Saturday, April 13, 2013

बरफले बनेको विश्वको सबैभन्दा ठण्डा होटल !

स्विडेनमा एउटा यस्तो होटेल छ जुन विश्वको सबैभन्दा चिसो होटेल हो । उत्तरी स्विडेनको जुक्कासजार्भीमा अवस्थित यो होटेलमा रिसेप्सन देखि लिएर ओछ्यान समेत बरफले बनाइएको छ । ५९ हजार २ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको यो होटल २ हजार टन बरफबाट बनाइएको छ । साथै थप ३ हजार टन बरफ र हिउँकेा मिश्रण पनि यो होटेल बनाउनका लागि प्रयोग गरिएको छ ता की पग्लेर नभत्कियोस् । विश्वभरीका कलाकारहरु हरेक हिउँदमा यो होटेलमा आउँछन् र आ आफ्ना कलाकारिता प्रदर्शन गर्दै यो होटेलमा एक न एक संरचना थप गर्छन् । यो होटेलमा आउने पाहुना बरफको ओछ्यानमा मृगको छालाको ओछ्यानमा सुत्न पाउँछन् र चिसोबाट बच्न पाहुनालाई विशेष प्रकारका कपडा दिइन्छ । नजिकै एक परम्परागत बासस्थल पनि तयार गरिएको छ जहाँ एक रात हिउँमा सुतेका पाहुनाहरुलाई राखिन्छ ।



No comments:

Post a Comment