Saturday, April 13, 2013

मोबाइल फोन को ४० बर्ष

मोबाइल फोन को ४० बर्ष 


मोवाइल विनाको संसार कल्पना गर्न सक्नुहुन्छ ? असम्भव त नभनौ तर धेरै नै गाह्रो होला । आजभन्दा २० वर्ष अगाडी (नेपालको सन्दर्भमा) मोवाइलको बारेमा मानिसहरुलाई खासै ज्ञान थिएन । तर अहिले मोवाइल मानिसहरुको एक अभिन्न अङ्ग भैसकेको छ ।

४० वर्ष अगाडी सन् १९७३ मा मार्टिन कुपरले पहिलोपटक मोवाइल फोनको आविश्कार गरेका थिए । त्यो समयमा उनी मोवाइल निर्माण गर्ने कम्पनी मोटोरोलाका इन्जिनियर थिए । त्यसैले उनलाई मोवाइलका पिता भनिन्छ ।
सन् २०१२ मा अन्र्तराष्ट्रि टेलिकम्युनिकेशन युनियनले विश्वभरमा ६ अर्ब मानिसहरुले मोवाइलको प्रयोग गरिरहेको तथ्यांक बाहिर ल्याएको थियो सो समयमा विश्वको जनसंख्या ७ अर्व रहेको थियो । यसले पनि मोवाइलविनाको विश्वको कल्पना गर्न सकिदैन भन्ने कुरा स्पष्टसँग देखाउँछ ।

No comments:

Post a Comment