कलमले यसरी पो देखाउादो रहेछ करामत -साभार: जन-आस्था साप्ताहिक | |
- राजेन्द्र स्थापित ..............
| |
मनपर्ने लेखक थिए- थोमस मेकालो र एडगर एलन पो । कवि, निबन्धकार मेकालोको ठट्यौलो गद्य पढेर आनन्द लाग्थ्यो भने जासुसी उपन्यासकार पोको रहस्यमयी हत्याको कथाले मन सिरिंग पाथ्र्यो । यसको बाबजुद पछि चिकित्सा विज्ञानतर्फ आकषिर्त भए । डाक्टर बन्ने सपना देखे । खर्चको हिसाबले चिकित्साशास्त्र निकै महागो थियो तर आमाको मायाले पुलपुलिएका उनी ँडे स्कलर कलेज' भर्ना भई छाडे । सन् १८६७ मा १७ वर्षका थिए ।निकै कुशल र योग्य प्राध्यापकहरुसाग संगत भयो । तीमध्येका थिए- डा. जोसेफ बेल । तार्किक र चिन्तनशील बेल सबैसाग खुलेर कुरा गर्थे । रोगीहरुको भीडभाडबाट अपरिचित रोगीलाई बोलाउाथे अनि शिरदेखि पाइतालासम्म हेरेकै भरमा उसको बानी-व्यहोरा, काम आदि सबै बताइदिन्थे ।
शिष्यहरु विशेषतः कानन उनको यो प्रतिभाबाट निकै प्रभावित हुन्थे । एकपटक एकजना रोगीलाई देखाएर उनले शिष्यहरुलाई भने, ँहेर, यो मानिस छालाको काम गर्छ, दायााभन्दा बायाा हात बढी चल्छ । यो कुरो मैले कसरी थाहा पाएा भनेर तिमीहरु अचम्म मानिरहेका हौला, एकदम सजिलो छ... सोध त कसरी ? हेर, यसको शरीरबाट छालाको गन्ध आइरहेको छ । स्पष्ट छ, छालाको काम गर्छ । ठीक ? अब हेर फेरि, पेटमा घिसि्रएको दाग छ, ँलैपस्टोन'लाई उसले यहीा टेकाउाछ...। बायााभन्दा दायाातर्फ अझ बढी घिसि्रएको देखिन्छ । छालामा बायाा हातले हथौडा समातेर पिट्छ होला, सायद् । बुझ्यौ, सबैकुरो जान्न कति सजिलो छ Û' अन्तर्यामी स्वभावका बेलले अर्को एकजना रोगीको परीक्षणपछि सोधे, ँतिमी स्कटल्यान्डको सेनामा थियौ, हो ?' रोगी छक्क पर्योे । उसले केही भन्नै नभ्याई, बेलले फेरि सोधे, ँतिमी सर्जेन्ट थियौ ? त्यो पनि बारबाडोसमा, हो कि होइन ?' रोगीले दुवै कुरो सकार्यो । पछि बेलले आˆना शिष्यहरुलाई भने, ँउसको बारे थाहा पाउन मलाई कुनै कठिनाइ भएन । तिमीहरुले याद गर्यौ कि गरेनौ, सामान्य शिष्टाचारविपरीत त्यो मान्छेले हृयाट -टोपी) फुकालेन । गरोस् पनि कसरी ? सेनाको नियम नै त्यस्तो हुन्थ्यो । हो, उनी सेवानिवृत्त भइसकेका छन् तर पनि बानी छाड्न सकेका छैनन् । अर्को कुरो उसको बोलाई आदेशपूर्ण थियो । जहाासम्म स्कटिस रेजिमेन्टको कुरो छ, मलाई थाहा भइसकेको थियो कि उनी स्कटल्यान्डका हुन् । बारबाडोसमा खटिएको कुरो मैले किन गरेा भने, उसलाई जुन रोग लागेको छ, त्यो बारबाडोसमै मात्र लाग्छ ।' कानन मन्त्रमुग्ध भएर डा. बेलको कुरो सुन्थे । उनको प्रत्येक वाक्यले दिमागमा अमिट छाप लाग्थ्यो । दिनभरि कलेजमा बिताउाथे र राति पनि अबेलै सुत्थे । एडगर एलन पो र विल्की कलिंग्सको रचना पढ्थे । उपन्यासमा वणिर्त घटनाको खाका कोर्थे, नक्सा खिच्थे र आˆनै ढंगबाट नतिजा निकाल्ने कोसिस गर्थे । सन् १८८१ मा कानन चिकित्सक बने । सुरुमा सहपाठी जर्ज बुडसाग मिलेर प्लेमाउथमा क्लिनिक खोले । लगत्तै आˆनै क्लिनिक सुरु गरे । हौसिएर हृयाम्पशायरमा खोलिएको क्लिनिक पटक्कै चलेन । त्यसपछि लन्डन पुगे । महिनौा बित्यो, एकजना रोगी पनि क्लिनिकमा पसेनन् । निकै दुःखी र चिन्तित भए । यसबीच लुई हकिंग्ससाग भेट भयो । अर्को साल बिहे भयो । त्यतिन्जेलसम्ममा पनि क्लिनिकको अवस्थामा कुनै सुधार भएन । दिनभरि ग्राहक -रोगी) को प्रतिक्षामा बस्थे । निद्रा भगाउन र मन बहलाउन फेरी पो, कलिंग्सहरुका उपन्यास पढ्न थाले । दिमागमा डा. बेलको प्रभावले घर जमाएको त थियो नै, पोको उपन्यासको पात्र सि. अगुस्ते डुपिन र एमिली लेकोकको प्रभाव थियो । यसैको आधारमा विभिन्न घटनाको वर्णन गरी जासुसी उपन्यास लेख्न थाले । पहिलो उपन्यास ँदि मिस्ट्री अफ क्लुम्बर' लेखे तर तत्कालै छाप्न कसैले मानेनन् । त्यसपछि दुईवटा लघुकथा लेखे ँदि क्याप्टेन अफ दि पोल-स्टा' र ँजे. हबाकुक जेˆसनस स्टेटमेन्ट ।' कथा वार्ड लक एन्ड कम्पनीले प्रकाशित गरिदिएपछि लेख्न थप हौसिए । यसक्रममा सन् १८८६ को कथा ँस्टडी इन स्कार्लेट' प्रकाशित भयो । जसको मुख्य पात्र थिए- शर्लाक होम्स । होम्स विश्वका त्यस्ता प्रथम जासुस हुन्, जसको विचार, तर्क, प्रमाण, भविष्यवाणी र सोच्ने शक्ति अद्भूत थियो, ठ्याक्कै डा. बेलको जस्तै । पछिल्लो कथाको सर्वाधिकारसहितको पारिश्रमिक २५ पाउन्ड पाएका थिए उनले । ँदि स्ट्रेन्ड'मा लगातार ६ वटा कथा छापियो । होम्सको खुबीको सर्वत्र तारिफ भयो । ग्लास्गो हेराल्डले लामो टिप्पणी छाप्यो । कानन मालामाल बन्न थाले । प्रशंसक र प्रेमिकाको संख्या हृवात्तै बढ्यो । होम्स त अझ लेखक काननभन्दा लोकपि्रय बने । कतिपय मुलुकका पुलिस र गुप्तचर विभाग होम्सको नक्कल गर्दै ँकेस स्टडी' गर्ने र अपराधी पत्ता लगाउनतर्फ लागे । काननले होम्सलाई खेलाडीले लगाउने हृयाट, टोपी, ओभरकोट, मुखमा पाइप च्यापिरहने व्यक्तिको रुपमा चित्रण गरेका थिए । होम्स आˆनो बुद्धि-कौशल, विश्लेषणात्मक क्षमताबाहेक सधैं आइग्लास र चिम्टोजस्ता उपकरण प्रयोग गर्थे । काननले होम्सको जन्म १८५४ मा भएको र लन्डनको बेकर स्टि्रटस्थित २२१ बी घरमा बस्ने उल्लेख गर्ने गरेका थिए । प्राइभेट डिटेक्टिभ होम्सका ँरुममेट' हुन्थे डा. वाटसन । ँदि साइन अफ फोर' र ँदि एडभेन्चर अफ दि क्रूक्ड मैन'पछिको चौथो कथा ँदि एडभेन्चर अफ दि ग्रीक इन्टप्रेटर'को एउटा प्रसंगमा आˆनो ठूलो बाबु भेर्नेट एक चित्रकार भएको र सात वर्ष जेठा दाजु मेक्रोˆट सरकारी कर्मचारी भएको साथी वाटसनलाई बताएका थिए । बिहे सन् १८८७ मा गरेका थिए । सन् १८९० मा कानन भियना गएर नेत्र चिकित्सा विज्ञान पढे । लन्डन फर्की पुनः नेत्र चिकित्सालय खोलेर बसे । यसमा पनि पूर्णतः असफल भए । फुर्सदै फुर्सदमा भटाभट लेख्न थाले । त्यतिन्जेलसम्ममा होम्स पात्र भएको दर्जनौं कथा निस्किसकेका थिए । होम्स यतिविघ्न विख्यात भए कि पाठकले काननलाई बिर्से । प्रकाशक, पाठक सबैको मुखमा होम्स हुन्थे । अझ नयाा पाठक त काननबारे पूर्णतः अनभिज्ञ बने । क्रुद्ध स्वभावका उनी आˆनै पात्रलाई इष्र्या गर्न थाले । एउटा कथा संग्रह निकालेर होम्सलाई सदाको निम्ति बिदा दिने सोचे । आˆनी आमालाई पत्र लेखी भने पनि, ँम अब सर्लाक होम्सलाई मार्छु, सधैंको निम्ति खत्तम गरिदिन्छु । ऊ मेरो दिमागमा यतिविघ्न हावी भइसक्यो कि केही कामै गर्न दिएन ।' छोराले पाएको प्रख्यातीले दंग परेकी आमा चिन्तित भइन् । होम्सलाई मारेर के गर्ने विचार छ ? भनी सोधिन् । काननले भने, ँअब म ऐतिहासिक कथा लेख्छु । नेपोलियनबारे गहिरो अध्ययन गर्छु ।' कानन राति ओछ्यानमा पल्टेर फुसफुसाउाथे, ँखत्तम गर यो जासुस होम्स र उसको चलाख साथी वाटसनलाई पनि ।' नभन्दै १२औं कथा ँदि फाइनल प्रोब्लम'मा अपराधीहरुसाग घमासान मुठभेड भएको देखाएर अग्लो पहाडबाट खस्दा होम्सको मृत्यु भएको देखाइदिए । यो कथा सन् १८९३ मा प्रकाशित भएको हो । कथा प्रकाशित भएपछि आमालाई अर्को पत्र लेखी भने, ँखेल खत्तम भयो Û धन्य भगवान ÛÛ त्यो जासुसको नाउा त म उच्चारणसमेत गर्न चाहन्ना ।' होम्सको मृत्यु विश्वभरि फैलिएका उनका प्रशंसकलाई अपाच्य बन्यो । काननको ठूलो आलोचना भयो । पाठकले गाली गरे । कतिपयले सच्याउन आग्रह गरेर पत्रसमेत लेखे । हिन्दीका जासुसी उपन्यासकार वेदप्रकाश शर्माका अनुसार लन्डनमा त विरोध प्रदर्शनसमेत भयो । प्रदर्शनकारीहरुले काननको घरमा ढुंगामुढा गरे । एकजनाले लेखकको विरुद्ध अदालतमा मुद्दा दायरसम्म गरे । लेखकले कुनै पात्रलाई सिर्जना गर्न सक्ने तर जीवन लिन नसक्ने जिकीर गरे । कथाका पात्र होम्समार्फत् मनोरन्जन प्राप्त गरिरहेको तर उक्त पात्रलाई मारेर आफूहरुको मनोरन्जन खोसिएको दाबी गरे । लेखक शर्माका अनुसार पछि अदालतले पनि ँमनोरन्जन दिन सक्ने तर कसैको मनोरन्जन खोस्न नपाइने' भएकाले होम्सलाई जीवनदान दिन काननलाई आदेश दियो । जेहोस्, होम्सलाई जीवित देखाउन काननमाथि चौतर्फी