तपाई बिश्वको जुनसुकै ठाउँमा भएपनि अब अनलाइनबाटै सगरमाथा चढेको अनुभव गर्न सक्नुहुनेछ । चर्चित सर्च इन्जिन गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु राखेपछि बिश्वभरका अनलाइन प्रयोगकर्ताले यो सुबिधा पाउने भएका छन ।समाचार संस्था एएफपीका अनुसार गुगल स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिने गुगल एन्भान्चरर डन फ्रडिन्वर्ग बताउँछन ।गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित दक्षिण अफि्रकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको गुगलले बताएको छ ।









No comments:
Post a Comment