलाकार, राजनीतिज्ञ जस्ता बिभिन्न पेशामा रहेका व्यक्तिहरुले जनता सामु जानका लागि ट्विटर चलाउने गरेका छन् । भर्खरै हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराइले पनि  ट्विटरमा एकाउन्ट खोलेर देशका जनताहरुसंग प्रतक्ष कुराकानी गरिरहनु भएको खबर त तपाइँहरुले सुन्नु भएकै होला ।
यो जुन सुकै पेशाको मान्छेलाई पनि आफ्नो पेशाका व्यक्ति संग सम्बन्ध बढाउन अत्यन्त लाभदायी छ । र सर्च इन्जिनको उपस्थितिको हिसाबले पनि अत्यन्तप्रभावकारी  छ । तर तपाइँले यो प्रयोग गर्नु अघि यसका केहि नियमहरुको बारेमा भने जानकारी राख्नु पर्ने हुन्छ ।
linked-in-marketing

५ – लिंक्ड इन

आफ्नो करिअर र पेशागत दक्षता प्रदर्शन गर्ने सबै भन्दा चर्चित ठाउँ बनेको छ लिंक्ड इन । यो आफ्नो इन्डस्ट्रीको मान्छेहरु संग कनेक्सन  बनाउनका लागि अत्यन्तै चर्चित छ । आजकल धेरै जसो कम्पनीहरुले स्टाफ लिनु पर्दा यसको सहयोग लिएर हायर गर्ने गर्छन । त्यसैले यो एक व्यवसायिक व्यक्तिहरुको प्रोफाइल जस्तो बनेको छ ।
यदि तपाइँले अस्ट्रेलियामा काम गर्ने एकाउनटेन्टहरुको लिस्ट  खोज्नु भयो भने यो सबै भन्दा राम्रो सोर्स बन्न सक्छ ।  त्यति मात्र नभएर यसमा हुने गरेका  बिभिन्न ग्रुप र सामुहिक छलफलले व्यवसायिक व्यक्तिहरु बिचको सम्बन्ध र वैचारिक आदान प्रदानको लागि अत्यन्तै राम्रो प्लेटफर्म बनेको छ । र जागिर सम्बन्धि विज्ञापनका लागि पनि यो प्रचलित छ ।
यसको साथै तपाइले यदि प्रोफेसनल प्रोफाइल बनाउनु भएको छ  भने गुगल सर्चमा गर्दा यसको रिजल्टहरु अगाडीको लिस्टमा आउने गर्छ ।
google-plus-marketing

६ – गुगल प्लस

गुगल प्लस गुगल कम्पनीको एउटा सोसियल नेटवर्क हो । यो गुगल कम्पनिको भएको हुनाले पनि यसमा बनाएका तपाइँको  प्रोफाइल चांडै सर्चमा देखिने सम्भावना हुन्छ । र यदि तपाइँ आफ्नो व्यक्तिगत साइट पनि चलाईरहनु भएको छ भने यसले सर्च रिजल्टमा साइट संगै तपाइँको प्रोफाइल पनि देखाउछ । जुन तपाईले लिंक गर्नु पर्ने हुन्छ । र यदि आफ्नो प्रोफाइलमा तपाइँको ठेगाना, तपाइँको स्किलको बारेमा राम्रो संग उल्लेख गर्नु भएको छ भने लोकल सर्चमा तपाइँको नाम अगाडी आउने चान्स बढी हुन्छ ।
youtube-marketing

७ – यू ट्युब

यदि तपाइँलाइ लेखिरहनु झन्झटिलो लाग्छ वा बोल्नु मन पर्छ भने तपाइँ  भिडियो ब्लागिंग पनि शुरु गर्न सक्नुहुन्छ । जुन आजकल अति नै चर्चामा रहेको माध्यम पनि हो । र अझ तपाइँ  यदि कलाकारिता वा मिडिया संग सम्बन्धित पेशामा हुनुहुन्छ भने त यो तपाइँको मार्केटिंगको लागि सर्बोत्तम माध्यम पनि बन्न सक्छ ।
तपाइँ कतिलाइ यू ट्युब गित र सिरियलका लागि मात्रै हो भन्ने लाग्न सक्छ । तर त्यो होइन, आजकल धेरै जसो पेशाका मान्छेले यसलाई राम्रो मार्केटिंगको उपाए बनाएका छन् । मान्छेहरु प्राय व्यस्त रहने र पढ्न अल्छी मान्ने भएकोले पनि भिडियोबाट संचार गर्नु राम्रो उपाए बनेको छ । यसको लागि तपाइँले भिमियो लगायत अन्य धेरै साइट पनि प्रयोग गर्न सक्नुहुन्छ ।
article-marketing

८ – लेख लेख्ने

यदि तपाइँसंग कुनै पनि बिषयको राम्रो अनुभव छ भने तपाइँ अनलाइनमा भएका प्रख्यात साइटहरुमा गेस्ट ब्लागिंग पनि गर्न सक्नुहुन्छ । यो  आजकल अनलाइनको दुनियाँमा बढ्दै गरेको एउटा  चलन पनि हो ।  कुनै पनि पेशामा पारङ्गत व्यक्तिहरुले त्यस बिषयमा रहेर प्रचलित प्लेटफर्ममा गएर आफ्ना मत राख्ने गर्छन । जसले गर्दा उनीहरुको त्यो बिषय संगको ज्ञानलाइ प्रतिबिम्बित गर्छ र उनीहरुको पेशामा सहयोग गर्छ ।
यो आफ्नो प्रचारको लागि मात्र नभएर पेशाको रुपमा पनि लिन  सकिन्छ । यदि तपाइँ संग त्यो बिषयमा राम्रो अनुभव छ भने त्यसको लागि ति साइटहरुले तपाइँको बिचारको राम्रो मुल्य पनि दिने गर्छन । र यदि तपाइँ त्यस्ता चर्चित साइटहरुमा लेख लेख्नु भयो भने सर्च इन्जिनमा आउनको लागि कुनै समय पनि लाग्दैन ।
तपाई र तपाइँको पेशालाइ गुगल सर्चमा देखिने बनाउनका लागि यी केहि सामान्य र प्रचलित तरिकाहरु थिए । यस्तै  अन्य अझै धेरै उपाएहरु छन् जसले तपाइँको पेशालाई प्रोमोट गर्न सहयोग गर्छन । शुरुको स्टेपमा तपाइँले यी मध्ये केहि तरिकालाइ सक्रिय रुपमा अगाडी बढाउनु भयो भने पनि त्यो प्रशस्त हुन सक्छ । यदि तपाइँलाइ अन्य कुनै कुराको बारेमा जानकारी लिन मन लागेमा मलाइ सिधै मेरो इमेलमा पनि सम्पर्क गर्न सक्नुहुन्छ वा नेपाली पत्रको इमेलमा सम्पर्क गर्नु भयो भने म आउने अंकमा तपाइँका जिज्ञासाहरुलाई पनि समेट्ने छु ।
अन्तिममा मेरो एउटा प्रश्न – “के तपाईले आफ्नो नाम गुगलमा सर्च गरेर हेर्नु भएको छ ? ”
के रिजल्ट आउँदो रैछ, एक पटक हेर्नुहोला । र यदि तपाइँ त्यो रिजल्ट बाट सन्तुस्ट  हुनुहुन्न भने माथीका केहि तरिकाहरूलाई अपनाउने प्रयास गर्नुहोला । केहि दिन मै असर पाउनुहुने छ ।