कार्टुन होस् त यस्तो -साभार: जन-आस्था साप्ताहिक | |
जापानमा हाँस्यप्रधान कमिक (कार्टुन) को लोकपि्रयता दिनानुदिन बढ्दो छ । शृंखलाबद्ध बजारमा निस्कने यी कमिकका पात्रसँग जापानीहरु जिउने गरेका हुन्छन् । हेन्ताइ कामेन यस्तै एउटा लोकपि्रय कमिकका पात्र हुन्, जसलाई त्यहाँकाले सुपरहिरो मान्छन् । कमिकमा कामेनले शरीरमा केही लुगा लगाएका हुन्नन्, बरु एक जोर पेन्टीले मुख छोपेका हुन्छन् ।कमिकको नाउँ हो- काओपान । जापानी भाषामा काओको अर्थ अनुहार र पान्तसुको अर्थ महिलाले लगाउने पेन्टी हो । कमिक र चलचित्रका पात्रको नक्कल उतार्न सिपालु जापानीहरुले अब कामेनको पनि नक्कल गर्न सिकेका छन् र बाटोमा हिँड्दा होस् या घरमा बस्दा वा स्कुल-कलेज जाँदा फेसनको रुपमा अनुहार पेन्टीले छोपेर हिँड्न थालेका छन् । अनुहारमा पेन्टी लगाउनेमा ९० प्रतिशत केटी छन् ।
प्रेमिकाको जंगलमै प्राणान्तजंगलमा मंगल गरिरहेकी एक महिलालाई सिंहले खाइदिएको छ । साराइ मावेरा आˆनो प्रेमीसँग जिम्बाबेको कारिबा जंगल घुम्दै थिइन् । पेशाले माझी दुवैजनाले त्यहीँ एउटा रुखको फेदमा थकाइ मार्दामार्दै शारीरिक सम्बन्ध गाँस्न पुगे । उनीहरु यति मस्त थिए कि पछाडि सिंह आइपुगेको चालै पाएनन् । सिंहले मावेरामाथि आक्रमण गरेपछि प्रेमी नांगै कुलेलम ठोके । अलि पर पुगेपछि प्रेमिकालाई बचाउन र्फकंदा मावेरा मरिसकेकी थिइन् । प्रहरीले सिंहले नखाएर छाडेको मावेराको बाँकी शरीर फेला पारेको छ । |
Friday, April 12, 2013
कार्टुन होस् त यस्तो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment