Saturday, April 13, 2013

स्मार्टफोनमा डाटा डिलिट भयो, ... रिकभर गर्न सकिन्छ ।....

स्मार्टफोन प्रयोगकर्ताहरुको लागि खुशीको खबर । भूलवस तपाईले चलाइरहनुभएको मोवाइलमा भएको कुनैपनि डाटा, चाहे तस्विर भिडियो, अडियो, पिडिएफ फाइल वा अन्य डिलिट भयो । तपाईको महत्वपूर्ण डाटाहरु हराएकोले गर्दा निकै दुःखी हुनुहुन्छ :( भने चिन्ता नलिनुहोस् । मोवाइलबाट डिलिट भएका डाटाहरु रिकभर गर्न सकिन्छ ।

कसरी रिकभर गर्ने ?


यो पोस्टमा हामीले एन्ड्रोइज ओएसमा चल्ने स्मार्टफोन वा ट्यावलेटको बारेमा मात्र कुरा गरिरहेका छौं । एन्ड्रोइड ओएस मा चल्ने स्मार्टफोन चलाउने भएपछि गुगल प्लेको बारेमा जान्नुहुन्छ । गुगल प्लेमा एउटा एप्स बनेको छ जसले हराएका आफ्ना डाटालाई रिकभर गरिदिन्छ ।Dumpster- The Recycle Bin App For Android नामको उक्त एप्स तपाईले डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ । यो निशुल्क रुपमा पाइने एप्स हो । 
यसलाई इन्सटल गरेपछि आफ्नो स्र्माटफोन वा ट्याबलेटमा कम्प्यूटरमा जस्तै गरी रि–साइकल बिन बन्ने गर्दछ । तपाईको फोनबाट कुनै फाइल डिलीट भयो भने उक्त फाइल री साइकल बिनमा जाने गर्दछ । री–साइकल बिनमा रहेको फाइल री–स्टोर गरेपछि त्यो फाइल पुन पहिलेकै लोकेशनमा गएर बस्दछ । जहाँबाट यो फाइल डिलीट भएको थियो ।

No comments:

Post a Comment