दबाव पर्यो । यसबीच नै काननका बाबु चाल्र्सको निधन भयो । पत्नी मारिसालाई हैजाले छोयो । बिरामी पत्नीलाई घुमाउन लाने योजना बनाए तर जहाा गए पनि पाठकको रोषको शिकार बन्नु परेपछि चुप बसे तर पनि होम्सलाई जीवित देखाउन तयार भएनन् । बरु प्रेमकथा ँदि डुएट'लगायत ऐतिहासिक उपन्यास, गैरजासुसी कथा, कविता लेखनमा व्यस्त भए । यसबीच एउटा अमेरिकी प्रकाशन संस्था स्ट्रेन्ड पत्रिकाले पनि होम्सको कथा लेख्न र ठूलो धनराशी दिने प्रस्ताव राख्यो । अन्त्यमा आठ वर्षपछि होम्सलाई जीवनदान दिन राजी भए । सन् १९०१ मा काननको नयाा कथा ँदि हाउन्ड अफ बास्करभिल्स' प्रकाशित भयो । इंग्ल्यान्ड र अमेरिका दुवै देशबाट एकैपटक प्रकाशित यो कथामा होम्स पुनः देखापरे । होम्सको पुनर्जन्मको कथा पढेर सबै पाठक रमाए । स्वागतमा धेरै ठाउामा कार्यक्रम गरियो, सांस्कृतिक कार्यक्रम र भोजभतेर भयो । बेलायती सरकारले पनि खुसी भएर काननलाई ँसर' उपाधिबाट विभुषित गरिदियो । उनी फेरि मालामाल बन्न थाले । यसबीच १९०६ मा लुइसाको निधन भयो । लगत्तै छोरो र भाइको पनि निधन भयो । सर्लाक होम्सलाई पात्र बनाएर ५६ वटा कथा र चारवटा उपन्यास लेखेका उनी जीवनको अन्त्यतिर अध्यात्मिक दर्शनतर्फ आकषिर्त भए र ँहिज लास्ट बो' र ँदि भ्याली अफ फियर'जस्ता अध्यात्मिक उपन्यास लेखे । सन् १८९७ मै ँलभ' परेकी प्रेमिका जीन एलिजाबेथ लेकीसाग बिहे गरे । कूल पााच सन्तान -लुइसाबाट दुई र जीनबाट तीन) का बाबु बने । अन्त्यमा ७१ वर्षको उमेरमा सन् १९३० को जुलाई ७ मा हृदयघात भई मरे । जीनको निधन सन् १९४० मा भयो । सर्लाक होम्स एकमात्र यस्ता काल्पनिक पात्र थिए, जसको विषयमा रोनाल्ड नाक्सले थेसिससमेत लेखे । पछि उक्त सोध ग्रन्थ ँस्टडिज इन दि लिटरेचर अफ सर्लाक होम्स'को रुपमा पुस्तक बन्यो । अमेरिकाको क्यालिफोर्निया बस्ने जोन बैनेट शाले ँसर्लाक होम्स मन्दिर' नै बनाए । त्यहीा सन् १९८१ को जनवरी ३० मा होम्सको वाषिर्की धुमधामसित मनाइयो । सोही उपलक्ष्यमा फेसन शो, पुस्तक प्रदर्शनी र नाटक मञ्चन पनि गरियो । एकजना पत्रकारले आˆनो पुस्तक' प्राइभेट लाइफ अफ सर्लाक होम्स'को विमोचन गरे । अचम्मको कुरो, काल्पनिक पात्र होम्सको काल्पनिक घर भएको लन्डनस्थित बेकर स्टि्रटलाई तीर्थस्थल मानेर आज पनि वर्षैभरि पर्यटक जाने गरेका छन् । उनको व्यक्तित्वमा कैयौं चलचित्र, वृत्तचित्र, नाटक र पुस्तक प्रकाशित भइसकेका छन् । उनको नाउामा विश्वभरि क्लब, संग्रहालय र संस्था खुलेका छन् । |
Friday, April 12, 2013
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment